२५ मंसिर २०८२, बिहिबार | December 11, 2025

नेपाल अडिटर्स एशोसियसन रुपन्देहीमा राम प्रसाद पौडेलको अध्यक्षतामा नयां नेतृत्व



बुटवल । नेपाल अडिटर्स एशोसियसन (अडान) रुपन्देहीको शनिबार बुटवलमा सम्पन्न अधिवेशनवाट नयां नेतृत्व चयन भएको छ । नेपाल अडिटर्स एशोसियसन रुपन्देहीको छैठौं अधिवेशबाट निर्बिरोध रुपमा राम प्रसाद पौडेलको नेतृत्वमा कार्य समिति चयन भएको हो ।

अडान रुपन्देहीकोे उपाध्यक्षमा कौशल कुमार कर्ण, सचिवमा कृष्ण प्रसाद न्यौपाने, सहसचिवमा अरुण कुमार कर्ण, कोषाध्यक्षमा विष्णु बस्याल चयन भएका छन् । निर्वाचन समितिका अनुसार संस्थाको सदस्यहरुमा मुकुन्दहरी ज्ञवाली,मधु प्रसाद खनाल,रामप्रसाद पाण्डे, लेखनाथ वस्याल,विष्णु प्रसाद पौडेल,दीपक न्यौपाने,लुम्वराज ज्ञवाली र चेत प्रसाद वस्याल निर्विरोध निर्वाचित भएका छन् ।

यस अघि अधिवेशनको उद्घाटन समारोहमा वोल्दै अडानका केन्द्रिय अध्यक्ष मोहनराज रेग्मीले मुलुकमा आर्थिक संकट आउन नदिन अडिटरहरु थप जिम्मेबार भएर काम गर्नुपर्नेमा जोड दिए । कर छली हुनबाट रोक्न अडिटरहरुको पनि महत्वपूर्ण भूमिका रहने भन्दै उहांले राज्यलाई आर्थिक संकटमा फस्न नदिन थप चनाखो भएर काम गर्नु पर्ने बताए ।

नेपाल अडिटर्स एशोसियसन रुपन्देहीका अध्यक्ष नारायण प्रसाद घिमिरेको अध्यक्षतामा सम्पन्न अधिवेशन उद्घघाटन कार्यक्रममा अडानका केन्द्रीय सचिव द्धय शंकर ज्ञवाली, साबित्रा शर्मा,बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष उज्वल कसजु,नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिब बिक्रम खड्का,रुपन्देही उद्योग संघका अध्यक्ष माधव पौडेल लगायतले आ आफ्नो भनाई राखेका थिए ।

प्रकाशित मिति : ३ बैशाख २०७९, शनिबार  १० : ०८ बजे

प्रधानमन्त्रीसमक्ष जेनजी आन्दोलनको क्षतिसम्बन्धी प्रतिवेदन पेस

काठमाडौँ । जेनजी आन्दोलनमा भएको क्षतिको मूल्याङ्कन तथा सार्वजनिक संरचनाको

चुनाव हुन्छ, सही र सक्षम नेतृत्व छनोट गरौं : मन्त्री घिसिङ

वीरगन्ज । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात

मैनाबगर अटोभिलेजमा बृहत सरसफाई

बुटवल । बुटवल अटो इञ्जिनियरिङ एशोसिएसन, रुपन्देही लुम्बिनीले अटो भिलेज

नेपाली कम्युनिष्ट पार्टीप्रति जनताको आकर्षण देखियो : माधव नेपाल

नेपालगन्ज । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले जेनजी पुस्ताको

खजुरामा भोलिबाट रनिङ शिल्ड : आठौं खजुरा मेयरकप रनिङ शिल्ड प्रतियोगिताको तयारी पुरा

खजुरा । बाँकेको खजुरामा आयोजना हुने आठौं अन्तर बिद्यालय मेयर