१६ श्रावण २०८३, शनिबार | August 2, 2026

आजको मौसम : यी प्रदेशमा वर्षाको सम्भावना



काठमाडौं । भारतको बिहारदेखि बंगलको खाडीसम्म रहेको न्यून चापीय रेखा र स्थानीय वायुको सामान्य प्रभाव नेपालमा रहेको छ ।

बिहान पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली छ भने बाँकी भू-भागको मौसम सामान्यतया सफा छ ।

दिउँसो प्रदेश १, बागमती र गण्डकीका पहाडी भू-भागका केही स्थानमा र मधेस प्रदेश तथा लुम्बिनी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

राति प्रदेश १ र गण्डकीका पहाडी भू-भागका केही स्थानमा हल्का वर्षाको सम्भावना छ ।

सोमबार प्रदेश १ को पहाडी भू-भागका थोरै र बागमती प्रदेश तथा गण्डकी प्रदेशको पहाडी भू-भागको एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

 

प्रकाशित मिति : २० चैत्र २०७८, आइतबार  ७ : ४० बजे

पोखरामा मनाइयो कोदो दिवस

पोखरा । पोखरामा दोस्रो राष्ट्रिय कोदो दिवस मनाइएको छ ।

दिपमाला ढकालले पहिरिइन मिस नेपाल २०२६ को ताज

काठमाडौं । मिस नेपाल २०२६ को उपाधि दीपमाला ढकालले उचालेकी

निम्स दाइ : असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा

काठमाडौं । हिमाल आरोहणका कथाहरू प्रायः शिखर चुमेका आरोहीका सफलतामा

प्रसिद्ध आरोही निर्मल पुर्जासहित १० जनाकै मृत्यु भएको पुष्टि

काठमाडौं । पाकिस्तानको काराकोरम क्षेत्रस्थित ‘ब्रड पिक’ हिमालमा बिहीबार गएको

चौथौ फुलबारी गाइज फुटसल हुँदै, प्रथम पुरस्कार १ लाख २५ हजार रुपैयाँ

बुटवल । युवामाझ खेल संस्कृतिको विकास, स्वस्थ प्रतिस्पर्धाको प्रवद्र्धन तथा