६ श्रावण २०८३, बुधबार | July 22, 2026

डिशहोम फाइबरनेट सेवा दाङको तुलसीपुर विस्तार



काठमाडौं । दाङको तुलसीपुरमा डिशहोम फाइबरनेट सेवा सुरु भएको छ ।

समग्र नेपालमा पुग्ने लक्ष्य लिएको डिशहोमले पछिल्लो पटक तुलसीपुरमा फाइवरनेट सेवाको सुरुवात गरेको हो । डिशहोमले छिटै नेपालका अन्य स्थानमा पनि सेवा विस्तार गर्ने जनाएको छ ।

तुलसीपुरबासीलाई उच्च गतिको इन्टरनेट सेवा प्रदान गर्ने उद्देश्यले सेवा विस्तार गरिएको डिशहोम फाइवर नेटले जनाएको छ ।

ग्राहककले चाहेको उच्चगतिको इन्टरनेटको मागलाई मध्यनजर गरी डिशहोमले सन् २०२० बाट फाइवरनेट सुरु गरेको थियो । प्रत्येक व्यवसाय र बासिन्दालाई छिटो, किफायती र भरपर्दो सेवा प्रदान गर्न प्रतिबद्ध रहेको डिशहोमले जनाएको छ ।

यसअघि काठमाडौं, भक्तपुर, ललितपुर, हेटौडा, ईनरुवा, ईटहरी, बर्दिवास, बुटवल, विरगंज ,धरान, जनकपूर, ढल्केबर, बनेपा, धुलिखेल, पनौती, पोखरा, विर्तामोड, दमक, मिर्चैया, बिराटनगर, नेपालगञ्ज, धनगढीमा, सुर्खेतसहित अन्य मुख्य स्थानमा डिशहोम फाइबरनेटले आफ्नो सेवा विस्तार गरिसकेकोे छ ।

डिशहोम फाइबरनेटका साथमा उत्कृष्ट इन्टरनेट कनेक्सनको अनुभव सहित, डिशहोमका ग्राहकहरुका लागी डिश टिभीको निःशुल्क सदस्यता, आकर्षक छुटहरु, निःशुल्क डिशहोम GO App र XVOD जस्ता विभिन्न सुविधाहरु उपलब्ध छन् । फाइबरनेटका योजनाहरु १० एमबीपीएस देखि ६०० एमबीपीएस सम्म उपलब्ध छन् ।

डिशहोम फाइबरनेटको बारेमा थप जानकारी चाहिएमा ९८०१५४४००० मा संम्पर्क गरी जानकारी प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

 

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहिबार  ३ : ५२ बजे

बुटवलबाट रिभल्वर र गोली सहित तुङसिङ मगर पक्राउ

बुटवल । बुटवलबाट रिभल्वर र गोली सहित एकजना पक्राउ परेका

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क

सौर्य ऊर्जा व्यवस्थापन र विद्युत् भण्डारणका नयाँ प्रविधि सार्वजनिक

काठमाडौं । नेपालमा सौर्य ऊर्जा उत्पादन विस्तारसँगै विद्युत् प्रणालीलाई स्थिर,