८ श्रावण २०८३, शुक्रबार | July 24, 2026

भारतको भ्रमणमा निस्कनुअघि बेलायती प्रधानमन्त्री भन्छन् – रुससँगको वार्ता असफल हुन सक्छ



लन्डन । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले रुससँग युद्ध अन्त्यका लागि भएका वार्ता असफल हुन सक्ने बताएका छन् । भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गर्नुअघि सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री जोनसनले रुसले राजधानी कीभमा ताजा हमला गर्न सक्ने बताए ।

भारत भ्रमणका क्रममा युक्रेन युद्धबारे भारतको तटस्थता अन्त्य गर्न भारतीय समकक्षीलाई प्रोत्साहन गर्ने उनले बताए । तर, भारतले रुससँगको लामो समयदेखिको सम्बन्ध तोड्ने सम्भावनालाई भने उनले अस्वीकार गरे ।

प्रधानमन्त्री नरेन्द्र मोदी र जोनसनबीच शुक्रबार नयाँ दिल्लीमा भेट वार्ता हुँदै छ । भेटका क्रममा जोनसनले आफ्ना भारतीय समकक्षीलाई रुस–युक्रन युद्धमा युक्रेनको पक्षमा उभिन मोदीलाई मनाउन प्रयास गर्ने अनुमान गरिएको छ ।

‘मैले युक्रेनको बारेमा नरेन्द्र मोदीसँग कुरा गरिसकेको छु र वास्तवमा भारतीयहरूले बुचामा भएको घटनाको निन्दा गरेका छन’ उनले भने ।

प्रधानमन्त्री जोनसनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग व्यवहार गर्नु भनेको गोहीसँग ‘बार्गेनिङ’ गर्नुजस्तै भएको बताए । रुसले पछिल्लो समय आफ्नो सम्पूर्ण बल पूर्वी युक्रेनमा केन्द्रित गरेको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पूर्वी युक्रेनबाट रूसी सेनालाई हटाएको आफूले हेर्न चाहेको उनले बताए ।

सन् २०१४ मा रुसमा बिलय भएको क्रिमिया प्रायद्वीपबारे जेलेन्स्कीले छलफल गर्न सक्ने उनले बताए । युक्रेनी जनताले आफ्नो भविष्यको निर्णय आफै गर्ने उनको भनाई थियो । ‘युक्रेनबिना युक्रेनको बारेमा केही निर्णय गर्नु हुँदैन् ’, उनले थपे ।

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहिबार  ८ : ३७ बजे

प्रधानमन्त्री शाहले आज निर्यात प्रवर्द्धनबारे व्यवसायीसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज मुलुकका प्रमुख निर्यातजन्य उद्योगव्यवसायसँग

मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा

जनकपुरधाम । मधेस प्रदेशमा हालसम्म ७८ दशमलव ५९ प्रतिशत रोपाइँ

सांसद बब्लु गुप्ताले बाइकमा उभिएर भिडियो बनाउँदै गरेको तस्बिर बन्यो भाइरल

काठमाडौं । सरकारले ट्राफिक नियम कार्यान्वयनलाई कडाइका साथ अघि बढाइरहेका

नेपाली बजारमा बेलायतको नथिङ ब्राण्डको नया स्मार्टफोन

बुटवल । बेलायतस्थित उपभोक्ता प्रविधि ब्रान्ड नथिङको नयाँ स्मार्टफोन ‘नथिङ

२६ दिनपछि सोनम वाङचुकले तोडे आमरण अनशन

काठमाडौं । भारतमा परीक्षाका प्रश्नपत्र चुहावटविरुद्ध आन्दोलनरत भारतीय अभियन्ता सोनम