१८ बैशाख २०८१, मंगलबार | May 1, 2024

ठूला दललाई भोट दिनु भनेको साँढेको अगाडि दुधको बाल्टी थाप्नु जस्तै : राजेन्द्र लिङदेन



भैरहवा । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले नेपालका ३ ठूला दल नामले अलग पार्टी भएपनि विचार र व्यवहारले अलग नभएको बताएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी रुपन्देहीद्वारा भैरहवामा आयोजित विशाल आमसभा तथा पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष लिङदेनले बैदेशिक हस्तक्षेप भित्राउनमा ३ दल लागेको बताउदै हिंसामा विश्वास नगर्ने राप्रपाले यिनीहरुको बाकस खाली गरेर जनता बाटो भएको देखाउनु पर्ने ठिक समय आएको बताए ।

पर्खने र हेर्ने समय नभएको भन्दै उनले जनता सार्वभौम रहेकाले विवकेले काम गर्न सक्छ भनेर प्रमाणित गर्नु पर्ने बताए । उनले एमाले, माओवादी, कांग्रेसलाई भोट दिएर देश बन्छ भन्ने आशा गर्नु भनेको साढेको अगाडि दुधको बाल्टी लिनु जस्तै भएको उनले बताए ।

ठूला भनिएका पार्टीको काम तीन दशकमा देखिसकेको बताउँदै उनले २–४ वटा घर र भ्युटावर देखाएर विकास गरेको प्रमाणित गर्न खोजेको बताए ।

समान्य आखाले देखे जस्तो देशको अवस्था नरहेको उनले बताए । ‘गोली चलेको छैन, बन्द हडताल भएको छैन तर देशमा ३ वटै अंगले काम नगरेको अवस्था छ । सिटामोल पनि उपलब्ध गराउन नसक्ने अवस्थामा रहेका नेपालमा अदालतको आदेशमा सिटामोल दिनु पर्ने अवस्था छ,’ उनले भने ।

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार  ९ : ४३ बजे

डिजेल, मट्टितेलको मूल्य घट्यो, हवाई इन्धनको बढ्यो

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको

पशुपतिनाथको जलहरी प्रकरणका तीन जनालाई सफाइ

काठमाडौं । विशेष अदालतले पशुपतिनाथ मन्दिरको जलहरी प्रकरणमा आरोपित पशुपति

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण

काठमाडौं । चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर तीन दशमलव ८७

‘पुजार सार्की’ को दोस्रो गीत ‘रिमै’ सार्वजनिक

काठमाडौं । दिनेश राउतको निर्देशनमा बनेको फिल्म ‘पुजार सार्की’ को

कपिलवस्तुको पकडीमा एभरेष्ट बैंकको चौंथो एक्स्टेन्सन काउन्टर उद्घाटन

बुटवल । कपिलवस्तुको पकडीमा एभरेष्ट बैंक लिमिटेडको चौंथो एक्स्टेन्सन काउन्टर