१६ जेष्ठ २०८३, शनिबार | May 31, 2026

इमरान खानः अविश्वासको मतबाट पदमुक्त हुने पहिलो पाक प्रधानमन्त्री



इस्लामावाद । पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध संसदमा पेस भएको अविश्वासको प्रस्ताव पारित भएको छ ।

शनिवार मध्यरातमा संसदमा भएको मतदानमा खानले विश्वासको मत गुमाएपछि उनी पदमुक्त भएका छन् । इमरान खान अविश्वासको मतबाट पदमुक्त हुने देशका पहिलो प्रधानमन्त्री बनेका छन् ।

मतदानमा ‘अन्तिम बल सम्म’ संघर्षरत खानको विपक्षमा १७४ मत परेको थियो र प्रस्ताव बहुमतले पारित भएको थियो । नयाँ प्रधानमन्त्री चयनका लागि आइतबार दिउँसो २ बजे संसद बैठक बस्नेछ ।

यसअघि ६९ वर्षीय खानविरुद्ध संसदमा पेस भएको अविश्वासको प्रस्तावलाई उपसभामुखले मतदानको दिन खारेज गरिदिएका थिए । आफूविरुद्धको प्रस्ताव खारेज भएपछि प्रधानमन्त्रीले तत्काल संसद विघटनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेका थिए ।

सर्वोच्च अदालतले बिहीबार एक फैसलामा संसद विघटन गर्ने प्रधानमन्त्रीको कदम असंबैधानिक भएको ठहर गरेको थियो । सर्वोच्चको आदेशपछि विपक्षीले आक्रोशित बनेका थिए । केहीले प्रधानमन्त्रीलाई देशद्रोहको आरोप लगाएका थिए ।

खानको पार्टी पीटीआईका सदस्यहरूले उनी अन्तर्राष्ट्रिय षड्यन्त्रको शिकार भएको दाबी गरेका छन् । यसअघि खानले अमेरिकाले आफूविरुद्ध षडयन्त्र गरेको आरोप लगाएका थिए ।

प्रकाशित मिति : २७ चैत्र २०७८, आइतबार  ६ : ३७ बजे

एमाले सङ्गठन विभागको राष्ट्रिय कार्यशाला तय

काठमाडौँ । नेकपा (एमाले)ले सदस्यता नवीकरण तथा अभिप्रेरणाका लागि यही

हराएको डेढ महिनापछि जङ्गलमा शव भेटियो

म्याग्दी । डेढ महिनाअघि घरबाटै हराएको म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका

ढुक्क हुनुस्, देश बनाउँछौँ : महामन्त्री शाह

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले पार्टी

पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो

काठमाडौँ । पछिल्लो २ दिनदेखि मौसममा थप बदली भई ठाउँठाउँमा

नागरिकको सर्वोच्चता कांग्रेसको पहिलो प्राथमिकता हो : गगन थापा

पाटन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक सर्वोच्चता आफू