७ चैत्र २०८२, शनिबार | March 21, 2026

१५ प्रतिशतसम्म बढ्यो अन्तरप्रदेश गाडी भाडा 



काठमाडौं । सरकारले अन्तरप्रदेश चल्ने लामा दूरीका सार्वजनिक सवारीको भाडा १५ प्रतिशतसम्मले वृद्धि गरेको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको मन्त्रीस्तररीय निर्णयअनुसार यातायात व्यवस्था विभागले यात्रुबहाक सवारीको भाडा १० प्रतिशतले बढाएको छ ।

यस्तै, पहाडमा मालबाहक सवारीका लागि १३ र तराईमा १५ प्रतिशतका दरले भाडा बढाइएको यातायात व्यवस्था विभागले जनाएको छ ।

पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएसँगै यातायात व्यवसायीहरूले सवारी साधनको भाडा बढाउन माग गर्दै आएका थिए ।

यसअघि गत असारमा पनि लामो दूरीमा चल्ने सार्वजनिक सवारीको भाडा २० देखि २८ प्रतिशतले वृद्धि गरिएको थियो । तत्कालिन भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङले २७ असारमा पेट्रोलियम पदार्थ र गाडीका पार्टपूर्जाको मूल्यवृद्धिलाई आधार बनाएर भाडा बढाउने मन्त्रीस्तरीय निर्णय गरेका थिए ।

लामो दूरीका सवारी भाडा बढेसँगै छोटो दुरीको सवारी भाडा समेत बढाउन व्यवसायीले लबिङ थालेका छन् । काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक सवारी साधन व्यवसायीले भाडा बढाउन प्रदेश सरकारसँग माग र्दै आएका छन् ।

[pdf-embedder url=”https://khabarkura.com/wp-content/uploads/2022/04/final-yatayat-vada.pdf”]

प्रकाशित मिति : २० चैत्र २०७८, आइतबार  ३ : ५५ बजे

पाल्पामा टिपर दुर्घटना हुँदा ३ जनाको मृत्यु

पाल्पा । पाल्पामा शनिबार साँझ भएको टिपर दुर्घटनामा तीनजनाको मृत्यु

उज्यालो नेपाल पार्टीद्वारा प्रधानमन्त्री कार्कीलाई धन्यवाद

काठमाडौँ । उज्यालो नेपाल पार्टीले प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा मुलुक

प्रतिकिलो रु १० मा पनि बिक्दैन आलु

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकका पाँचखाल, मण्डनदेपुर, नाला तथा पनौती क्षेत्रमा हाल

सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी मुख्यालय तानिए

काठमाडौँ । कैलालीको खक्रौलास्थित सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा

हिउँमा फसेका २५० यात्रुको उद्धार

बागलुङ । भारी हिमपातका कारण अवरुद्ध मध्यपहाडी लोकमार्गमा फसेका यात्रुको