१५ चैत्र २०८०, बिहिबार | March 29, 2024

यक्ष र मोक्षको लागि जिब्रो छेडेर बागेश्वरी मन्दिरको दर्शन



नेपालगन्ज । रामनवमीको दिनमा नेपालगञ्जको बागेश्वरी मन्दिरमा हिन्दु धर्मावलम्बीले यक्ष र मोक्ष पाउने आशामा जिब्रो छेडेर देवीको दर्शन गर्ने परम्परा चलिआएको छ । चैते दसैँ सुरु हुने परेवाको दिनदेखि नै निरहार व्रत बसेको पुरुषले आफ्नो भाकल पूरा गराउन वा भाकेको कुरा पूरा भएपछि वाक्यकी देवी बागेश्वरीलाई जिब्रो छेडेर दर्शन गर्ने चलन परापूर्वकालदेखि नै चलिआएको बागेश्वरी मन्दिरका मूलपुरोहित चन्द्रनाथ योगीले जानकारी दिए ।

उनले पहिलाको तुलनामा अहिले जिब्रो छेड्न आउनेको संख्या घट्दै गएको र मानिसहरू आफ्नो जिब्रो काटेर चढाउने, जिब्रो र छातीमा त्रिशुल रोपेर दिनभरि मन्दिरको परिक्रमा गर्ने भक्तजनहरू पनि रहेका तर, अहिले यो अलि घटेर गएको बताए ।

नवरात्रको व्रत बसेका व्रतालुहरू बडा दसैँको र चैते दसैँको नवमीको दिन मन्दिरमा आफ्नै जिब्रो तिखो धातुले ९त्रिशुल० छेड्ने परम्परा रहेको र हरेक वर्ष करिब १५० बढि धर्मावलम्बीहरुले जिब्रो छेड्ने गरेको मूलपुरोहित योगीले जानकारी दिए ।

बाँके खजुरा गाउपालिका( ८ का ६५ वर्षीय राम खेलावनले अहिले ५० पटकभन्दा बढी आफ्नो जीवनकालमा जिब्रो छेडेर बागश्वरी मन्दिरको परिक्रमा गरेको बताए । उनले भने, ‘सानै उमेरदेखि जिब्रो छेडेर दर्शन गर्दै आएको छु । अहिलेसम्म ५० पटकभन्दा बढी भयो होला,’ उनले यसरी देवीको दर्शन गर्दा शक्ति प्राप्त भएको महसुस हुन्छ ।ु

पानको पात र फलामको तिखो त्रिशुलले जिब्रो छेडेर देवीको दर्शन गर्दा पीडा पनि नहुने र रगत पनि नदेखिने बाँके डुडुवा–६ हिमिनियाका ६० वर्षीय बर्मन लोनियाले बताए । उनले भने, ‘५० भन्दा बढी पटक मैले जिब्रो छेडेर देवीको दर्शन गरेको छु । रगत पनि बगेको छैन, न त मलाई कुनै पीडा नै भएको छ ।’

बाँके डुडुवका–६ हिरमिनियाँकै २० वर्षीय सियाराम लोनियाले ७ पटक, भारत बाबागन्जका २७ वर्षीय ओमप्रकाश यादवले २० पटक जिब्रो छेडेर बागेश्वरी मन्दिरको परिक्रमा गर्दै दर्शन गरेको बताए ।

नेपालगञ्जको बागेश्वरी मन्दिरमा बडा दसैँ र चैते दसैँमा जिब्रो छेडेर बागेश्वरी माताको दर्शन गर्ने चलन छ । निरहार व्रत बसेर नवमीको दिन बागेश्वरी मन्दिरमा जिब्रो छेड्नाले घरमा दुःख बिमार नलाग्ने, सम्पत्तिको रक्षा हुने, यश र मोक्ष पाइने धार्मिक विश्वास रहेका कारणले गर्दा जिब्रो छेड्ने चलन परापूर्वकालदेखि नै चल्दै आएको मान्यता छ ।

प्रकाशित मिति : २७ चैत्र २०७८, आइतबार  ४ : ५५ बजे

एसइई परीक्षा : सुदूरपश्चिममा एक हजार२१ परीक्षार्थी अनुपस्थित

सुदूरपश्चिम । आजदेखि सञ्चालनमा आएको माध्यमिक शिक्षा परीक्षा (एसइई)को परीक्षामा

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व

प्रेस चौतारी रुपन्देहीको आयोजनामा दुइदिने डिजिटल मिडिया व्यवस्थापन तथा लेखनवृत्ति तालिम सम्पन्न

बुटवल । प्रेस चौतारी नेपाल, रुपन्देही शाखाको आयोजनामा दुईदिने डिजिटल

अहिलेको सत्ता समीकरण स्वार्थको गठबन्धन होइन : अध्यक्ष ओली

झापा । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

रुपन्देहीको तिलोत्तमामा रहेको लुम्बिनी वल्ड स्कुलले असल अभिभाकत्व र तनाव व्यवस्थापन तालिम गर्ने

बुटवल । रुपन्देहीको तिलोत्तमा-१३ मधवलियामा रहेको लुम्बिनी वल्ड स्कुलले अभिभावकका