२५ असार २०८३, बिहिबार | July 10, 2026

ठूला दललाई भोट दिनु भनेको साँढेको अगाडि दुधको बाल्टी थाप्नु जस्तै : राजेन्द्र लिङदेन



भैरहवा । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले नेपालका ३ ठूला दल नामले अलग पार्टी भएपनि विचार र व्यवहारले अलग नभएको बताएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी रुपन्देहीद्वारा भैरहवामा आयोजित विशाल आमसभा तथा पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष लिङदेनले बैदेशिक हस्तक्षेप भित्राउनमा ३ दल लागेको बताउदै हिंसामा विश्वास नगर्ने राप्रपाले यिनीहरुको बाकस खाली गरेर जनता बाटो भएको देखाउनु पर्ने ठिक समय आएको बताए ।

पर्खने र हेर्ने समय नभएको भन्दै उनले जनता सार्वभौम रहेकाले विवकेले काम गर्न सक्छ भनेर प्रमाणित गर्नु पर्ने बताए । उनले एमाले, माओवादी, कांग्रेसलाई भोट दिएर देश बन्छ भन्ने आशा गर्नु भनेको साढेको अगाडि दुधको बाल्टी लिनु जस्तै भएको उनले बताए ।

ठूला भनिएका पार्टीको काम तीन दशकमा देखिसकेको बताउँदै उनले २–४ वटा घर र भ्युटावर देखाएर विकास गरेको प्रमाणित गर्न खोजेको बताए ।

समान्य आखाले देखे जस्तो देशको अवस्था नरहेको उनले बताए । ‘गोली चलेको छैन, बन्द हडताल भएको छैन तर देशमा ३ वटै अंगले काम नगरेको अवस्था छ । सिटामोल पनि उपलब्ध गराउन नसक्ने अवस्थामा रहेका नेपालमा अदालतको आदेशमा सिटामोल दिनु पर्ने अवस्था छ,’ उनले भने ।

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार  ९ : ४३ बजे

गण्डकी प्रदेशमा गाँजा खेती गर्ने बाटो खुल्ला, प्रदेशसभाबाट गाँजाखेतीसम्बन्धी विधेयक पारित

पोखरा । गण्डकी प्रदेशसभाको आजको बैठकले औषधिजन्य तथा औद्योगिक प्रयोजनका

मुख्यसचिव सुमनराज अर्यालको बिदाइ, गोविन्दबहादुर कार्कीले सम्हाले जिम्मेवारी

काठमाडौं । सेवानिवृत्त हुन लागेका मुख्यसचिव सुमनराज अर्यालको बिदाइ तथा

टेलिकमको बिलिङ ठेक्का भ्रष्टाचार मुद्दामा आरोपित सबै १८ जनाले पाए सफाइ

काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणालीको वार्षिक मर्मतसम्भार

‘गौँथली’को चर्चा चुलियो, ट्रेलर युट्युबको ट्रेन्डिङ नम्बर १ मा

काठमाडौं। प्रदर्शन मिति नजिकिँदै जाँदा नेपाली चलचित्र ‘गौँथली’को अहिले चर्चाको

वैकल्पिक व्यवस्था नगरी होल्डिङ सेन्टरबाट सुकुम्बासी हटाउनु मानवअधिकार विपरीत : आयोग

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले काठमाडौंको बागमती किनारलगायत विभिन्न स्थानबाट