१० श्रावण २०८३, आइतबार | July 26, 2026

म्याद सकिएका जनप्रतिनिधिले महशुल नबुझाउँदा काटियो तुलसीपुर उपमहानगरको विद्युत लाइन



दाङ । दाङको तुलसीपुर उपमहानगरपालिकाको कार्यालयमा विद्युत बिहीन भएको छ । कार्यालयको विदुत काटिएको २४ घण्टासम्म पनि विद्युत लाइन जोडने प्रयास भएको छैन ।

नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रले १ लाख ६० हजार विद्युत बक्यौता उपमहानगरपालिकाले नतिरेको भन्दै कार्यालयमा जडान गरिएको विद्युत लाइन काटेको जनाएको छ । विद्युत महशुल बुझाउन पटक–पटक ताकेता गर्दापनि कुनै जवाफ नआएपछि मंगलबार विहान उपमहानगरको कार्यालयको विद्यतु लाइन काटिएको विद्युत प्राधिकरण वितरण केन्द्र तुलसीपुरले जनाएको छ ।

सडक बत्ती र कार्यालयको गरी विद्युत बक्यौता रकम करीब एक करोड पुग्दा पनि उपमहानगरले विद्युत महशुल बुझाउन कुनै चासो नदेखाएपछि विद्युत लाइन काट्नुपरेको वितरण केन्दका प्रमुख ज्ञान बहादुर फर्सालले बताए ।

विद्युत महशुल रकम बुझाउन पटक–पटक पत्राचार गर्दा पनि उपमहानगरले कुनै प्रतिकृया नजनाएकाले बाध्य भएर विद्युत लाइन काट्नुपरेको उनले बताए ।

‘हामीले पटक–पटक विद्युत महसुल बुझाउन पत्र मार्फत ताकेता गर्दै आएका थियौँ, उनले भने–‘उपमहानगरले कुनै पनि प्रतिकृया नदिएपछि बाध्य भएर विद्युत लाइन काट्नु परेको हो । समयमै महशुल बुझाइदिएको भए हामीलाई लाइन काट्नु पर्ने थिएन’ उनले भने, उपमहानगरपालिकाले कार्यालयको जरीवाना सहित एकलाख ६० हजार बक्यौता छ । जुन ४ महिना देखिको हो ।ु

सडकबत्तीको पनि जरीवाना सहित झण्डै एक करोड हुन थालेको फर्सालको भनाइ छ । पालिकाले गत साउन महिनामा सडकबत्तिको ३० लाख महशुल बुझाएको भएपनि अझै ९० लाख बुझाउन बाँकी रहेको उनले बताए ।

केहि समय पहिले सरकारी हिसाव मिलान हुँदा विद्युत रकम बुझ्न बुझाउन सजिलो भए पनि अहिले पुनः प्राधिकरणलाई सरकारी निकायहरुबाट विद्युत महशुल उठाउन गाह्रो भएको उनले बताए ।

समयमै विद्युत महशुल नबुझाउँदा बक्यौता रकम बढ्दै जाने र विद्युत लाइन काट्नुपर्ने अवस्था आउने उनी बताउँछन् ।

विद्युत लाइन काटिसेपछि पनि विद्युत रकम बुझाउने र विद्युत जडान गुर्नपर्यो भनि पालिकाका कुनैपनि कर्मचारी सम्पर्कमा नआएको उनले बताए ।

‘लाइन काटिएपछि किन काटियो, कर्मचारीमाथी अन्याय भयो भनेर एकपटक फोन गर्नुभयो , त्यसपछि कुनैपनि फोन सम्पर्क भएको छैन, उनले भने– ‘जबसम्म तिनुैपर्ने रकम तिर्नुहुँदैन तव सम्म लाइन जोडिने सम्भावपना छैन । कार्यालयको ४ महिना देखिको विद्युत महशुल बुझाउन बाँकी रहेको भएपनि सडकबत्तीको भने वर्षौदेखिको महशुल बुझाउन बाँकी रहेको उनले बताए ।

तुलसीपुर उपमहानगरपालिकाले भने नियमित रुपमा विद्युत महशुल र्तिदै आएको बताएको छ । जनप्रतिनिधि नभएको मौका पारेर कर्मचारीलाई सास्ती दिने उदेश्यले नियतबस विद्युत लाइन काटिएको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेलले बताए ।

एक पटकपनि नसोधेर जानकारी विनानै विद्युत लाइन काटिनु नियतवस देखिएको उनले बताए । उनले विद्युत महशुल बुझाउने, विद्युत लाईन काट्ने कटाउने विषयमा नीतिगत निर्णय गर्न जरुरी रहेको बताए । सडकबत्तीको विद्युत महशुल रकम उठाउने रणनीतिले कार्यालयको विद्युत लाइन काटिएको उनी बताउँछन् ।

केहि समय पहिले पनि बसपार्कको विद्युत लाइन काट्दा तुलसीपुर बसर्पाकको तिर्नुपर्ने ८ लाख रकम मध्ये ३ लाख ठेकेदारले र ५ लाख नगरपालिकाले बुझाएको उनले बताए । पालिकाको पनि मिटर बक्स अनुसार बुझाउँदै आएको उनले बताए ।

प्रकाशित मिति : १३ बैशाख २०७९, मंगलबार  ९ : ४८ बजे

एमबीएस प्रश्नपत्र लीक प्रकरण : सिआइबीले सार्वजनिक गर्‍यो मुख्य आरोपीको नाम

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० ले त्रिभुवन

पूर्वाधारमा प्राविधिक त्रुटि र जल प्रवाह क्षेत्र अतिक्रमणले माइतीघर डुबान

काठमाडौं । माइतीघर मण्डला क्षेत्रमा वर्षायाममा डुबानको मुख्य कारण त्यस

आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक, ‘नेपाल’ सम्मान

काठमाडौं । नबिल बैंकले ‘बेस्ट कमर्सियल बैंक ९नेपाल०’ अवार्ड प्राप्त

जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउनुपर्छ : उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले जलसम्पदालाई

सरकारी वार्ता टोली र डा. गोविन्द केसी पक्षबीच वार्ता

धनगढी । कैलालीको धनगढीमा अनशनरत डा गोविन्द केसी पक्षसँग नेपाल