२० मंसिर २०८२, शनिबार | December 6, 2025

हैदरावाद हाउसमा नेपाली प्रतिनिधिमण्डल र भारतीय प्रतिनिधिमण्डलबीच दुईपक्षीय वार्ता



काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवासहितको नेपाली प्रतिनिधिमण्डलले भारतीय समकक्षी नरेन्द्र मोदीसहितको प्रतिनिधिमण्डसँग दुईपक्षीय वार्ता गरेको छ ।

भारतको नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा भएको दुई पक्षीय वार्तामा नेपाल र भारतबीचको दुईपक्षीय सम्बन्धलाई थप सुदृढ गर्ने विषयमा छलफल भएको छ ।

त्यसअघि दुई देशका प्रधानमन्त्रीबीचको द्विपक्षीय भेटवार्तामा दुई देशका जनताको पारस्परिक हितका लागि द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ गर्ने बताइएको छ । दुई प्रधानमन्त्रीबीच अझ सुदृढताका साथ विभिन्न क्षेत्रमा सहकार्यलाई अगाडि बढाउने उपायबारे आआफ्नो धारणा व्यक्त भएको थियो ।

दुई प्रधानमन्त्रीले दुई देशका जनताको पारस्परिक हितका लागि द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ गर्ने र विभिन्न क्षेत्रमा सहयोगलाई अगाडि बढाउने उपायका बारेमा विचार आदानप्रदान गरेका छन्,’ प्रधानमन्त्री शेरबहादुर देउवाको आधिकारिक ट्वीटर मार्फत जानकारी दिइएको छ ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले पनि दुई प्रधानमन्त्री सम्बन्धलाई नयाँ उचाई दिने कुरामा छलफल भएको जनाएका छन् ।

‘नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन मिलेर काम गर्ने,’ देउवा र मोदीबीच भएको छलफलबारे उनले ट्वीटरमा लेखेका छन्, ‘बहुपक्षीय साझेदारीमा व्यापक एजेण्डाहरु वार्तामा छन् ।’

भारतको तीन दिने औपचारिक भ्रमणको सिलसिलामा प्रधानमन्त्री देउवा शुक्रबार नयाँदिल्ली पुगेका हुन् । उनी आइतबार स्वदेश फर्कनेछन् ।

 

प्रकाशित मिति : १९ चैत्र २०७८, शनिबार  १२ : ५८ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय