३१ बैशाख २०८३, बिहिबार | May 14, 2026

नयाँ वर्षका अवसरमा बिहानैदेखि पशुपतिनाथमा दर्शनार्थीको भीड



काठमाडौं । नयाँ वर्ष २०७९ का अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शनाथीको भीड लागेको छ । बिहानैदेखि दर्शका लागि आउने भक्तजनलाई विशेष व्यवस्था गरिएको छ ।

नयाँ वर्षमा पशुपतिनाथ दर्शन गर्ने भक्तजनको भीड बढ्ने भएकाले विशेष व्यवस्था गरिएको हो । नयाँ वर्षका अवसरमा बिहान ४ बजेदेखि नै पशुपतिका चार ढोका खुला गरिएको पशुपति क्षेत्र विकास कोष संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले जानकारी दिए ।

बिहानैदेखि पशुपति क्षेत्रमा भक्तजनको भीड बढेको उनले बताए। नयाँ वर्षका अवसरमा बिहीबार पशुपतिनाथ आउने भक्तजनलाई उत्तर, पश्चिम र दक्षिण मूल ढोकाबाट दर्शन गर्न जान सक्ने गरी व्यवस्था गरिएको छ । पछिल्ला केही वर्षदेखि नयाँ वर्षका अवसरमा पशुपतिनाथको दर्शनमा आउने भक्तजन बढ्न थालेपछि कोषले विशेष व्यवस्था गरेको हो ।

यस अवसरमा पश्चिम मूलढोकामा विशेष सजावट गरिएको छ । महानगरीय प्रहरी वृत्त गौशालासँग थप जनशक्ति लिएर शान्ति सुरक्षाको प्रबन्ध पनि मिलाइएको कोषका संस्कृति महाशाखा प्रमुख पराजुलीले बताए ।

नयाँ वर्षका अवसरमा विशेष पूजा गर्न चाहने भक्तजनका लागि पनि व्यवस्था मिलाइएको छ । विगत वर्षदेखि नै वैशाख १ गते पनि पशुपतिनाथ मन्दिरमा लाखौँ भक्तजनको भीड लाग्ने गरेको थियो । दर्शनार्थीको चापलाई हेरेर पशुपति क्षेत्रको सुरक्षा व्यवस्था मिलाइएको कोषले जनाएको छ ।

नयाँ वर्षका अवसरमा नेपालभरका सरकारी कार्यालय, सार्वजनिक संस्थान एवं शिक्षण संस्थामा सार्वजनिक बिदा दिइएको छ ।

काठमाडौंको उत्तरी भेगस्थित गोकर्णेश्वर र बूढानीलकण्ठ नगरपालिकाको सङ्गममा रहेको बागद्वार (बाग्मती नदीको उद्गमस्थल), टोखा नगरपालिकास्थित सपनतीर्थ, भक्तपुरमा मनाइने बिस्केट जात्रा, कीर्तिपुरस्थित चम्पादेवीमा लाग्ने जात्रालगायत देशभर लाग्ने मेलामा भक्तजनको भीड बढ्छ ।

प्रकाशित मिति : १ बैशाख २०७९, बिहिबार  ७ : ५० बजे

विद्युत् नियमन आयोगमा खुला प्रतिस्पर्धाबाट नियुक्ति गरिँदै

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् नियमन आयोगका

बन्दीपुर अस्पताललाई ४० लाख मूल्यका उपकरण प्रदान

तनहुँ। तनहुँको बन्दीपुर गाउँपालिका–४ स्थित बन्दीपुर अस्पताललाई विभिन्न संघसंस्था तथा

प्यारामाउण्ट बोर्डिङ स्कूलद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित

बुटवल । रुपन्देहीको तिलोत्तमा-१ नयाँमिलस्थित प्यारामाउण्ट बोर्डिङ स्कूलले माध्यमिक शिक्षा

डोजर आतंक र जबर्जस्ती उठिबासविरुद्ध माइतीघरमा सुकुम्बासीहरूको प्रदर्शन

काठमाडौं । भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीमाथि भइरहेको डोजर आतंक,

लगानी, कृषि र पर्यटन प्रवर्द्धनका लागि सांसदहरूको सुझाव

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले सरकारको आगामी आर्थिक वर्षको