११ बैशाख २०८१, मंगलबार | April 23, 2024

दलहरुले व्यक्त गरेका प्रतिबद्धताहरु व्यवहारमा देखिए मात्रै विश्वासको आधारशिला तयार हुने : प्रदेश प्रमुख शेरचन



बुटवल । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले राजनीतिक दलहरुबीच नयाँ वर्ष प्रारम्भसँगै नयाँ समन्वय र समझदारी कायम हुने अपेक्षा गरेका छन् । नयाँ वर्ष २०७९ को प्रारम्भको अवसरमा शुभकामना सेन्देश प्रकाशित गर्दै प्रदेश प्रमुख शेरचनले अग्रगामी निकासका लागि सबै राजनैतिक दलहरुका बीचमा दृढ संकल्प आवश्यक रहेको औंल्याएका छन् ।

उनले दलहरुले व्यक्त गरेका प्रतिबद्धताहरु व्यवहारमा देखिए मात्रै विश्वासको आधारशिला तयार हुने उल्लेख गर्दै आउँदो निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिले देशलाई नयाँ ढंग र अग्रगामी प्रगतिशिल सोचबाट जनतालाई अनुभूति हुनेगरी कार्यसम्पादन गर्ने विश्वास समेत व्यक्त गरेका छन् ।

‘संविधान कार्यन्वयन हुदै अघि बढ्दा संघीय शासन प्रणाली विधिवत रूपमा संस्थागत हुँदै जनताको मन मनमनमा बास बस्न सफल हुदै गैरहेको छ संविधानको मर्म, भावना अनुसार पुरा गर्नु पर्ने धेरै कामहरु बाँकी नै छन् ।’ सन्देशमा लेखिएको छ ।

शेरचनले नयाँ वर्षले नयाँ उमङ्ग, नयाँ उत्साह र हौसलाका साथ अघि बढ्न प्रेरणा प्रदान गरोस् भन्दै विभिन्न समुदायमा रहेका सम्पूर्ण नेपालीहरु बीच एक आपसमा भाइचारा धनिष्टता अभिवृद्धिको सुभेच्छा सहित उनोरोत्तर प्रगतिको कामना समेत गरेका छन् ।

प्रकाशित मिति : १ बैशाख २०७९, बिहिबार  ११ : २९ बजे

सांस्कृतिक र पर्यटन उपभोग प्रवर्द्धन गर्न चीनको पहल सुरु

गुआङझोउ । चीनमा सांस्कृति तथा पर्यटन मन्त्रालयले सांस्कृति तथा पर्यटन

६ नेपाली महिला क्रिकेट खेलाडी मलेसिया प्रस्थान

काठमाडौं । मलेसियाको सुपर वुमेन्स कप खेल्ने ६ नेपाली राष्ट्रिय

प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रीका प्रतिनिधिमण्डलको भेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग रुसको चेम्बर्स अफ

लोकतन्त्र दिवसको सान्दर्भिकता

काठमाडौं । आज १८ औँ लोकतन्त्र दिवस । तत्कालीन राजा

कतारका अमिरको स्वागतमा सिँगारियो काठमाडौं

काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको