७ श्रावण २०८३, बिहिबार | July 23, 2026

लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरणको प्रमुख कार्यकारी निर्देशकमा छबीराम पोखरेल



बुटवल । लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकारणको नयाँ प्रमुख कार्यकारी निर्देशकमा प्युठानका छबीराम पोखरेल नियुक्त भएका छन् । प्रमुख कार्यकारी निर्देशक अनन्तराज घिमिरेले राजीनामा दिएपछि रिक्त रहेको प्रमुख कार्यकारी निर्देशक (सीईओ)मा पोखरेल नियुक्त भएका हुन् ।

नव नियुक्त सीईओ पोखरेलले आजै एक कार्यक्रमकाबीच मुख्यमन्त्री कार्यालय बुटवलमा सपथ लिएका छन् । सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनी प्रदेश सरकारको पहिलो सपनाका रुपमा रहेको प्रदेशको राजधानीलाई निर्माणको योजनालाई पूर्णता दिन नव नियुक्त प्रमुख कार्यकारी निर्देहक पोख्रेललाई निर्देशन दिए । मुख्यमन्त्री केसीले प्रदेश राजधानी निर्माण प्रदेश सरकारको पहिलो योजना भएकाले त्यसलाई पूर्णता दिनका लागि पोखरेललाई निर्देशन दिए ।

उनले लुम्बिनी प्रदेशको निर्माणको क्षेत्रमा अन्य प्रदेश भन्दा अब्बल सावित हुन पोखरेललाई आग्रह गरे ।

नब नियुक्त प्रमुख कार्यकारी निर्देशक पोखरेल प्यूठान जिल्ला ओखरकोट निवासी हुन् ।

सपथ ग्रहणमा निर्देशक छवि पोख्रेलले लुम्बिनी प्रदेश सरकारले दिएको जिम्मेवारी पूरा गर्नका लागि तयार रहेको बताउँदै आफू पनि यही प्रदेशको भएकोले अर्को परिवर्तित सन्दर्भलाई सम्वोधन गर्नका लागि आफू तयार रहेको बताए ।

प्रकाशित मिति : २ बैशाख २०७९, शुक्रबार  १० : ०९ बजे

राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै हो : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीति र धर्मको

बुटवलबाट रिभल्वर र गोली सहित तुङसिङ मगर पक्राउ

बुटवल । बुटवलबाट रिभल्वर र गोली सहित एकजना पक्राउ परेका

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क