८ बैशाख २०८१, शनिबार | April 20, 2024

पार्टी भित्रको विवाद समाधान भएको एमाले रुपन्देहीको दाबी, ढिलागरि सैनामैनामा एमालेको उम्मेदवारी दर्ता



बुटवल । स्थानीयतह निर्वाचनमा उम्मेदवारी चयनका विषयमा सैनामैना नगरपालिकामा उत्पन्न विवाद समाधान भएको एमाले रुपन्देहीले दाबी गरेको छ । विवाद समाधानसँगै मनोनयनको अन्तिम दिन ढिला गरि एमाले सैनामैनामा मनोनयन दर्ता भएको छ । असन्तुष्ट कार्यकर्ताहरुले पुरानै अनुहार नदोहोर्याउन आग्रह गरेपनि पार्टी सचिवालयको निर्णय अनुसार नै सैनामैनाको प्रमुखका लागि चित्र बहादुर कार्की र उप(प्रमुखका लागि विना राना मगरले उम्मेदवारी दर्ता गराएकी छिन् ।

उम्मेवार बन्नका लागि टिकटका आकंक्षि एमाले प्रदेश कमिटी सदस्य खुसीराम चौधरी, नरबहादुर घर्ती लगायतका नेताहरुले पार्टीको निर्णयप्रति असन्तुष्टि जनाउँदै आइतबार राजिनामा दिएका थिए । सैनामैनाको प्रमुखमा कार्की र उप(प्रमुखमा रानालाई पुनः दोहोर्याएको भन्दै उनीहरुले असन्तुष्टि व्यक्त गरेका थिए । स्थानीय नेताहरुको असन्तुष्टि मिलाउन एमाले उपाध्यक्ष विष्णु पौडेल आफै रुपन्देही आएका थिए । पौडेलकै प्रयासमा विवाद समाधान भएको बताइएको छ ।

नेताहरु बीच दिनभरको छलफलपछि सहमति जुटेको बताइएपनि उम्मेदवारी दर्ता पछि पनि नेताहरुले छलफल जारी राखेका छन् । विवादका विषयमा बुझ्ने प्रयास गर्दा एमाले रुपन्देही अध्यक्ष तेजेन्द्र केसीले मिटिङमै रहेको जनाए ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  ७ : ५९ बजे

सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा

सिंगापुर । एभरेष्ट किचन किंग मसलाको नाम त तपाईले सुन्नु

पेरिसस्थित इरानको दूतावासमा विस्फोटको धम्की दिने पक्राउ

पेरिस । फ्रान्सेली प्रहरीले पेरिसस्थित इरानको दूतावासमा बम विस्फोट गराउने

आँबुखैरेनी अस्पताललाई डायलाइसिस मेसिन प्रदान

तनहुँ । आँबुखैरेनी गाउँपालिकाद्वारा सञ्चालित आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस

‘पुजार सार्की’को ‘दर्शन गरेँ’ सार्वजनिक

काठमाडौं । जेठ १० गते रिलिज हुने चलचित्र ‘पुजार सार्की’को

चिनिया आइफोनमा व्हाट्सएप र थ्रेड्स प्रतिबन्ध

बेइजिङ । एप्पलले चीनमा रहेको आफ्नो एप्पल एप स्टोरबाट मेटाका