२० बैशाख २०८१, बिहिबार | May 2, 2024

एमाले अध्यक्ष ओलीको अभिव्यक्ति शहीद लखन थापा मगर सहित आम मगर समुदायको अपमान : मगर संघ, रुपन्देही



बुटवल । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रथम शहीदको विषयमा दिएको अभिव्यक्तिलाई लिएर देशैभर चर्को विरोध सुरु भएसँगै रुपन्देहीका मगर समुदायले पनि आपत्ति जनाएका छन् । एमाले अध्यक्ष ओलीले चैत्र १८ गते काठमाडौं स्थित एक कार्यक्रममा नेपालका प्रथम शहीद लखन थापामगर नभई अछामका बलदेव शाही उर्फ बाँकावीर भएको अभिव्यक्ति दिएसागै देशभरी ओली अभिव्यक्ति विवादमा परेको छ ।

नेपाल मगर संघ, जिल्ला समिति रुपन्देहीले आज बुटवलमा पत्रकार सम्मेलन गर्दै ओली अभिव्यक्तिको घोर आपक्ति प्रकट गरेको छ । पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा मगर संघले ओलीको अभिव्यक्तिले शहीद लखन थापा मगर लगायत आम मगर समुदायमाथि हस्तक्षेप गरि जतियता बिभेद र अपमान भएको उल्लेख गरिएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै मगर संघका केन्द्रिय उपाध्यक्ष दलबहादुर बिरकट्टा मगरले विस १९३३ सालमा शहिद भएका लखन थापालाई नेपाल सरकारले २०७२ असोज ३ गते तत्कालिन मन्त्रिपरिषदले पहिलो घोषणा गरेको जानकारी दिए । सरकारले हुलाक टिकटसमेत निकालिसकेको अवस्थामा एमाले अध्यक्ष ओलीले कपोकल्पित र तथ्यहीन अभिव्यक्ति दिई सिङ्गो मगर समुदायको मात्र नभई आम नेपाली जनताको परिवर्तनको आन्दोलनलाई खिल्ली उडाउन खोजेको उनले आरोप लगाए ।

ल’खन थापा नेपालको प्रथम सहिद हैनन भनेर घोषणा गर्ने केपी ओली ज्यु तपाईलाई पनि हामी मानसिक रोगी भनेर घोषण गर्छौ एक पटक तपाई मानसिक अस्पताल जानुहोस् ।’ उपाध्यक्ष बिरकट्टा मगरले भने ।

ओलीले आफ्नो अभिव्यक्ति फिर्ता नलिए नेपाल मगर संघको आसन्न केन्द्रीय महाधिवेशनबाट चरणबद्ध आन्दोलन घोषणा गर्ने समेत उनले बताए । उनले पटकपटक प्रधानमन्त्री भइसकेका व्यक्तिबाट गैरजिम्मेवारपूर्ण अभिव्यक्ति आउनु खेदजनक रहेको भन्दै बाकाबीरको बिषयमा तथ्य पेश गर्न समेत ओलीलाई चुनौती दिए । ओलीको अभिव्यक्ति स्वंयम् आफ्नो बुद्धि बिवेकले नभई सुनियोजित र षड्यन्त्रपूर्ण रहेको मगरको भनाई छ ।

पत्रकार सम्मेलनमा संघका जिल्ला अध्यक्ष आनबहादुर सोती,उपाध्यक्ष राधिका श्रीस, सचिव थर्कबहादुर बाह्रघरे, लगायतका वक्ताहरुले सहिद लखन थापाको ईतिहास लाई सम्झिदै पुर्वप्रधानमन्त्रीको अभिव्यक्तिले सिङ्गो मगर समुदायलाइ चोट परेको र सबै सहिदहरु प्रति अपमान गरेको धारणा राखेका थिए ।

एकतन्त्रीय जहाँनीया राणा शासनका विरुद्ध आवाज उठाउँदै नागरिक स्वतन्त्रताका लागि जनविद्रोहको सुरुवात गरेको आरोपमा नेपालका प्रथम शहीद लखन थापामगरलाई तत्कालिन प्रधानमन्त्री श्री ३ जंग बहादुर कुवँरद्वारा विसं १९३३ साल फागुन २ गते गोरखा जिल्लाको बुङ्कोटमा खिर्राको रुखमा झुन्ड्याएर मृत्युदण्ड दिइएको थियो ।

प्रकाशित मिति : २२ चैत्र २०७८, मंगलबार  १० : ०१ बजे

सूचना प्रविधि क्षेत्रमा लगानी बढाउन सरकार दृढतापूर्वक लागेको छ : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना

बुटवलमा आजदेखि अन्डर यू-१४ टी-२० क्रिकेट प्रतियोगिता

बुटवल । बुटवलमा अन्डर यू-१४ टी-२० क्रिकेट प्रतियोगिता आजदेखि सुरु

पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता : चार पालिका विजयी

बुटवल । जिल्ला भलिबल संघ रुपन्देहीले आयोजना गरेको पालिकास्तरीय दोस्रो

प्रचण्ड गर्मीमा ‘गुइँठा’ बनाउँदै महोत्तरीका गृहिणी

महोत्तरी । अहिले वैशाखको तेस्रो सातामै महोत्तरीमा तापक्रम दैनिकजसो ४२

रामेछापमा जुनारको जुस बिक्री बढ्यो

रामेछाप । गर्मी बढेसँगै रामेछापमा जुनारको जुस बिक्री बढेको छ