२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

देश असफल राष्ट्रको बाटोमा गयो : अध्यक्ष लिङ्देल



बुटवल । राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देलले देश अत्यन्त्यै गम्भीर अवस्थामा पुगेको दाबी गरेका छन ।

बिहिबार राप्रपा बुटवल उपमहानगर समितिको आयोजना भएको आम सभामा सम्बोधन गर्दै उनले सामान्य आखाले हेरेभन्दा देशको अवस्था फरक हुँदै गएको बताए । देश ईतिहासकै अफ्ट्यारो अवस्तामा छ । उनले भने । अहिले देशका ३ वटा अंगहरुका बिचमा नियन्त्रण र सन्तुलनको अवस्था विग्रिएको छ । ब्यवस्थापिका, न्यायपालिका र कार्यपालिका बिचमा कुनै समन्वय छैन, नियन्त्रण र सन्तुलनको अवस्था छैन ।

अदालतले अदालतको काम गर्न सकिरहेको छैन। संसद संसदजस्तो छैन । सरकार सरकार जस्तो छैन । देश एक प्रकारले असफल राष्ट्रको तर्फ गैरहेको उनले बताए । कृषिप्रदान देशमा किसानलाई आवश्यक मलबिउ नै उपलब्ध हुदैन । उपलब्ध भएपछि उब्जनी भएसंगै त्यसको बजार पाउन नसक्ने अवस्था रहदैन । छोराहरु अरबियनको नोकर बनाउन पठाउनुपर्ने बाध्यता रहेको छ ।

यो परिस्थितिको मुख्य कारण खोज्न जरुरी छ। अहिले देशको सम्पुर्ण क्षेत्र अखुश रहेको उनले बताए । काग्रेस, एमाले, माओवादीका सरकारमा तर मारिरहेका माथिल्लो तहका बाहेक त्यो भित्रका ईमान्दार कार्यकर्ता पनि बेखुश रहेको उनले बताए । २५ वर्षदेखि नेपाली जनतालाई लोकतन्त्र, गणतन्त्र अनेकतन्त्रको नाममा झुक्याएर आफेनो चक्रब्युह भित्रकैद गर्ने यी केही सिमित राजनैतिक पार र नेताहरुबाट मुक्त गर्नका लागि एउटा योजना र संकलेपसिहत आफुहरु आएको बताए । राजाको पालामा २९ अर्बको रिन संघसयता कार्यान्वयन गर्दा अघिल्लो स्थानिय निर्वाचनसम्म ८ खरब रिन पुगेको थियो ।

पछिल्लो ५ वर्षमा यो रिन १७ खरब रिन पुगेको उनले दाबी गरे । हामीले यो नियति बेहोर्नुपर्ने अवस्था किन आयो । ठिक पार्टी र ठिक मान्छे छनौट गर्न नसक्दा अहिले यस्तो परिस्थिति आएको उनले बताए । राप्रपा अब देशको समस्या समाधान गर्ने पार्टीको रुपमा अगाडि आएको उनले दाबी गरे । योजना र संकल्पका साथ आफुहरु आएको उनले बताए । ती नेताहरुको विकल्प भएको बताए ।

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहिबार  ५ : २१ बजे

एक सय रुपैयाँको नोटमा सरकारले नेपालको नयाँ नक्सा छाप्ने

काठमाडौं । सरकारले चलनचल्तीमा रहेको एक सय रुपैयाँ दरको नोटको

झापामा १२को परीक्षा दिएर फर्किदै गरेकी छात्रामाथि गोली प्रहार

झापा। झापाको दमक स्थित हिमालय माध्यमिक विद्यालयमा परीक्षा दिएर फर्कदै

महानगरपालिकाको श्रम बैंकबाट चार सयभन्दा बढीले पाए रोजगारी

काठमाडौं । काठमाडौं महानगरपालिकाले खोलेको श्रम बैंकमार्फत चार सय ३०

नेपालमा साइबर अपराधसम्बन्धी कानुन र अभ्यास

आजको डिजिटल युगमा डिजिटल माध्यमको प्रयोगसँगै साइबर अपराध समेतको बढ्दो

बाँकेमा ११ महिनामा १२ सुत्केरीको पर्याप्त उपचार नपाएर मृत्यु

नेपालगन्ज । मेडिकल हवकारुपमा दाबी गरिएको बाँकेमा चालु आर्थिक वर्षमा