७ आश्विन २०८३, बुधबार | September 23, 2026

उद्योग व्यवसाय मैत्री नीति लिन सरकारलाई सभामुख सापकोटाको आग्रह



काठमाडौं । सभामुख सभामुख अग्निप्रसाद सापकोटाले उद्योगी, व्यवसायीहरुलाई सधैं प्रोत्साहित गर्ने नीति लिन सरकारसँग आग्रह गरेका छन् । सभामुख सापकोटाले कुनै पनि राज्य व्यवसायबाट उन्नति र प्रगतिमा मात्रै जाने गरेको उल्लेख गर्दै राज्यले उनीहरुलाई सधैं प्रोत्साहित गर्ने नीति लिनुपर्ने बताए ।

नेपाल चेम्बर कमर्शले आईतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले सरकारले सबैलाई अभिभावकत्व दिने हो भने देशभक्तिको भावनामा सबैमा पलाउने र मुलुक समृद्ध हुने विश्वास समेत व्यक्त गरे ।

सभामुख सापकोटाले राष्ट्रलाई केन्द्रमा राखेर काम गर्न पनि सबैलाई आह्वान गरे । निष्ठापूर्वक सबैले आ–आफनो जिम्मेवारी पूरा गरे मुलुकले हरेक क्षेत्रमा सफलता प्राप्त गर्ने उनको भनाइ थियो । सापकोटाले भने, ‘संसारमा कुनै पनि राज्य व्यवसायबाट नष्ट भएको छैन । यो उन्नति र प्रगतिमा मात्रै जान्छ । त्यसकारण व्यवसायी, उद्यमीहरु, चेम्वर अफ कमर्शजस्ता संस्थाहरुलाई जति प्रोत्साहित गर्न सक्यो, कहीँकतै नियमन पनि गर्नु पर्ला । हामी अभिभावकको जिम्मेवारीमा छौं भनेर सबैले अभिभावकको जिम्मेवारीको उचाईमा पुगेर सबैलाई अभिभावकत्व प्रदान गर्ने हो भने विस्तारै राष्ट्रप्रति सबैको भक्तिको भावना प्रज्वलित हुन्छ । देशभक्ति धेरै ठूलो कुरा हो । हामी जहाँ छौ, जुन जिम्मेवारीमा छौं । देशलाई केन्द्र राखेर सोच्यौ भने जसले जहाँ काम गरिराखेको छ, त्यहाँ इमान्दारितापूर्वक काम गर्ने हो भने देश छिट्टै समृद्ध हुन्छ । हामी सबैले देशलाई निष्ठापूर्वक केन्द्रमा राखेर काम गर्नेछौं । यसो ग¥यौ भने हामीले सफलता प्राप्त गर्नेछौं ।’

कार्यक्रममा बोल्दै मुख्यसचिव शंकरदास बैरागीले मुलुकको अर्थतन्त्र बाहिर छापामा आएजस्तो डरलाग्ने नभएको दाबी गरे । बैरागीले मुलुकको अर्थतन्त्रलाई नयाँ ढंगले अघि बढाई त्यसमा सफलता हात पार्न सक्षम हुनेछौं भन्ने मान्यताका आधारमा काम गर्नुपर्ने आवश्यक्ता देखाए । । उनले भने, ‘मुलुकको आर्थिक अवस्था बाहिर छापामा आएजस्तो डरलाग्दो होइन । हामीले यस्तो गलत सन्देश पटकै दिन हुँदैन । हामी अर्थतन्त्रलाई नयाँ ढंगले अघि बढाउन सक्षम छौं भन्ने विश्वासका साथ काम गर्नुपर्छ । त्यसका लागि आयातमा हाल देखिएको संकट समाधान गर्दै जाने र मुलुकमा पर्यटक भित्रयाउने खालका कामलाई तीव्रता दिनुपर्छ ।’

मुख्य सचिव बैरागीले मुलुकको अर्थतन्त्रलाई सबल बनाउनका लागि सरकारले ऊर्जा क्षेत्रको विकास, पर्यटन क्षेत्रको विकासमा बढि जोड दिएको पनि स्मरण गराए ।

प्रकाशित मिति : २७ चैत्र २०७८, आइतबार  ३ : २७ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११