८ बैशाख २०८१, शनिबार | April 20, 2024

उद्योग व्यवसाय मैत्री नीति लिन सरकारलाई सभामुख सापकोटाको आग्रह



काठमाडौं । सभामुख सभामुख अग्निप्रसाद सापकोटाले उद्योगी, व्यवसायीहरुलाई सधैं प्रोत्साहित गर्ने नीति लिन सरकारसँग आग्रह गरेका छन् । सभामुख सापकोटाले कुनै पनि राज्य व्यवसायबाट उन्नति र प्रगतिमा मात्रै जाने गरेको उल्लेख गर्दै राज्यले उनीहरुलाई सधैं प्रोत्साहित गर्ने नीति लिनुपर्ने बताए ।

नेपाल चेम्बर कमर्शले आईतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले सरकारले सबैलाई अभिभावकत्व दिने हो भने देशभक्तिको भावनामा सबैमा पलाउने र मुलुक समृद्ध हुने विश्वास समेत व्यक्त गरे ।

सभामुख सापकोटाले राष्ट्रलाई केन्द्रमा राखेर काम गर्न पनि सबैलाई आह्वान गरे । निष्ठापूर्वक सबैले आ–आफनो जिम्मेवारी पूरा गरे मुलुकले हरेक क्षेत्रमा सफलता प्राप्त गर्ने उनको भनाइ थियो । सापकोटाले भने, ‘संसारमा कुनै पनि राज्य व्यवसायबाट नष्ट भएको छैन । यो उन्नति र प्रगतिमा मात्रै जान्छ । त्यसकारण व्यवसायी, उद्यमीहरु, चेम्वर अफ कमर्शजस्ता संस्थाहरुलाई जति प्रोत्साहित गर्न सक्यो, कहीँकतै नियमन पनि गर्नु पर्ला । हामी अभिभावकको जिम्मेवारीमा छौं भनेर सबैले अभिभावकको जिम्मेवारीको उचाईमा पुगेर सबैलाई अभिभावकत्व प्रदान गर्ने हो भने विस्तारै राष्ट्रप्रति सबैको भक्तिको भावना प्रज्वलित हुन्छ । देशभक्ति धेरै ठूलो कुरा हो । हामी जहाँ छौ, जुन जिम्मेवारीमा छौं । देशलाई केन्द्र राखेर सोच्यौ भने जसले जहाँ काम गरिराखेको छ, त्यहाँ इमान्दारितापूर्वक काम गर्ने हो भने देश छिट्टै समृद्ध हुन्छ । हामी सबैले देशलाई निष्ठापूर्वक केन्द्रमा राखेर काम गर्नेछौं । यसो ग¥यौ भने हामीले सफलता प्राप्त गर्नेछौं ।’

कार्यक्रममा बोल्दै मुख्यसचिव शंकरदास बैरागीले मुलुकको अर्थतन्त्र बाहिर छापामा आएजस्तो डरलाग्ने नभएको दाबी गरे । बैरागीले मुलुकको अर्थतन्त्रलाई नयाँ ढंगले अघि बढाई त्यसमा सफलता हात पार्न सक्षम हुनेछौं भन्ने मान्यताका आधारमा काम गर्नुपर्ने आवश्यक्ता देखाए । । उनले भने, ‘मुलुकको आर्थिक अवस्था बाहिर छापामा आएजस्तो डरलाग्दो होइन । हामीले यस्तो गलत सन्देश पटकै दिन हुँदैन । हामी अर्थतन्त्रलाई नयाँ ढंगले अघि बढाउन सक्षम छौं भन्ने विश्वासका साथ काम गर्नुपर्छ । त्यसका लागि आयातमा हाल देखिएको संकट समाधान गर्दै जाने र मुलुकमा पर्यटक भित्रयाउने खालका कामलाई तीव्रता दिनुपर्छ ।’

मुख्य सचिव बैरागीले मुलुकको अर्थतन्त्रलाई सबल बनाउनका लागि सरकारले ऊर्जा क्षेत्रको विकास, पर्यटन क्षेत्रको विकासमा बढि जोड दिएको पनि स्मरण गराए ।

प्रकाशित मिति : २७ चैत्र २०७८, आइतबार  ३ : २७ बजे

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण

म्याग्दी । विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर । टीकापुर नगरपालिका वडा नं. ७ को प्रशासनिक भवन

सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा

सिंगापुर । एभरेष्ट किचन किंग मसलाको नाम त तपाईले सुन्नु