१६ श्रावण २०८३, शनिबार | August 2, 2026

खाना पकाउने ग्यास सिलिण्डर विष्फोटबाट ३ बालबालिकाको मृत्यु



सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रबिसेमा ग्यास सिलिण्डर विष्फोट हुँदा ३ जना बालबालिकाको मृत्यु भएको छ । बाह्रबिसे नगरपालिका–८ स्थित मानेस्वाँरामा खाना पकाउने ग्यास सिलिण्डर विष्फोट हुँदा ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

विष्फोटमा परि स्थानीय इशाक तामाङ, सरगम तामाङ र दिव्या तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी दक्ष कुमार बस्नेतले जानकारी दिए । विष्फोटबाट घरधनी मिनबहादुर तामाङ सामान्य घाइते भएको उनले बताए ।

किराना पसलसँगै रहेको खाजा पसलको ग्याँस लिक भएर विष्फोट भएको प्रारम्भिक अनुसन्धानमा खुलेको डीएसपी बस्नेतले बताए । मृत्यु भएका बालबालिका १० वर्ष, ६ वर्ष र साढे २ बर्षका छन् ।

 

प्रकाशित मिति : २० चैत्र २०७८, आइतबार  १० : ०३ बजे

पोखरामा मनाइयो कोदो दिवस

पोखरा । पोखरामा दोस्रो राष्ट्रिय कोदो दिवस मनाइएको छ ।

दिपमाला ढकालले पहिरिइन मिस नेपाल २०२६ को ताज

काठमाडौं । मिस नेपाल २०२६ को उपाधि दीपमाला ढकालले उचालेकी

निम्स दाइ : असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा

काठमाडौं । हिमाल आरोहणका कथाहरू प्रायः शिखर चुमेका आरोहीका सफलतामा

प्रसिद्ध आरोही निर्मल पुर्जासहित १० जनाकै मृत्यु भएको पुष्टि

काठमाडौं । पाकिस्तानको काराकोरम क्षेत्रस्थित ‘ब्रड पिक’ हिमालमा बिहीबार गएको

चौथौ फुलबारी गाइज फुटसल हुँदै, प्रथम पुरस्कार १ लाख २५ हजार रुपैयाँ

बुटवल । युवामाझ खेल संस्कृतिको विकास, स्वस्थ प्रतिस्पर्धाको प्रवद्र्धन तथा