२३ चैत्र २०८२, सोमबार | April 6, 2026

डोल्पाबाट खुल्यो एकीकृत समाजवादीको खाता, २ पालिका अध्यक्ष र १ उपाध्यक्ष निर्विरोध



सुर्खेत । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको मनोनयन कै दिन नेकपा (एकिकृत समाजवादी)ले खाता खोलेको छ ।

समाजवादीका तर्फबाट उम्मेदवारी दिएका दुई गाउँपालिका अध्यक्ष र एक गाउँपालिका उपाध्यक्ष निर्विरोध निर्वाचित भएका हुन् ।

डोल्पा जिल्लाका काइके गाउँपालिका अध्यक्ष अङ्गत राना, छार्का ताम्सोङ गाउपालिका अध्यक्ष सेनाङ गुरुङ निर्विरोध भएको एकीकृत समाजवादीका उप महासचिव प्रकाश ज्वालाले बताए ।

त्यस्तै, डोल्पो बुद्ध गाउँपालिका उपाध्यक्ष पनि निर्विरोध निर्वाचित भएका छन् । एकीकृत समाजवादीको तङमा आङछु उपाध्यक्ष पदमा निर्विरोध निर्वाचित भएको बर्तमान अध्यक्ष तम्बा गुरुङले जानकारी दिए ।

त्यस्तै, एकिकृत समाजवादीका तर्फबाट उम्मेदवार बनेका ३ जना वडा अध्यक्षहरु पनि निर्विरोध भएका उनले बताए ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  १० : ०६ बजे

रुपन्देही उद्योग संघमा खाद्यान्न र कृषि तथा डेरी वस्तुगत समिति गठन

बुटवल । रुपन्देही उद्योग संघमा सोमबार दुई वटा बस्तुगत समिति

कार्यालय समय पालना भए/नभएबारे छड्के गर्न सतर्कता केन्द्रले खटायो टोली

काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले सरकारको शासकीय सुधारसम्बन्धी योजनाअनुसार सार्वजनिक

लुम्बिनी प्रदेशसभा बैठक : सरकारप्रति प्रश्न र सुझाव

लुम्बिनी । लुम्बिनी प्रदेशसभाको आज बसेको बैठकमा प्रदेशसभा सदस्यहरूले समसामयिक

गौतमबुद्ध विमानस्थल सञ्चालनका लागि भारतसँग कुरा गर्न प्रधानमन्त्रीलाई वर्षमानको आग्रह

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले

तटस्थ, निष्पक्ष र समन्वयकारी भूमिका निर्वाह गर्ने सभामुख अर्यालको प्रतिबद्धता

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले सङ्ख्याका आधारमा कुनै भेदभाव