२७ असार २०८३, शनिबार | July 11, 2026

सत्तारुढ गठबन्धन – ‘अदालतले जडान गरिदिएको थोत्रा टालाहरुको पुतली’ : ओली



काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनलाई ‘अदालतले जडान गरिदिएको थोत्रा टालाहरुको पुतली’को संज्ञा दिएका छन् ।

अध्यक्ष ओलीले सत्तारुढ गठबन्धन आफैंलाई भने एमाले सम्झिएर निद्रामा पनि ऐठन हुने गरेको बताए । शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा पार्टीको स्थानीय तह निर्वाचन घोषणा पत्र सार्वजनिक गर्दै ओलीले बेहाल अवस्थामा रहेको सत्तारुढ गठबन्धनले आफनो पार्टीलाई डराएको भन्न नमिल्ने बताए ।

अध्यक्ष ओलीले समृद्ध नेपालः सुःखी नेपालीको राष्ट्रिय संकल्पलाई पूरा गर्न पनि एमालेलाई आगामी तीन वटै तहको निर्वाचनमा विजयी गराउनुको विकल्प नरहेको पनि पटकपटक दोहो¥याए । पाँच दलीय गठबन्धनले देशलाई बिगारेको उल्लेख गर्दै उनले त्यसलाई सही बाटोमा ल्याउन एमालेले आगामी सबै तहको निर्वाचनमा जित्नैपर्ने जिकिर गरे । अध्यक्ष ओलीले भने, ‘स्थानीय तहमा एमालेलाई बहुमत दिन सकेनौं भने देशले दूभाग्र्य व्यहोर्नुपर्नेछ । म सम्पूर्ण दाजुभाई, दिदीबहिनीहरुलाई आग्रह गर्न चाहन्छ–देशको भविष्य, तपाई हाम्रो सन्ततिको भविष्य, तपाई हाम्रो भावी सन्ततिको भविष्य, कुनै संकीर्ण बहकावमा अन्धकारमा पर्न नदिऊ । देशमा छाउनुपर्छ सूर्य । आउनुपर्छ एमाले । अव देशमा छाउने सूर्य हो । आउने एमाले हो । तवमात्रै समृद्ध नेपाल सुःखी नेपाली बन्छ । यसकारण म आग्रह गर्न चाहन्छु–समृद्ध नेपाल बनाऔं । सुःखी नेपाली बनाऔं । त्यस दिशामा अहिलेबाटै हिँडनौं भने एकैचोटी त्यो टप्किएर आउँदैन । त्यो मौसम जसरी बर्सिने असिना होईन । पाँच दलले विगारैकै छ नि । अर्थतन्त्र के हुँदैछ ? हामीले घोषणा गरेका बाटा खारेज हुँदैछन । अहिलेको गठबन्धन एमालेसँग तर्सिएर यसलाई रातभरी ऐठन हुन्छ झस्केको झस्क्यै गर्छ । यो गठबन्धन । राति सुत्यो कि एमाले झस्यांग सम्झन्छ । झल्यास्स हुन्छ । किनभने यो एमालेसँग डराउँछ । एक जनाले आफैले पनि विश्वास नगरेको कुरो बोलेछन अस्तिको दिन बोल्या हो क्यारा । गठबन्धन देखेर थरथर काम्छ एमाले भनेर बोलेछन । भेटेभने मलाई तिनलाई सोध्न मन छ–यो तिमी आफैलाई पत्यार छ भनेर सोध्न मन छ मलाई । गठबन्धनजस्तो त्यो, कठैबर, यस्तो बेहाल अदालतले जडान गरिदिएको थोत्रा टालाहरुको पुतली, यस्तोसँग एमाले डराउँछ रे । जेहोस यसमा बहस गरिरहन जरुरी छैन । हामीले चुनावलाई देशलाई एमालेमय बनाउनु छ । देशलाई एमालेमय बनाउनु छ । त्यसका निम्ति म सबै दाजुभाई तथा दिदीबहिनीहरुलाई आग्रह गर्न हार्दिक आग्रह गर्न चाहन्छु । पहिलो चुनाव जित्ने र अनि देशलाई नै बनाउने अभियानमा आत्मविश्वासका साथ अगाडि बढौं ।’

अध्यक्ष ओलीले आगामी सबै तहको निर्वाचन जित्ने र मुलुकलाई आत्मविश्वासका साथ बनाउने अभियानमा सहभागी हुन पनि सबै देशबासीलाई आह्वान गरे । अ‍ोलीले आफनो पार्टीले घोषणा गरेको स्थानीय तह निर्वाचनको घोषणा पत्रको सारतत्व समृद्ध नेपालः सुःखी नेपाली बनाउनु रहेको बताए । त्यसका लागि आफनो पार्टीको नेतृत्वमा तीन वटै तहमा सरकार बनाउनै पर्ने अध्यक्ष ओलीको भनाई थियो । उनले भने, ‘अब म के भन्न चाहन्छु भने–हाम्रो घोषणा पत्रको सारतत्व हामी, समृद्ध नेपालः सुःखी नेपाली बनाउन चाहन्छौं । त्यसका निम्ति सरकार नबनाईकन हुँदैन । हामी सरकार बनाउन चाहन्छौं आगामी निर्वाचनबाट । आगामी आम निर्वाचनबाट केन्द्रिय सरकार बनाउन चाहन्छौं हामी । प्रदेश सरकार बनाउन चाहन्छौं हामी प्रादेशिक निर्वाचनबाट । त्यसैगरेर स्थानीय तहको निर्वाचनबाट स्थानीय सरकार हामी बनाउन चाहन्छौं । घोषणा पत्रका मसिना कुरामा धेरै गईरहनु पर्ने आवश्यक्ता पनि छैन । नेकपा एमाले के हो भन्ने कुरा अव हामीले घोषणा पत्रमा, जेष्ठ नागरिकहरुसँग गएर हामी वृद्धभत्ता दिन्छौं, वृद्धभत्ता दिने पार्टी हो, यो भत्ता चार हजार पु¥याउने पार्टी हो भनिरहनुपर्ला ? सबैलाई थाहा भईसकेको छ । यो देशका बुढाबुढी अशक्त भएका, अपांगता भएका, व्यक्तिहरु सम्झने पार्टी यही हो । सेना, प्रहरी, कर्मचारी सम्झने पार्टी यही हो । उनीहरुको सेवा, सुविधा बढाउने पार्टी यही हो । मधेशमा नागरिकताको समस्या छ । नागरिकताको समस्या समाधान गर्न नदिँदा संसद नचलेको बेला पनि हामीले नागरिकताको समस्या संविधान बमोजिम नागरिकका सन्तानले नागरिकता पाउनुपर्छ भनेर व्यवस्था ग¥यौ । फेरी पनि त्यसलाई एमालेले कार्यान्वयन गरेर छोडछ । मधेश विरोधि भन्ने हल्ला चलाइयो एमाले । आज एमालेको लहर मधेशका छ । किनभने एमालेनै हो, जसले सुनकोशी मरिन डाईभर्सन पहरो फोरेर, सरुङ खनेर, नहर बनाएर पहाडको खोलाको पानी पहरो छेडेर लगेर तराईको एक लाख ८५ हजार विगाहा जमिन सिंचाई गर्छ, यही पार्टी हो । हुलाकी पैदल बाटो आज त्यसलाई मेची महाकाली हुलाकी राजमार्ग बनाउने नेकपा एमाले हो । पूर्वपश्चिम राजमार्ग, मदन भण्डारी राजमार्ग बनाउने नेकपा एमाले हो । पूर्वपश्चिम राजमार्ग, ४ लेन, ६ लेनको बनाउने, ८ लेनको बनाउने नेकपा एमाले हो । जनकपुरमा रेल ल्याउने, फेरी रेलको लिग बिछयाउने, रेल किनेर ल्याउने, रेल कुदाउने एमाले, एमालेले ठिक्क पारेको हुनाले एमाले सरकारबाट हटेपनि उदघाटन त गर्न पायो । एमालेले तयार गरिदिएको हुनाले । एमालेनै हो नि त । तराईमा जनता आवास कार्यक्रम अन्तरतग गरिवलाई घर बनाएर वितरण गर्न एमालेनै हो । फुसका छाना भने जस्तापाता दिने एमालेनै हो । र गरिवलाई घर दिने अभियानलाई अभियानको रुपमा चलाउने यत्रो भूकम्पले ध्वस्त पारेको नेपाललाई भयो ।’

अध्यक्ष ओलीले चैत्र महिना भित्रै मेलम्चीको पानी काठमाडौं खसाल्छु भनेपनि सरकारले नसकेको आरोप लगाए । उनले यो सरकारले बर्खामा बाढि पसेपछि मात्रै पानी होईन भल काठमाडौंमा टनेलमार्फत खसाल्ने बताए । अध्यक्ष ओलीले भने, ‘चैत्र भित्रमा मेलम्चीको खानी खसाल्छु भनेको होईन । मेलम्चीको पानी खस्दैन । त्यतिबेला यिनीहरुले पानी ल्याउछन, जतिबेला त्यहाँ भल पस्छ । मेलम्चीको टनेलबाट बाढी पसाउँछन, पानी होइन । भल पसेपछि फेरी बनाउँछु भन्छ र फेरी बनाउनका लागि २÷३ वर्ष लगाउँछन । २÷४ अर्व खान्छन । देशको अर्थतन्त्र आज ध्वस्त हुँदैछ । देशलाई ७ प्रतिशतभन्दा बढि आर्थिक वृद्धिदर कायम गराउने एमाले थियो । आज एमालेले स्थानीय तह जितेन भने भोली प्रादेशिक र केन्द्रीय सरकार जितेर पनि स्थानीय स्थानीय तह मार्फत नै धेरै कुराहरु गर्नुपर्ने हुन्छ ।’

ओलीले आफनो पार्टी सानो भएको भए सिध्याई दिने अवस्था रहेको पनि बताए ।

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार  ८ : ०२ बजे

बझाङ जीप दुर्घटनामा तीन जनाको मृत्यु, सात जना गम्भीर घाइते

महेन्द्रनगर । बझाङमा आज अपराह्न भएको जीप दुर्घटनामा तीन जनाको

गण्डकी प्रदेशमा पूर्वाधार विकासका कामले गति लिएको छ : मुख्यमन्त्री पाण्डे

गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशभित्र पूर्वाधार विकासका

पहिरोले सालझण्डी-ढोरपाटन सडक अवरुद्ध, यात्रु अलपत्र

बागलुङ । पहिरोले राष्ट्रिय गौरवको आयोजना सालझण्डी–ढोरपाटन सडक अवरुद्ध भएको

गणेश नेपालीलाई न्याय माग्दै वीर अस्पतालअगाडि प्रदर्शन, सरकारविरुद्ध नाराबाजी

काठमाडौं । आत्मदाहको प्रयासपछि उपचारका क्रममा ज्यान गुमाएका मुगुका गणेश

पशुपतिमा साउने सोमबारको तयारीः सफाइ अभियान सुरु

काठमाडौं । साउन महिनामा आराध्यदेव भगवान् पशुपतिनाथको पूजाआराधना एवं दर्शनका