२९ बैशाख २०८३, मंगलबार | May 13, 2026

देश असफल राष्ट्रको बाटोमा गयो : अध्यक्ष लिङ्देल



बुटवल । राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देलले देश अत्यन्त्यै गम्भीर अवस्थामा पुगेको दाबी गरेका छन ।

बिहिबार राप्रपा बुटवल उपमहानगर समितिको आयोजना भएको आम सभामा सम्बोधन गर्दै उनले सामान्य आखाले हेरेभन्दा देशको अवस्था फरक हुँदै गएको बताए । देश ईतिहासकै अफ्ट्यारो अवस्तामा छ । उनले भने । अहिले देशका ३ वटा अंगहरुका बिचमा नियन्त्रण र सन्तुलनको अवस्था विग्रिएको छ । ब्यवस्थापिका, न्यायपालिका र कार्यपालिका बिचमा कुनै समन्वय छैन, नियन्त्रण र सन्तुलनको अवस्था छैन ।

अदालतले अदालतको काम गर्न सकिरहेको छैन। संसद संसदजस्तो छैन । सरकार सरकार जस्तो छैन । देश एक प्रकारले असफल राष्ट्रको तर्फ गैरहेको उनले बताए । कृषिप्रदान देशमा किसानलाई आवश्यक मलबिउ नै उपलब्ध हुदैन । उपलब्ध भएपछि उब्जनी भएसंगै त्यसको बजार पाउन नसक्ने अवस्था रहदैन । छोराहरु अरबियनको नोकर बनाउन पठाउनुपर्ने बाध्यता रहेको छ ।

यो परिस्थितिको मुख्य कारण खोज्न जरुरी छ। अहिले देशको सम्पुर्ण क्षेत्र अखुश रहेको उनले बताए । काग्रेस, एमाले, माओवादीका सरकारमा तर मारिरहेका माथिल्लो तहका बाहेक त्यो भित्रका ईमान्दार कार्यकर्ता पनि बेखुश रहेको उनले बताए । २५ वर्षदेखि नेपाली जनतालाई लोकतन्त्र, गणतन्त्र अनेकतन्त्रको नाममा झुक्याएर आफेनो चक्रब्युह भित्रकैद गर्ने यी केही सिमित राजनैतिक पार र नेताहरुबाट मुक्त गर्नका लागि एउटा योजना र संकलेपसिहत आफुहरु आएको बताए । राजाको पालामा २९ अर्बको रिन संघसयता कार्यान्वयन गर्दा अघिल्लो स्थानिय निर्वाचनसम्म ८ खरब रिन पुगेको थियो ।

पछिल्लो ५ वर्षमा यो रिन १७ खरब रिन पुगेको उनले दाबी गरे । हामीले यो नियति बेहोर्नुपर्ने अवस्था किन आयो । ठिक पार्टी र ठिक मान्छे छनौट गर्न नसक्दा अहिले यस्तो परिस्थिति आएको उनले बताए । राप्रपा अब देशको समस्या समाधान गर्ने पार्टीको रुपमा अगाडि आएको उनले दाबी गरे । योजना र संकल्पका साथ आफुहरु आएको उनले बताए । ती नेताहरुको विकल्प भएको बताए ।

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहिबार  ५ : २१ बजे

एसइई ग्रेडवृद्धि परीक्षा असार १ गतेदेखि

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को माध्यमिक शिक्षा

बुटवलबाट कछुवा सहित एकजना पक्राउ

बुटवल । रुपन्देही प्रहरीले बुटवलबाट जिउँदो कछुवा सहित एक जनालाई

ज्ञानोदय नमुना माबिबाट ८३.९३ प्रतिशत विद्यार्थी ग्रेडेड, झरनाले ल्याइन ४ जिपिए

खजुरा । बाँकेको सामुदायिक विद्यालय मध्यको अब्बल मानिएको खजुराको ज्ञानोदय

दाङमा करेन्ट लागेर बस चालकको मृत्यु

दाङ । करेन्ट लागेर आज यहाँ बस चालकको मृत्यु भएको

पशुपति क्षेत्र विकास कोषले एक महिनाभित्र गौशाला धर्मशाला आफैँले सञ्चालन गर्ने

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले एक महिनाभित्र पशुपति गौशाला