२३ बैशाख २०८१, आइतबार | May 6, 2024

पाकिस्तानका प्रधानमन्त्री इमरान खानद्वारा संसद विघटनको सिफारिस



पाकिस्तानका प्रधानमन्त्री इमरान खानले संसद भंग गर्दै नयाँ चुनावको प्रस्ताव गरेका छन् ।

प्रधानमन्त्री खानले राष्ट्रपति आरिफ अल्भी समक्ष संसद विघटनको सिफारिस गरेका छन् ।

राष्ट्रका नाममा संवोधन गर्दै खानले निर्वाचित सरकारलाई अपदस्त गर्ने विदेशी षड्यन्त्रलाई असफल बनाउन संसद विघटन गर्नुपरेको जिकिर गरेका छन् ।

यसअघि आजै बसेको पाकिस्तानी संसदको संक्षिप्त बैठकमा सरकार विरुद्ध संसदमा पेश भएको अविश्वासको प्रस्तावलाई उपसभामुख क्वासिम सुरीले खारेज गरेका थिए ।

सम्बोधनका क्रममा प्रधानमन्त्री खानले भने, ‘आज उपसभामुखले जुन अविश्वासका प्रस्तावलाई खारेज गरेका छन् त्यसका लागि मैले उनलाई विशेष धन्यवाद दिन चाहन्छु । उपसभामुखले आफ्नो संवैधानिक शक्तिको प्रयोग गर्दै जुन फैसला गरेका छन् त्यसपछि मैले राष्ट्रपतिलाई संसद विघटन गरेर नयाँ निर्वाचनको घोषणा गर्न सिफारिस गरेका छु ।’

उपसभामुले अविश्वासको प्रस्तावमा विदेशी षड्यन्त्रको भएको दाबी गर्दै सो प्रस्तावले संविधानको अनुच्छेद ५ को उल्लंघन गरेको बताएका थिए ।

प्रकाशित मिति : २० चैत्र २०७८, आइतबार  १ : ५८ बजे

क्रिकेटर लामिछानेको मुद्दा आज हेर्न नमिल्नेमा, जेठ १ गतेका लागि पेशी तोकियो

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी भएको मुद्दामा आगामी जेठ

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

बढ्यो बाँकेमा साइबर अपराध

नेपालगन्ज । सूचना प्रविधिको विकाससँगै बाँकेमा साइबर अपराधका घटना बढेको

यस्तो बन्यो नयाँ जसपाको सांगठनिक संरचना, अध्यक्ष अशोक राई, महासचिव मोहम्मद इस्तियाक राइ

काठमाडौं । जनता समाजवादी पार्टी नेपालबाट विभाजित अशोक राई नेतृत्व

Japanese Minister calls on President

Kathmandu: The visiting Minister for Foreign Affairs of Japan, Kamikawa