८ श्रावण २०८३, शुक्रबार | July 24, 2026

पाकिस्तानका प्रधानमन्त्री इमरान खानद्वारा संसद विघटनको सिफारिस



पाकिस्तानका प्रधानमन्त्री इमरान खानले संसद भंग गर्दै नयाँ चुनावको प्रस्ताव गरेका छन् ।

प्रधानमन्त्री खानले राष्ट्रपति आरिफ अल्भी समक्ष संसद विघटनको सिफारिस गरेका छन् ।

राष्ट्रका नाममा संवोधन गर्दै खानले निर्वाचित सरकारलाई अपदस्त गर्ने विदेशी षड्यन्त्रलाई असफल बनाउन संसद विघटन गर्नुपरेको जिकिर गरेका छन् ।

यसअघि आजै बसेको पाकिस्तानी संसदको संक्षिप्त बैठकमा सरकार विरुद्ध संसदमा पेश भएको अविश्वासको प्रस्तावलाई उपसभामुख क्वासिम सुरीले खारेज गरेका थिए ।

सम्बोधनका क्रममा प्रधानमन्त्री खानले भने, ‘आज उपसभामुखले जुन अविश्वासका प्रस्तावलाई खारेज गरेका छन् त्यसका लागि मैले उनलाई विशेष धन्यवाद दिन चाहन्छु । उपसभामुखले आफ्नो संवैधानिक शक्तिको प्रयोग गर्दै जुन फैसला गरेका छन् त्यसपछि मैले राष्ट्रपतिलाई संसद विघटन गरेर नयाँ निर्वाचनको घोषणा गर्न सिफारिस गरेका छु ।’

उपसभामुले अविश्वासको प्रस्तावमा विदेशी षड्यन्त्रको भएको दाबी गर्दै सो प्रस्तावले संविधानको अनुच्छेद ५ को उल्लंघन गरेको बताएका थिए ।

प्रकाशित मिति : २० चैत्र २०७८, आइतबार  १ : ५८ बजे

‘अनलाइन’ सट्टेबाजीका दुई लाख ‘एप’ बन्द

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले ‘अनलाइन’ सट्टेबाजी (बेटिङ) र अवैधानिक

मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज पनि

सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा, कालो बजारीको रकम फिर्ता गराइयो

सुर्खेत । सुर्खेतमा खाना पकाउने ग्यासको अभाव भएपछि उपभोक्तामा चुलो

तिलोत्तमाबाट ठुलो परिमाणको ब्राउनसुगर सहित १ जना पक्राउ

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका ९ मंगलापुरबाट ठुलो परिमाणको लागुऔषध

अन्दाज र परीक्षणको भरमा राज्य सञ्चालन गरिए देश ठप्प अवस्थातर्फ उन्मुख हुन सक्छ : राजेश हमाल

काठमाडौं । अभिनेता राजेश हमालले राजनीतिक भविश्यबाणी गर्दै ‘देश ठप्प