२० बैशाख २०८३, आइतबार | May 3, 2026

निर्वाचन निष्पक्ष र मितव्ययी बनाउन प्रमुख निर्वाचन आयुक्तको निर्देशन



विराटनगर । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले संवेदनशील भएर स्थानीय तहको निर्वाचन जिम्मेवारीपूर्वक सम्पन्न गराउन प्रमुख निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरूलाई निर्देशन दिएका छन् ।

निर्वाचन आयोग नेपालद्वारा आज आयोजित स्थानीय तह निर्वाचन–२०७९ निर्वाचन सञ्चालन तथा व्यवस्थापन प्रादेशिक प्रशिक्षक प्रशिक्षण कार्यक्रममा थपलियाले स्थानीय तहको निर्वाचन निष्पक्ष, स्वतन्त्र एवं मितव्ययी बनाउनुपर्नेमा जोड दिएका हुन् ।

उनले स्थानीय तहको निर्वाचनका लागि आयोगले संविधान र कानुनअनुसार सबै प्रक्रिया अगाडि बढाएको बताउँदै निर्वाचन निर्देशिका एवं स्वघोषणाले उम्मेदवारलाई जिम्मेवार बनाएको धारणा राखे ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले आयोगले निर्वाचन आचारसंहिता पालना भए नभएको विषयमा संयन्त्र निर्माण गरी अनुगमन गर्ने जानकारी पनि दिए । उनले १० हजार २०० मतदानस्थलमा टेलिफोन, इन्टरनेट सुविधा पुगेको बताए।

प्रदेश नं १ का प्रमुख सचिव डा रामप्रसाद घिमिरेले निर्वाचनलाई उत्सवका रूपमा लिई स्वच्छ, निष्पक्ष, भयरहित वातावरणमा सम्पन्न गर्न सबैले जिम्मेवारीपूर्वक कार्य गर्नुपर्नेमा जोड दिए ।

प्रशिक्षण कार्यक्रममा प्रदेश नं १ को खोटाङ, ओलखढुङ्गा र सोलुबाहेक ११ जिल्लाका मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत गरी १२० जनाको सहभागिता छ ।

प्रकाशित मिति : ३० चैत्र २०७८, बुधबार  १ : ४६ बजे

विश्वकप डिभिजन लिग-२ मा आज ओमान र युएईबीच प्रतिस्पर्धा

काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आज ओमान

पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको छ : अध्यक्ष शर्मा

काठमाडौं । नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले पत्रकारविरुद्ध भएका

‘मुन्दुम ट्रेल’का ‘गुराँस’ले तान्दै पर्यटक

खोटाङ । नेपाल सरकारले निर्धारण गरेको १०० वटा पर्यटकीय गन्तव्यमा

राष्ट्रपतिद्वारा विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ‘नेपाली सञ्चार जगत्लाई संविधानप्रदत्त अधिकारको

रास्वपाको सचिवालय बैठक आज, तीन मुख्य एजेन्डामा छलफल हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज