१५ बैशाख २०८१, शनिबार | April 27, 2024

निर्वाचन निष्पक्ष र मितव्ययी बनाउन प्रमुख निर्वाचन आयुक्तको निर्देशन



विराटनगर । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले संवेदनशील भएर स्थानीय तहको निर्वाचन जिम्मेवारीपूर्वक सम्पन्न गराउन प्रमुख निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरूलाई निर्देशन दिएका छन् ।

निर्वाचन आयोग नेपालद्वारा आज आयोजित स्थानीय तह निर्वाचन–२०७९ निर्वाचन सञ्चालन तथा व्यवस्थापन प्रादेशिक प्रशिक्षक प्रशिक्षण कार्यक्रममा थपलियाले स्थानीय तहको निर्वाचन निष्पक्ष, स्वतन्त्र एवं मितव्ययी बनाउनुपर्नेमा जोड दिएका हुन् ।

उनले स्थानीय तहको निर्वाचनका लागि आयोगले संविधान र कानुनअनुसार सबै प्रक्रिया अगाडि बढाएको बताउँदै निर्वाचन निर्देशिका एवं स्वघोषणाले उम्मेदवारलाई जिम्मेवार बनाएको धारणा राखे ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले आयोगले निर्वाचन आचारसंहिता पालना भए नभएको विषयमा संयन्त्र निर्माण गरी अनुगमन गर्ने जानकारी पनि दिए । उनले १० हजार २०० मतदानस्थलमा टेलिफोन, इन्टरनेट सुविधा पुगेको बताए।

प्रदेश नं १ का प्रमुख सचिव डा रामप्रसाद घिमिरेले निर्वाचनलाई उत्सवका रूपमा लिई स्वच्छ, निष्पक्ष, भयरहित वातावरणमा सम्पन्न गर्न सबैले जिम्मेवारीपूर्वक कार्य गर्नुपर्नेमा जोड दिए ।

प्रशिक्षण कार्यक्रममा प्रदेश नं १ को खोटाङ, ओलखढुङ्गा र सोलुबाहेक ११ जिल्लाका मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत गरी १२० जनाको सहभागिता छ ।

प्रकाशित मिति : ३० चैत्र २०७८, बुधबार  १ : ४६ बजे

पचासी लाखमा वडा कार्यालय भवन निर्माण

म्याग्दी । जिल्लाको धौलागिरि गाउँपालिका-६ मराङमा रु ८५ लाखको लगानीमा

ढकमक्क ज्याकाराण्डा

काठमाडौं । काठमाडौंको कमलपोखरी परिसर छेउमा ढकमक्क फुलेको ज्याकाराण्डा फूल

बझाङमा उत्साहपूर्वक मतदान हुँदै

बझाङ । बझाङ प्रदेशसभा निर्वाचन ९१ ० मा मतदाता उत्साहपूर्वक

आइपिएलमा कोलकोतामाथि पञ्जाबको कीर्तिमानी जित

काठमाडौं । भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति

शान्तिपूर्ण रूपमा इलाम-२ मा मतदान सुरु

इलाम । इलाम क्षेत्र-२ मा मतदान सुरु भएको छ ।