१७ श्रावण २०८३, आइतबार | August 2, 2026

कांग्रेसबाट उम्मेदवार छनोटको अधिकार देउवालाई



काठमाडौं । स्थानीय तह निर्वाचनका लागि उम्मेदरवार छनोट गर्न नेपाली कांग्रेसले संसदीय समिति गठन गरेको छ । पार्टी कार्यालय सानेपामा आज बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले १३ पदाधिकारी र वरिष्ठ नेता रामचन्द्र पौडेल सदस्य रहेको समिति गठन गरेको हो ।

उम्मेदवार छनोटको लागि समिति गठन गरे पनि उम्मेदवार छनोटको अधिकार भने पार्टी सभापति शेरबहादुर देउवालाई दिएको छ । मनोनयन दर्ता प्रक्रिया सुरु भएपछि कांग्रेसले ६ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिकाको प्रमुख, उप्रमुख छनोटका लागि समिति गठन गरेको हो ।

गठबन्धनको भागबन्डाअनुसार काठमाडौं, ललितपुर र विराटनगर पालिकाको मेयर कांग्रेसको भागमा परेको छ । त्यस्तै वीरगञ्ज, भरतपुर र पोखरा महानगरपालिकामा कांग्रेसले उपमेयर पाएको छ ।

उपमहानगरको हकमा कांग्रेसले धरान, इटहरी, कलैया, बुटवल, तुल्सीपुर, नेपालगञ्ज र धनगढीमा मेयरको सिट पाएको छ । जितपुर सिमरा, घोराही र हेटौंडामा उपमेयर कांग्रेसको भागमा परेको छ ।

यी सबै सिटमा कांग्रेसले अहिलेसम्म उम्मेदवार टुंगो लगाउन सकेको छैन् । त्यसका लागि कांग्रेसले समिति गठन गरेको हो । समिति गठन गरे पनि उम्मेदवार छनोटको अधिकार भने देउवालाई दिइएको हो ।

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार  ६ : ०८ बजे

बढ्यो पेट्रोल, डिजल र मट्टीतेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको

अभिभावक लक्षित स्वास्थ्य शिविर र रक्तदान, मन्त्रीले गरे रक्तदान

खजुरा । बाँकेको खजुरा स्थित अरुणोदय माध्यामिक विद्यालयले अभिभावक र

सन्तानेश्वर महादेव मन्दिर : धार्मिक पर्यटनको गन्तव्य

नेपालगन्ज । बाँकेको सन्तानेश्वर महादेव मन्दिर धार्मिक पर्यटनको गन्तव्यका रुपमा

प्रहरीको नियन्त्रणमा रहेका कर्मा समूहले यसरी मच्चाउथ्यो लुटपाट

काठमाडौँ । गत असार १३ गते बिहान करिब ४ः०० बजे

क्यान्सर अस्पतालका भौतिक पूर्वाधार निर्माणमा प्रदेश सरकारको सहकार्य हुनेछ : मन्त्री खत्री

नेपालगन्ज । लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री रत्न खत्रीले