२१ भदौ २०८३, आइतबार | September 6, 2026

दलहरुले व्यक्त गरेका प्रतिबद्धताहरु व्यवहारमा देखिए मात्रै विश्वासको आधारशिला तयार हुने : प्रदेश प्रमुख शेरचन



बुटवल । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले राजनीतिक दलहरुबीच नयाँ वर्ष प्रारम्भसँगै नयाँ समन्वय र समझदारी कायम हुने अपेक्षा गरेका छन् । नयाँ वर्ष २०७९ को प्रारम्भको अवसरमा शुभकामना सेन्देश प्रकाशित गर्दै प्रदेश प्रमुख शेरचनले अग्रगामी निकासका लागि सबै राजनैतिक दलहरुका बीचमा दृढ संकल्प आवश्यक रहेको औंल्याएका छन् ।

उनले दलहरुले व्यक्त गरेका प्रतिबद्धताहरु व्यवहारमा देखिए मात्रै विश्वासको आधारशिला तयार हुने उल्लेख गर्दै आउँदो निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिले देशलाई नयाँ ढंग र अग्रगामी प्रगतिशिल सोचबाट जनतालाई अनुभूति हुनेगरी कार्यसम्पादन गर्ने विश्वास समेत व्यक्त गरेका छन् ।

‘संविधान कार्यन्वयन हुदै अघि बढ्दा संघीय शासन प्रणाली विधिवत रूपमा संस्थागत हुँदै जनताको मन मनमनमा बास बस्न सफल हुदै गैरहेको छ संविधानको मर्म, भावना अनुसार पुरा गर्नु पर्ने धेरै कामहरु बाँकी नै छन् ।’ सन्देशमा लेखिएको छ ।

शेरचनले नयाँ वर्षले नयाँ उमङ्ग, नयाँ उत्साह र हौसलाका साथ अघि बढ्न प्रेरणा प्रदान गरोस् भन्दै विभिन्न समुदायमा रहेका सम्पूर्ण नेपालीहरु बीच एक आपसमा भाइचारा धनिष्टता अभिवृद्धिको सुभेच्छा सहित उनोरोत्तर प्रगतिको कामना समेत गरेका छन् ।

प्रकाशित मिति : १ बैशाख २०७९, बिहिबार  ११ : २९ बजे

परेवाभिरमा सडक मर्मत नसकिएपछि मलेखु-काठमाडौं सडक बन्द

काठमाडौं । मलेखु-काठमाडौं सडकखण्डअन्तर्गत धादिङको गजुरी गाउँपालिका-२ परेवाभिरमा सडक मर्मत

पहिरोले रोल्पाको सहिदमार्ग अवरुद्ध

रोल्पा । गएराती परेको अविरल वर्षाका कारण पहिरो खस्दा रोल्पाको

पहिरोले साँफे-मार्तडी सडकखण्ड अवरुद्ध

बाजुरा । बाजुरामा अविरल वर्षासँगै विभिन्न स्थानमा पहिरो खस्दा जिल्ला

हालान्डको गोलमा म्यानचेस्टर सिटीको लगातार तेस्रो जित

काठमाडौं । म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा आफ्नो विजयी यात्रा

भोटेकोशी बाढी : ६४ करोड बराबरका खानेपानी आयोजनामा क्षति

काठमाडौं । रसुवास्थित भोटेकोसी नदीमा भदौ १० गते आएको विनासकारी