२७ असार २०८३, शनिबार | July 12, 2026

पार्टी भित्रको विवाद समाधान भएको एमाले रुपन्देहीको दाबी, ढिलागरि सैनामैनामा एमालेको उम्मेदवारी दर्ता



बुटवल । स्थानीयतह निर्वाचनमा उम्मेदवारी चयनका विषयमा सैनामैना नगरपालिकामा उत्पन्न विवाद समाधान भएको एमाले रुपन्देहीले दाबी गरेको छ । विवाद समाधानसँगै मनोनयनको अन्तिम दिन ढिला गरि एमाले सैनामैनामा मनोनयन दर्ता भएको छ । असन्तुष्ट कार्यकर्ताहरुले पुरानै अनुहार नदोहोर्याउन आग्रह गरेपनि पार्टी सचिवालयको निर्णय अनुसार नै सैनामैनाको प्रमुखका लागि चित्र बहादुर कार्की र उप(प्रमुखका लागि विना राना मगरले उम्मेदवारी दर्ता गराएकी छिन् ।

उम्मेवार बन्नका लागि टिकटका आकंक्षि एमाले प्रदेश कमिटी सदस्य खुसीराम चौधरी, नरबहादुर घर्ती लगायतका नेताहरुले पार्टीको निर्णयप्रति असन्तुष्टि जनाउँदै आइतबार राजिनामा दिएका थिए । सैनामैनाको प्रमुखमा कार्की र उप(प्रमुखमा रानालाई पुनः दोहोर्याएको भन्दै उनीहरुले असन्तुष्टि व्यक्त गरेका थिए । स्थानीय नेताहरुको असन्तुष्टि मिलाउन एमाले उपाध्यक्ष विष्णु पौडेल आफै रुपन्देही आएका थिए । पौडेलकै प्रयासमा विवाद समाधान भएको बताइएको छ ।

नेताहरु बीच दिनभरको छलफलपछि सहमति जुटेको बताइएपनि उम्मेदवारी दर्ता पछि पनि नेताहरुले छलफल जारी राखेका छन् । विवादका विषयमा बुझ्ने प्रयास गर्दा एमाले रुपन्देही अध्यक्ष तेजेन्द्र केसीले मिटिङमै रहेको जनाए ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  ७ : ५९ बजे

कर्णालीमा खसेको गाडीका बेपत्ता चारमध्ये तीन जनाको शव भेटियो

कर्णाली । यही असार १८ गते सुर्खेतबाट कालिकोटतर्फ गइरहेको सवारीसाधन

बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतको मृत्यु

काठमाडौँ । बुद्धनगरका ४५ वर्षीय अश्विन रावतको जलबाट मृत्यु भएको

खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

नेपालगन्ज । नेपालगन्जका खेलाडी तथा खेलकर्मीहरुले खेलकुदले समाजलाई जोड्नुका साथै

बझाङ जीप दुर्घटनामा तीन जनाको मृत्यु, सात जना गम्भीर घाइते

महेन्द्रनगर । बझाङमा आज अपराह्न भएको जीप दुर्घटनामा तीन जनाको

गण्डकी प्रदेशमा पूर्वाधार विकासका कामले गति लिएको छ : मुख्यमन्त्री पाण्डे

गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशभित्र पूर्वाधार विकासका