७ आश्विन २०८३, बुधबार | September 23, 2026

नेपाल अडिटर्स एशोसियसन रुपन्देहीमा राम प्रसाद पौडेलको अध्यक्षतामा नयां नेतृत्व



बुटवल । नेपाल अडिटर्स एशोसियसन (अडान) रुपन्देहीको शनिबार बुटवलमा सम्पन्न अधिवेशनवाट नयां नेतृत्व चयन भएको छ । नेपाल अडिटर्स एशोसियसन रुपन्देहीको छैठौं अधिवेशबाट निर्बिरोध रुपमा राम प्रसाद पौडेलको नेतृत्वमा कार्य समिति चयन भएको हो ।

अडान रुपन्देहीकोे उपाध्यक्षमा कौशल कुमार कर्ण, सचिवमा कृष्ण प्रसाद न्यौपाने, सहसचिवमा अरुण कुमार कर्ण, कोषाध्यक्षमा विष्णु बस्याल चयन भएका छन् । निर्वाचन समितिका अनुसार संस्थाको सदस्यहरुमा मुकुन्दहरी ज्ञवाली,मधु प्रसाद खनाल,रामप्रसाद पाण्डे, लेखनाथ वस्याल,विष्णु प्रसाद पौडेल,दीपक न्यौपाने,लुम्वराज ज्ञवाली र चेत प्रसाद वस्याल निर्विरोध निर्वाचित भएका छन् ।

यस अघि अधिवेशनको उद्घाटन समारोहमा वोल्दै अडानका केन्द्रिय अध्यक्ष मोहनराज रेग्मीले मुलुकमा आर्थिक संकट आउन नदिन अडिटरहरु थप जिम्मेबार भएर काम गर्नुपर्नेमा जोड दिए । कर छली हुनबाट रोक्न अडिटरहरुको पनि महत्वपूर्ण भूमिका रहने भन्दै उहांले राज्यलाई आर्थिक संकटमा फस्न नदिन थप चनाखो भएर काम गर्नु पर्ने बताए ।

नेपाल अडिटर्स एशोसियसन रुपन्देहीका अध्यक्ष नारायण प्रसाद घिमिरेको अध्यक्षतामा सम्पन्न अधिवेशन उद्घघाटन कार्यक्रममा अडानका केन्द्रीय सचिव द्धय शंकर ज्ञवाली, साबित्रा शर्मा,बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष उज्वल कसजु,नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिब बिक्रम खड्का,रुपन्देही उद्योग संघका अध्यक्ष माधव पौडेल लगायतले आ आफ्नो भनाई राखेका थिए ।

प्रकाशित मिति : ३ बैशाख २०७९, शनिबार  १० : ०८ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११