२० मंसिर २०८२, शनिबार | December 6, 2025

तिलोत्तमाकी अमृता खत्री टण्डन रहस्यमय मृत्यु प्रकरण : पोष्टमार्टम गरियो, आफन्तले शव बुझेनन्



बुटवल । रुपन्देहीको तिलोत्तमामा भएको रहस्यमय मृत्युका सम्बन्धमा रुपन्देही प्रशासनले निष्पक्ष छानविन गर्ने लिखित प्रतिबद्धता जनाएपछि मृतकको शवको आज पोष्टमार्टम भएको छ ।

जिल्ला प्रशासन कार्यालयमा शनिबार भएको सहमति अनुसार प्रहरीको केन्द्रिय अनुसन्धान टोलिबाट घटनाको अनुसन्धान गर्ने, पोष्टमार्टमको फोरेन्सी ल्याब एक्पटको रहोबरमा पीडित पक्षले चाहेको हस्पिटलमा गराउन प्रशासनले सहयोग गर्ने र शन्तिपूर्ण आन्दोलनमाथि भएको प्रहरी दमनको पनि छानविन हुने सहमति पछि मृतकको माइती पक्ष पोष्टमार्टमका लागि सहमत भएका थिए । सहमति अनुसार मृतक २९ वर्षीया अमृता क्षेत्री टण्डनको पोष्टमार्टम भएपनि शव बुझेर दाहसंस्कार भने भएको छैन ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी, जिल्ला प्रहरी कार्यालयका प्रमुख रबिन्द्र रेग्मी, प्रवक्ता डीएसपी नवरत्न पौडेलको उपस्थिती रहेको बैठकमा पीडितहरुसँग सहमति भएको थियो ।

गत चैत्र ३० गते तिलोत्तमा नगरपालिका–२ ड्राइभर टोल बस्ने २९ वर्षीया अमृता क्षेत्री टण्डनको रहस्यमय मृत्यु भएको थियो । सोही दिन साँझ झण्डै ८ः३० बजे माइतबाट सकुशल घर पुगेकी अमृताको १० बजे लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको थियो ।

माइती पक्षले हाँसीखुसी ८ः३० बजे माइतबाट घर जानु, घर पुगेको १ घण्टामा बाँच्न चाहेको भन्दै गुहार मागेर दाईलाई मेसेज पठाउनु, घटनास्थलमा दुर्लभ मानिने प्रकारको विषादीको बट्टा फेला पर्नु, विष सेवन गरेको भनिएको कोठाको ढोका खुल्लै रहनु तथा सो कोठामा विष सेवन गरेपछि हुन सक्ने कुनै गतिबिधि भएको नदेखिनु (बिस्तरा/कपडा साविक अवस्थामा रहेको) बाट अनिताको हत्या भएको बताउँदै आएका छन् ।

अमृताको हत्या भएको भन्दै माइती पक्षले प्रदर्शन गरेपछि प्रहरीले अनुसन्धानका लागि भन्दै श्रीमान् प्रेम टण्डनलाई पक्राउ गरेको छ ।

घटनाका सम्बन्धमा आज माइती पक्षले आफ्नै घर पत्रकार सम्मेलन गरेर निष्पक्ष अनुसन्धानका लागि सम्बन्धित निकायलाई आग्रह गरेका छन् । पत्रकार सम्मेलनमा बोल्दै मृतक अमृताका दाजु पुष्प खत्रीले मुद्दा दर्ता नै नगरि २ दिन सम्म बुटवलका नायव प्रहरी उपरिक्षक ठगबहादुर केसीले मुद्दा दर्ता भइसकेको भनेर आफुहरुलाई गुमराहमा राखेको बताए । उनले कर्तव्य ज्यान अन्तर्गत मुद्दा दर्ता गर्न डीएसपीले आनाकानी गर्नु र न्याय माग्न प्रहरी कार्यालय पुगेका आफन्त र शुभचिन्तकहरुलाई डीएसपीकै आदेश र संलग्नतामा अमानविय ढंगबाट दमन गरिएबाट पनि डीएसपीबाट निष्पक्ष अनुसन्धान हुनेमा आशंका रहेको बताए ।

बैशाख २ गते ईलाका प्रहरी कार्यालय बुटवल पुगेका मृतकका माइती र आफन्तहरुलाई प्रहरीले निर्ममतापूर्वक कुटपिट गरेको अमृताका माइती पक्षले बताउँदै आएका छन् । सोही घटनामा रिपोर्टीङ गर्न पुगेका कम्तीमा ५ जना पत्रकारहरु पनि बुटवल प्रहरीको शिकार बनेका थिए । पत्रकारमाथि हातपात र दुर्व्यवहार समेत भएको थियो । दुर्व्यवहारको कार्यमा इलाका प्रहरी कार्यालयका बरिष्ठ सई बाबुराम घिमिरे आफै सक्रिय बनेका थिए ।

उता माइती पक्षको आरोपको खण्डन गर्दै बुटवल प्रहरी प्रमुख डीएसपी ठग बहादुर केसीले भने पीडितहरुको मुद्दा तुरुन्त दर्ता गरि अनुसन्धान सुरु गरिएको बताएका छन् । पत्रकार महासंघको टोलिसंग कुरा गर्दै डीएसपी केसीले अनुसन्धानमा कुनै कसर बाँकी नराखिने बताएका थिए ।

अमृताको हत्या भएको भन्दै बिहीबार बिहानैदेखि प्रदर्शन भइरहेको छ । माइती पक्षले कर्तव्य ज्यानमा जाहेरी दिएको प्हरीले जनाएको छ । अमृता र प्रेम टण्डनको पाँच वर्ष अघि विवाह भएको थियो ।

पोस्टमार्टम रिपोर्ट आइसकेपछि मात्रै विष सेवनबाट मृत्यु भएको हो वा के भएको हो भन्नेबारेमा थाहा हुने प्रहरीको भनाई छ ।

घरपरिवारले योजना बनाएर हत्या गरेको अमृताका दाजु पुष्प खत्रीले आरोप लगाएका छन् । खत्रीका अनुसार पहिलादेखि नै घरायसी कामको विषयलाई लिएर घर पक्षले अमृतालाई धम्की दिने, झगडा गर्ने र हातपात गर्ने गरेका थिए ।

बुधबार राती ९ः३० बजे आफूलाई सामाजिक सञ्जालमार्फत दाइ मलाई बचाउनुहोस्, मलाई यहाँबाट निकाल्न सहयोग गर्नुहोस् भन्दै एसएमएस गरेको समेत खत्रीले बताएका छन् ।

 

प्रकाशित मिति : ४ बैशाख २०७९, आइतबार  ४ : २२ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल