१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरणको प्रमुख कार्यकारी निर्देशकमा छबीराम पोखरेल



बुटवल । लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकारणको नयाँ प्रमुख कार्यकारी निर्देशकमा प्युठानका छबीराम पोखरेल नियुक्त भएका छन् । प्रमुख कार्यकारी निर्देशक अनन्तराज घिमिरेले राजीनामा दिएपछि रिक्त रहेको प्रमुख कार्यकारी निर्देशक (सीईओ)मा पोखरेल नियुक्त भएका हुन् ।

नव नियुक्त सीईओ पोखरेलले आजै एक कार्यक्रमकाबीच मुख्यमन्त्री कार्यालय बुटवलमा सपथ लिएका छन् । सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनी प्रदेश सरकारको पहिलो सपनाका रुपमा रहेको प्रदेशको राजधानीलाई निर्माणको योजनालाई पूर्णता दिन नव नियुक्त प्रमुख कार्यकारी निर्देहक पोख्रेललाई निर्देशन दिए । मुख्यमन्त्री केसीले प्रदेश राजधानी निर्माण प्रदेश सरकारको पहिलो योजना भएकाले त्यसलाई पूर्णता दिनका लागि पोखरेललाई निर्देशन दिए ।

उनले लुम्बिनी प्रदेशको निर्माणको क्षेत्रमा अन्य प्रदेश भन्दा अब्बल सावित हुन पोखरेललाई आग्रह गरे ।

नब नियुक्त प्रमुख कार्यकारी निर्देशक पोखरेल प्यूठान जिल्ला ओखरकोट निवासी हुन् ।

सपथ ग्रहणमा निर्देशक छवि पोख्रेलले लुम्बिनी प्रदेश सरकारले दिएको जिम्मेवारी पूरा गर्नका लागि तयार रहेको बताउँदै आफू पनि यही प्रदेशको भएकोले अर्को परिवर्तित सन्दर्भलाई सम्वोधन गर्नका लागि आफू तयार रहेको बताए ।

प्रकाशित मिति : २ बैशाख २०७९, शुक्रबार  १० : ०९ बजे

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत

हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजाडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम

बुटवलपछि बागमती प्रदेशका सरकारी कार्यालयमा पनि तीन भाषामा बडापत्र

हेटौंडा । बुटवल उपमहानगरपालिकाले आफ्नो कार्यालय परिषरमा ४ भाषामा बडापत्र

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग