१९ भदौ २०८३, शुक्रबार | September 4, 2026

कांग्रेसले प्रदेश १ मा बनायो चुनाव प्रचारप्रसार समिति



खोटाङ । नेपाली कांग्रेस प्रदेश १ ले स्थानीय तह चुनाव प्रचारप्रसार र परिचालन समिति गठन गरेको छ । कांग्रेस प्रदेश समितिको सोमबार बसेको बैठकले प्रदेश सभापति उद्धव थापाको नेतृत्वमा समिति गठन गरेको हो ।

‘घर-घर जाऔं, कांग्रेस जिताऔं’ अभियान अन्तरगत प्रदेश समितिका सबै पदाधिकारी, प्रदेश कार्य सम्पादन समितिका सदस्य, भातृ तथा शुभेच्छुक संस्थाका प्रमुखहरु रहेको समिति गठन गरिएको प्रदेश महामन्त्री भूपेन्द्र राईले बताए ।

प्रदेश समितिका सबै पदाधिकारी रहने प्रदेश कार्यसम्पादन समिति गठन गरिएको छ । सदस्यमा गुरुराज घिमिरे, कैलाश आले, सान्नीमायाँ तामाङ, रेजिना भट्टराई, सेबित्रा आङदेम्वे, मदन संग्रौला, केशरबहादुर बस्नेत, राजकुमार बराइली, विमला राई, नन्दकुमार नेम्वाङ, सञ्जय भट्टराई, कुमार लुइटेल, विमल आचार्य, मिरा खड्का, राजेन्द्र घले, लोकेन्द्र राई, शेखरचन्द्र थापा, रामकुमार थापा, लक्ष्मीकुमार चौधरी, कृति चौधरी, सोमनारायण सोवदार र किरण भट्टराईलाई मनोनित गरिएको छ ।

कांग्रेस प्रदेश समितिले स्थानीय तहको ‘टिकट वितरण समिति’ गठन गरेको छ । प्रदेश १ भित्रका नगरपालिका, उपमहानगरपालिका र जिल्ला समन्वय समितिको प्रमुख तथा उपप्रमुखको टिकट वितरणका लागि ‘टिकट वितरण समिति’ गठन गरेको हो । प्रदेश समितिका सबै पदाधिकारी रहने समितिमा नौ जना सदस्य मनोनयन गरिएको छ ।

समितिमा गुरुराज घिमिरे, केशरचन्द्र थापा, मदन संग्रौला, सिजन गुरुङ, लोकेन्द्र राई, विमला राई, उत्तमबहादुर चम्लागाई, जितेन्द्रसिं ठकुरी र रेजिना भट्टराईलाई मनोनयन गरिएको कांग्रेसले जनाएको छ । सो समितिले प्रदेश १ का ४६ नगरपालिका, दुई उपमहानगरपालिका र १४ जिल्ला समन्वय समितिको उम्मेद्वारको टिकट टुंग्याउने महामन्त्री राईले बताए ।

बैठकले सहमहामन्त्री विनोद बस्नेतको नेतृत्वमा ५ सदस्यीय अनुशासन समिति गठन गरेको छ । यस्तै, १४ वटा विभाग गठन गरिएको छ ।

 

प्रकाशित मिति : २२ चैत्र २०७८, मंगलबार  ७ : १७ बजे

भोटेकोशी बाढी : एक हजार २९३ शव फेला

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आज अपराह्नसम्म

चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने

काठमाडौँ । चीनले नेपालसँग आपत्कालीन जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान

त्रिशूली-३ ‘ए’को सुरुङमा एकजनाको शव फेला

काठमाडौं । रसुवास्थित माथिल्लो त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र उद्धारका

त्रिवि शिक्षण अस्पतालमा १९३ शव ल्याइएकामा २४ को पहिचान

काठमाडौँ । रसुवाको भोटेकोशीमा बाढीमा परी ज्यान गुमाएकामध्ये १९३ जनाको

सुनचाँदीको मूल्यमा वृद्धि, छापावाल सुन प्रतितोला ३ लाख ७ हजार ४ सय पुग्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्यमा