२३ भदौ २०८३, मंगलबार | September 8, 2026

बुटवल उपमहानगरमा कांग्रेसबाट खेलराज पाण्डेको उम्मेदवारी दर्ता (फोटो फिचर)



बुटवल । स्थानीयतह निर्वाचन अन्तर्गत बुटवल उपमहानगरपालिकाको नगर प्रमुखमा नेपाली कांग्रेसका नगर सभापति खेलराज पाण्डेको मनोनयन दर्ता भएको छ । ध्वजापटाका र भण्डा सहित निर्वाचन कार्यालय पुगेरे सभापति पाण्डेले नगर प्रमुख पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।

बुटवल स्थित बिपी चोकमा भेला भएका कांग्रेस कार्यकर्ताहरु अमरपथ, हाटबजारलाईन हुँदै नगरपालिकमा स्थापना गरिएको निर्वाचन कार्यालय पुगेको थियो । कांग्रेसको जुलुसमा उम्मेदवारी दर्ता गराउनेहरुको भिड बढ्दै गएको छ । मनोनयन दर्ता गर्ने अन्तिम दिन गठबन्धन तथा नेकपा एमाले सहित अन्य दलहरु र स्वतन्त्र उम्मेदवारहरु निर्वाचन कार्यालय पुग्ने क्रम जारी छ ।

आज बिहानै राप्रपाका तर्फबाट सञ्चार उद्देमी मृगेन्द्र शेरचनले मेयर पदमा उम्मेदवारी दर्ता गराएका छन् भने राप्रपाबाटै भगवती पाण्डे(सैजु)को उपमेयरमा उम्मेदवारी परेको छ ।

मध्यदिउँसो नेपाली कांग्रेसको तर्फबाट खेलराज पोण्डे र एकीकृत समाजवादीबाट चिनबहादुर गुरुङ उम्मेदवारी दर्ता गर्न निर्वाचन कार्यालय पुगेका छन् । बुटवलको बिपी चोकमा भेला भएका कांग्रेस कार्यकर्ताहरुको जुलुस सहित पाण्डे उम्मेदवारी दर्ता गर्न निर्वाचन कार्यालय पुगेका थिए ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  १ : २२ बजे

पोखरा–दुबई उडानलाई दिगो बनाउने प्रतिबद्धता

पाखरा । पोखरेली पर्यटन व्यवसायीले आगामी असोज ७ देखि सुरु

चीनले चौँथोपटक पठायो रसुवा बाढीपिडीतका लागि राहत सामग्री

काठमाडौँ। चीनले रसुवा बाढीपिडीतका लागि चौँथोपटक राहत सामग्री पठाएको छ

ठमेलमा शङ्कास्पद गतिविधि गरेको अभियोगमा दश बङ्गलादेशी पक्राउ

काठमाडौ । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा

भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला, पाँच हजार ३२६ जना सम्पर्कविहीन

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी

पहिरोमा छात्र पुनको मृत्यु

तुलसीपुर । राप्ती लोकमार्गअन्तर्गत दाङ–सल्यान सडकखण्डको अरिङ्गाले फेदीको पहिरोमा परी