१ चैत्र २०८२, आइतबार | March 16, 2026

भुषाल बनिन् उत्कृष्ठ नगर प्रमुख दायित्व उद्यमी



बुटवल । तिलोत्तमा नगरपालिकामा जारी दायित्व परियोजनाको ‘नगर प्रमुख दायित्व ग्रामिण उद्यम दृत्रिबरण कार्यक्रम’ बाट उत्कृष्ट उद्यमीको रुपमा मञ्जु भुषाल पुरस्कृत भएकी छिन् ।

१ सय २५ जना उद्यमीहरुबाट उत्कृष्ठता स्थान प्राप्त गर्दै नव दुर्गा फुड ईण्डष्ट्रिज उद्योगका सञ्चालक भुषाल १ लाख नगद रुपैयाँ सहित पुरस्कृत भएकी हुन । दायित्वको आयोजनामा शनिवार भएको अन्तीम प्रतिष्पर्धामा निर्णयकको निर्णय, भोट तथा कार्यर्यजना, सर्घष लगायतका विषयबस्तुबाट उनी उत्कृष्ठ ठहरिएर पुरस्कार जित्न सफल भएकी हुन ।

ड्राई चाउमिन, सफ्ट चाउमीनको साथै चिकेन, भेज फ्रोजन मःम समेत उत्पादन गर्दै आएकी भुषाल आफै उद्योगी र मजदुरको रुपमा काम गर्दै आएकी थिईन । उनले सुरुवात गरेको उद्योग महिलाहरुको लागि समेत नमुनाउद्योग भएको कारण पनि उनलाई पुरस्कृत गरिएको हो ।

दायित्व परियोजना प्रदेश संयोजक कमल थापाका अनुसार १ सय २५ जना बाट १० जना उत्कृष्ठ उद्यमी छनौट गरिएको थियो । जसको प्रस्तुतीकरण, कार्ययोजना सहित भावि उदेश्य, हाल गर्दै आएको कार्य बारेमा आ आफ्नो प्रस्तुती दिएका थिए । सोही अनुसार विषय विशेषज्ञको मुल्यांकन बाट भुषाल उत्कृष्ठ चयन भएकी हुन ।

उनी संगै उत्कृष्ठ १० मा कर्णमायापुन, चक्र बहादुर खत्री, कमला कुवर केसी, गणेश पोखरेल, गुरु प्रसाद पंगेनी, दिलिप कुमार पुन, केशरी त्रामु मगर, सुमित्रा थापा दगामी, कर्ण बहादुर विक छनौटमा परेका थिए ।

उत्कृष्ठ सहित उत्कृष्ठ १०मा पर्न सफल भएका उद्यमीहरुलाई नगर पालिका प्रमुख बासुदेव घिमिरे , नगरपालिका प्रमुख प्रशासकीय अधिकृत जिवन ज्ञवाली सहितका अतिथिहरुले पुरस्कार प्रदान गरेका हुन ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल, वडा अध्यक्ष श्याम चौधरी १४ का, कृषि विकास बैंक मंगलबार बरिष्ठ अधिकृत प्रमुख उषा राना, सामुहिक बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत देवराज ज्ञवाली, न्यु ईन्भाईरमेन्ट स्कुलका प्राचार्य मधुसुन ज्ञवाली लगायतको आतिथ्यता रहेको थियो ।

नेपाल बैंक लिमिटेड प्रदेश कार्यालय बुटवलका प्रमुख लेखनाथ भुषाल, कार्यक्रममा तिलोत्तमा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत, जीवन ज्ञवाली, सेटिन का प्रशिक्षण डम्बर पुन, तिलोत्तमा नगरपालिका कृषि शाखा प्रमुख डोमलाल भुषाल, एआईविआई सिनिर प्रोग्राम अफिस मुकुन्द्र ज्ञवाली लागयतले निर्णयकको भुमिका निर्वाह गरेका थिए ।

प्रकाशित मिति : १० बैशाख २०७९, शनिबार  १० : ४८ बजे

पेट्रोलियम पदार्थमा भारी मूल्य वृद्धि

काठमाडौँ । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थमा भारी मूल्य

त्रिविमा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि तहको अध्यापन हुने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि

यी हुन् ११० समानुपातिक साँसदमा सिफारिस उम्मेदवार (सूचीसहित)

काठमाडौं। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा थ्रेसहोल्ड पुर्याएका

महामन्त्री पौडेलद्वारा कांग्रेस सुधारका लागि सुझाव माग

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी सुधारका लागि

७० लाख घूस लिएको आरोपमा राजस्व अनुसन्धान विभागका पूर्वमहानिर्देशकविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन