११ असार २०८३, बिहिबार | June 25, 2026

नेपालगन्ज नाकाबाट पाँच सय महिला तथा बालबालिकाको उद्धार



नेपालगन्ज । मानव बेचबिखनविरुद्ध क्रियाशील माइती नेपालले जोखिमपूर्ण यात्रामा रहेका करिब पाँच सय महिला तथा बालबालिकालाई नेपालगन्ज नाकाबाट उद्धार गरेको छ ।

पछिल्लो एक वर्षको अवधिमा नेपालगञ्जस्थित जमुनाहनाका भएर जोखिमपूर्ण अवस्थामा भारततर्फ प्रवेश गर्ने क्रममा रहेका ४९९ महिला तथा बालबालिकालाई उद्धार गरिएको माइती नेपाल नेपालगञ्जका संयोजक केशवराज कोइरालाले जानकारी दिए ।

उनका अनुसार नेपाल–भारत सिमाना जमुनाहनाकाबाट नेपाल प्रहरीसमेतको सहयोगमा उनीहरूलाई उद्धार गरिएको हो । यो अवधिमा भारत तथा खाडी मुलुकबाट १० जनाको उद्धार गरिएको छ । एक वर्षको अवधिमा ५२६ जनाको खोजतलास तथा उद्धारको निवेदन परेकामा २१३ जना फेला परेका छन् । घरेलु हिंसाका १८ घटनामा परामर्श प्रदान गरिएको माइती नेपालका संयोजक कोइरालाले बताए ।

माइती नेपालले उक्त नाकामा सूचना तथा परामर्श केन्द्र स्थापना गरी जोखिमपूर्ण यात्रामा रहेका महिला तथा बालबालिकाको उद्धार, भारतलगायतका देशमा यौन एवं श्रम शोषणमा परेका महिला तथा बालबालिकाको उद्धार, आवासीय सेवा, मनोसामाजिक परामर्श, कानुनी सहायता, स्वास्थ्य सेवासमेतका सेवा प्रदान गर्दै सीपमूलक तालिमसहित परिवार र समाजमा पुनःमिलनका कार्य गर्दै आइरहेको छ ।

स्थापनाको ३०औँ वार्षिकोत्सवसका अवसरमा माइती नेपालले नेपालगन्जमा विभिन्न जनचेतनामूलक कार्यक्रम गरेको छ । मानव बेचबिखन तथा ओसारपसारविरुद्ध विद्यालयस्तरीय अभिमुखीकरण, नेपाल–भारत सिमाना जमुनाहनाकालगायत विभिन्न स्थानमा सडक अन्तक्र्रियासहित जनचेतनामूलक पोष्टर, पम्प्लेट टाँस्नुका साथै सूचना एवं चेतनामूलक सन्देशहरू वितरण, प्रसारण गरिएको छ । रासस

प्रकाशित मिति : २५ चैत्र २०७८, शुक्रबार  १० : ५६ बजे

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु

काराकास । भेनेजुएलामा बुधबार साँझ आएको शक्तिशाली भूकम्पमा कम्तीमा ३२

रास्वपाको प्रदेशसभा खारेजी प्रस्तावप्रति बाबुरामको चेतावनी – ‘संघीयता भत्काउने भूल नगर्नू’

काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले

रुसी राष्ट्रिय दिवसका अवसरमा आयोजित स्वागत समारोहमा उपराष्ट्रपति यादव सहभागी

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव रुसको राष्ट्रिय दिवसका अवसरमा आयोजित

दक्षिण कोरियालाई १-० ले हराउँदै दक्षिण अफ्रिका विश्वकपको अन्तिम ३२ मा प्रवेश

काठमाडौं । दक्षिण कोरियामाथि १-० को रोमाञ्चक जित निकाल्दै दक्षिण

भेनेजुएलामा विनाशकारी भूकम्पपछि आपतकाल घोषणा

काठमाडौं । भेनेजुएलामा विनाशकारी भूकम्पपछि आपतकाल घोषणा गरिएको छ ।