१७ जेष्ठ २०८३, आइतबार | May 31, 2026

स्थानीय तहको निर्वाचनमा किसानका हक हितको ग्यारेन्टी गर : किसान महासंघ



बुटवल । अखिल नेपाल किसान महासंघ लुम्बिनी प्रदेश सम्वन्वय कमिटीले अन्तर्राष्ट्रिय किसान संघर्ष दिवसका अवसरमा अन्तक्र्रिया कार्यक्रम गरेको छ ।

अन्तक्र्रियाबाट महासंघले ४० बुँदे घोषणापत्र जारी गरेको छ । महासंघले जारी गरेको घोषणापत्रमा अवको स्थानीय तहको निर्वाचनमा किसानका हक हितको ग्यारेन्टी गर्न माग गरिएको छ । त्यस्तै सबै स्थानीय सरकार किसानमैत्री हुनुपर्नेमा पनि महासंघले जोड दिएको छ ।

अन्तक्र्रियामा बोल्ने वक्ताहरुले आफ्नो हक अधिकारको रक्षाका लागि सबै किसानहरु एकतावद्ध हुनुपर्नेमा जोड दिंदै किसानमुखी नीति तथा कार्यक्रम ल्याउन र कृषि उत्पादनमा विशेष भूमिका खेल्न तीनै तहका सरकारसँग माग गरेका थिए ।

कार्यक्रममा महासंघका स्थायी समिति सदस्य कविराम अर्याल, केन्द्रीय सदस्य महेन्द्र गिरी, पुरन गुरुङ, लक्ष्मण भण्डारी, एमाले केन्द्रीय सल्लाहकार बुद्धिसागर भट्टराई, किसान महासंघका प्रदेश सदस्य चोलाकान्त भट्टराई, रुपन्देही जिल्ला अध्यक्ष कृष्ण पन्थी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

प्रकाशित मिति : ४ बैशाख २०७९, आइतबार  ९ : ५१ बजे

म्याग्दी र मुस्ताङका पर्यटकीयस्थल तथा होटल भरिभराउ

म्याग्दी । म्याग्दी र मुस्ताङका पर्यटकीयस्थल तथा होटलहरु भरिभराउ भएका

उद्योगमा आगलागीबाट पाँच करोडको क्षति

बाँके । नेपालगन्ज उपमहानगरपालिका–२१ फुल्टेक्रास्थित नयाँबस्तीमा अवस्थित एभरेष्ट प्लाइ ढोका

एमाले सङ्गठन विभागको राष्ट्रिय कार्यशाला तय

काठमाडौँ । नेकपा (एमाले)ले सदस्यता नवीकरण तथा अभिप्रेरणाका लागि यही

हराएको डेढ महिनापछि जङ्गलमा शव भेटियो

म्याग्दी । डेढ महिनाअघि घरबाटै हराएको म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका

ढुक्क हुनुस्, देश बनाउँछौँ : महामन्त्री शाह

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले पार्टी