३१ आश्विन २०८३, शनिबार | October 17, 2026

मसालको रक्तिम फुट्यो, नारायण शर्माको अध्यक्षमा ३१ सदस्यीय समिति गठन



काठमाडौं । नेकपा (मसाल)को सांस्कृतिक मोर्चा औपचारिक रूपमा विभाजन भएको छ । रक्तिमले शनिबार संवाद डबलीमा ३६ औं स्थापना दिवस मनाउँदै नारायण शर्माको अध्यक्षमा नयाँ कार्यसमिति घोषणा गरेको छ ।

रक्तिमको संस्थापन पक्षले मसालसँग सम्बन्ध विच्छेद गर्दै नयाँ समितिको घोषणा गरेको हो । नयाँ समितिको उपाध्यक्षमा नीलिमा पुन, दलबहादुर बिक र मानबहादुर भण्डारी रहेका छन् । त्यस्तै, महासचिवमा उदय रिजाल, सचिवमा धर्मदेव पन्त र शरद लामिछाने चयन भएका छन् भने कोषाध्यक्षमा डम्बर भण्डारी चयन भएका छन् ।

मसालभित्र वैचारिक बहस चलिरहेको छ । पार्टी नेतृत्वले लिएको लाइनप्रति असहमति राखेपछि रक्तिमको संस्थापन पक्षलाई पार्टीले बेवास्ता गर्दै जिम्मेवारीविहीन बनाएको थियो । रक्तिमको बहुसंख्यक सदस्यहरूले संस्थापनको विचारसँग असहमति राखेपछि पार्टी रेम रानाको अध्यक्षतामा छुटै समिति बनाएको थियो । उक्त समिति अवैध भएको रक्तिम संस्थापन पक्षले दाबी गरेको छ ।

जनगायक जीवन शर्माको नेतृत्वमा २०४३ चैत्र २६ गते रक्तिम सांस्कृतिक अभियानको स्थापना गरिएको थियो । जीवन शर्माको पनि शर्माको नेतृत्वको नयाँ समितिलाई समर्थन रहेको बताइएको छ ।

घोषणासभामा बोल्दै अध्यक्ष शर्माले रक्तिमको ३५ वर्षको यात्रामा रक्तिमले अनेकौं आरोह–अवरोहको सामना गर्नु परेको जनाउँदै आफूहरू सर्वहारा क्रान्तिप्रति उत्तरदायी बनिरहने पनि बताए । जतिसुकै कठिनाइहरू आइलागे पनि रक्तिम आफ्नो लक्ष्यप्रति कहिल्यै विचलित नभएको र अबका दिनहरूमा पनि जनवादी सांस्कृतिक अभियान मार्फत नेपाली गरिखाने जनताको पक्षमा निरन्तर सेवा गर्ने पनि उनले प्रतिबद्धता जनाए ।

नयाँ कार्यसमितिलाई शुभकामना दिँदै जनसांस्कृतिक महासंघ नेपालका अध्यक्ष मातृका पोखरेलले पछिल्लो समयमा नेपाली समाजमा संस्कृति विचलन सबैतिर देखा परेकोप्रति चिन्ता व्यक्त गर्दै प्रगतिशील सांस्कृतिक कर्मीहरू अविचलितरुपमा अगाडि बढ्नुपर्ने बताए ।

रक्तिमका पूर्व अध्यक्ष नारायण योगीले रक्तिमको विरासतपूर्ण इतिहास र त्यसको प्रवाहलाई कसैले रोक्न खोजेर रोकिने भन्दा यो अझै शक्तिशाली भएर जाने बताउँदै युवा सांस्कृतिक कमीहरूलाई हौसला दिए ।

सो कार्यक्रममा विप्लव नेतृत्वको नेकपाका युवा नेता चिरन पुनले नेपाली जनसांस्कृतिक इतिहासमा रक्तिमको महत्त्वपूर्ण योगदान रहेको चर्चा गर्दै, नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना दिए । पुनले आफ्नो पार्टीसँग वैज्ञानिक समाजवाद र समाजवाद प्राप्तिको लागि सहकार्य गर्न अनुरोध गरे ।

त्यसैगरी अखिल नेपाल जनसांस्कृतिक महासंघका उपाध्यक्ष मित्रलाल पंगेनीले नेपाली समाजमा विलक्षण क्षमता र सम्भावना भए पनि विभिन्न भागमा विभाजन हुनु दुर्भाग्य भएको बताउँदै, सम्पत्तिमात्रै निजी नभएर पार्टी र आन्दोलन पनि निजीकरण भएकोप्रति चिन्ता व्यक्त गरे ।

कार्यक्रममा युवा बाम नेता रामबहादुर बुढाले नेपाली जनसंस्कृतिको यात्रामा रक्तिमको अतुलनीय योगदान रहेको र आगामी समयमा यसको अझ बढी आवश्यकता रहेको बताए ।

पत्रकार सेनानी गोविन्द सिंह थापाले रक्तिमले जनवादी आन्दोलनमा पुर्‍याएको योगदान कसैले मेटाउन नसक्ने र बरु अब यसलाई सशक्त बनाउनु पर्ने धारणा राखे ।

त्यस्तै, प्रेस सेन्टर नेपाल अनलाइन विभागका संयोजक तुलसी सापकोटाले रक्तिमको गरिमामय इतिहासलाई अझ सशक्त र प्रभावशाली बनाउने बाटोमा गएकोले आफूलाई खुसी लागेको बताए ।

सो कार्यक्रममा जनकलाकारहरूको सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए भने उपाध्यक्ष दलबहादुर विकको अध्यक्षता सम्पन्न भएको कार्यक्रमलाई महासचिव उदय रिजालले सञ्चालन गरेका थिए ।

रक्तिमको नयाँ कार्यसमिति रहेका कलाकारहरूमा शंकर पुन (गुल्मी), धनबहादुर थापा (बागलुङ), समीर विक (रुपन्देही), पूर्ण राई ‘सर्वहारा’ (मोरङ) , खिमा पुन (म्याग्दी), ज्योति फौजा (पर्वत),पम्फा बन्जाडे (दाङ), माधव भाट क्षेत्री (कपिलवस्तु), बिमा पुन (गुल्मी), नरेश झुकाल (डडेलधुरा), प्रतिभा शर्मा (काठमाडौं), हिक्मत शाही (कालिकोट), राकेश बस्याल (सुर्खेत), सुमन भण्डारी ‘संसार’ (प्युठान), कमला क्षेत्री (नवलपुर), सुजन थापा (कास्की), ईश्वर पाण्डे (बाँके) र कृति पुन )डोटी) रहेका छन् । सदस्यको तीन स्थान हाललाई रिक्त राखिएको छ । सल्लाहकारहरूमा संयोजक नारायण योगी (दाङ), सदस्यहरू सुरेन्द्र भण्डारी (मोरङ) र नबिना केसी (काठमाडौं) चयन भएका छन्।

प्रकाशित मिति : २६ चैत्र २०७८, शनिबार  ६ : ५५ बजे

रेमिट्यान्सलाई सरल र विश्वासिलो बनाउन माछापुच्छ्रे बैंक र युनाईटेड रेमिटबीच सम्झौता

विदेशबाट नेपालमा भित्रिने रेमिट्यान्सलाई अझ सहज, सरल तथा विश्वासिलो बनाउने

देशैभरका इलाका प्रहरी कार्यालयमा बाँके खजुराको इप्रका सर्वोत्कृष्ट

नेपालगन्ज । बाँकेको खजुरा स्थित इलाका प्रहरी कार्यालय धनौली, देशैभरका

बागेश्वरी मन्दिरमा धुमधामका साथ फूलपाती भित्राइयो

नेपालगन्ज । हिन्दु धर्मावलम्बीको ठूलो पर्व बडादशैंको सातौँ दिन शनिबार

नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो

काठमाडौँ । नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै गोँगबुस्थित नयाँ बसपार्कसहित

सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सैनिक मञ्च टुँडिखेलमा