१४ भदौ २०८३, आइतबार | August 30, 2026

एमाले अध्यक्ष ओलीको अभिव्यक्ति शहीद लखन थापा मगर सहित आम मगर समुदायको अपमान : मगर संघ, रुपन्देही



बुटवल । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रथम शहीदको विषयमा दिएको अभिव्यक्तिलाई लिएर देशैभर चर्को विरोध सुरु भएसँगै रुपन्देहीका मगर समुदायले पनि आपत्ति जनाएका छन् । एमाले अध्यक्ष ओलीले चैत्र १८ गते काठमाडौं स्थित एक कार्यक्रममा नेपालका प्रथम शहीद लखन थापामगर नभई अछामका बलदेव शाही उर्फ बाँकावीर भएको अभिव्यक्ति दिएसागै देशभरी ओली अभिव्यक्ति विवादमा परेको छ ।

नेपाल मगर संघ, जिल्ला समिति रुपन्देहीले आज बुटवलमा पत्रकार सम्मेलन गर्दै ओली अभिव्यक्तिको घोर आपक्ति प्रकट गरेको छ । पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा मगर संघले ओलीको अभिव्यक्तिले शहीद लखन थापा मगर लगायत आम मगर समुदायमाथि हस्तक्षेप गरि जतियता बिभेद र अपमान भएको उल्लेख गरिएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै मगर संघका केन्द्रिय उपाध्यक्ष दलबहादुर बिरकट्टा मगरले विस १९३३ सालमा शहिद भएका लखन थापालाई नेपाल सरकारले २०७२ असोज ३ गते तत्कालिन मन्त्रिपरिषदले पहिलो घोषणा गरेको जानकारी दिए । सरकारले हुलाक टिकटसमेत निकालिसकेको अवस्थामा एमाले अध्यक्ष ओलीले कपोकल्पित र तथ्यहीन अभिव्यक्ति दिई सिङ्गो मगर समुदायको मात्र नभई आम नेपाली जनताको परिवर्तनको आन्दोलनलाई खिल्ली उडाउन खोजेको उनले आरोप लगाए ।

ल’खन थापा नेपालको प्रथम सहिद हैनन भनेर घोषणा गर्ने केपी ओली ज्यु तपाईलाई पनि हामी मानसिक रोगी भनेर घोषण गर्छौ एक पटक तपाई मानसिक अस्पताल जानुहोस् ।’ उपाध्यक्ष बिरकट्टा मगरले भने ।

ओलीले आफ्नो अभिव्यक्ति फिर्ता नलिए नेपाल मगर संघको आसन्न केन्द्रीय महाधिवेशनबाट चरणबद्ध आन्दोलन घोषणा गर्ने समेत उनले बताए । उनले पटकपटक प्रधानमन्त्री भइसकेका व्यक्तिबाट गैरजिम्मेवारपूर्ण अभिव्यक्ति आउनु खेदजनक रहेको भन्दै बाकाबीरको बिषयमा तथ्य पेश गर्न समेत ओलीलाई चुनौती दिए । ओलीको अभिव्यक्ति स्वंयम् आफ्नो बुद्धि बिवेकले नभई सुनियोजित र षड्यन्त्रपूर्ण रहेको मगरको भनाई छ ।

पत्रकार सम्मेलनमा संघका जिल्ला अध्यक्ष आनबहादुर सोती,उपाध्यक्ष राधिका श्रीस, सचिव थर्कबहादुर बाह्रघरे, लगायतका वक्ताहरुले सहिद लखन थापाको ईतिहास लाई सम्झिदै पुर्वप्रधानमन्त्रीको अभिव्यक्तिले सिङ्गो मगर समुदायलाइ चोट परेको र सबै सहिदहरु प्रति अपमान गरेको धारणा राखेका थिए ।

एकतन्त्रीय जहाँनीया राणा शासनका विरुद्ध आवाज उठाउँदै नागरिक स्वतन्त्रताका लागि जनविद्रोहको सुरुवात गरेको आरोपमा नेपालका प्रथम शहीद लखन थापामगरलाई तत्कालिन प्रधानमन्त्री श्री ३ जंग बहादुर कुवँरद्वारा विसं १९३३ साल फागुन २ गते गोरखा जिल्लाको बुङ्कोटमा खिर्राको रुखमा झुन्ड्याएर मृत्युदण्ड दिइएको थियो ।

प्रकाशित मिति : २२ चैत्र २०७८, मंगलबार  १० : ०१ बजे

चीनले दिएको ३० करोड रुपैयाँ अर्थमन्त्रीमार्फत प्रधानमन्त्री राहत कोषलाई हस्तान्तरण

काठमाडौं। चीन सरकारले नेपालका बाढी पीडितका लागि घोषणा गरेको नगद

रसुवा बाढी प्रभावित बोकेको बस दुर्घटना, ३२ जना घाइते

बर्दिया । रसुवाको भोटेकोशी नदीमा गएको बाढीपछि उद्धार गरिएका बाढी

प्रधानमन्त्री राहत कोषमा कांग्रेसले एक करोड जम्मा गर्ने

ललितपुर । नेपाली कांग्रेसले बाढीपीडितको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा

रास्वपा सभापति लामिछाने र बागमतीका मुख्यमन्त्री थापाबीच भेटवार्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

भोटेकोशी बाढी : खोज, उद्धार र राहत प्रभावकारी बनाउन रास्वपा सभापतिको निर्देशन

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतका