२७ असार २०८३, शनिबार | July 11, 2026

उमेदवार टुंगो लगाउन कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै



काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्ने भएको छ । बिहान ११ बजेका लागि बैठक बोलाइएको छ ।

“नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक २०७९ वैशाख ९ गते शुक्रबारका दिन दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा बस्ने भनिएकोमा २०७९ वैशाख १० गते बिहान ११ बजे बस्ने भएको छ,” पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा लेखिएको छ ।

महानगर पालिकामा स्थानीय तह निर्वाचनका लागि उमेदवार टुंगो लगाउने भन्दै बिहीबार विज्ञप्ति जारी गर्दै कांग्रेसले शुक्रबारका लागि बैठक बोलाएको थियो ।

तर, गठबन्धन गर्ने पार्टीको निर्णयप्रति स्थानीय तहमा नेता कार्यकर्ताहरू असन्तुष्ट छन् । शुक्रबार बैठक स्थगन गरेर शीर्ष नेताहरूको प्रधानमन्त्री सरकारी निवास बालुबाटारमा अनौपचारिक बैठक बसेको थियो ।

प्रकाशित मिति : १० बैशाख २०७९, शनिबार  ८ : १७ बजे

बझाङ जीप दुर्घटनामा तीन जनाको मृत्यु, सात जना गम्भीर घाइते

महेन्द्रनगर । बझाङमा आज अपराह्न भएको जीप दुर्घटनामा तीन जनाको

गण्डकी प्रदेशमा पूर्वाधार विकासका कामले गति लिएको छ : मुख्यमन्त्री पाण्डे

गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशभित्र पूर्वाधार विकासका

पहिरोले सालझण्डी-ढोरपाटन सडक अवरुद्ध, यात्रु अलपत्र

बागलुङ । पहिरोले राष्ट्रिय गौरवको आयोजना सालझण्डी–ढोरपाटन सडक अवरुद्ध भएको

गणेश नेपालीलाई न्याय माग्दै वीर अस्पतालअगाडि प्रदर्शन, सरकारविरुद्ध नाराबाजी

काठमाडौं । आत्मदाहको प्रयासपछि उपचारका क्रममा ज्यान गुमाएका मुगुका गणेश

पशुपतिमा साउने सोमबारको तयारीः सफाइ अभियान सुरु

काठमाडौं । साउन महिनामा आराध्यदेव भगवान् पशुपतिनाथको पूजाआराधना एवं दर्शनका