१८ बैशाख २०८१, मंगलबार | April 30, 2024

विश्व महिला बक्सिङ्ग च्याम्पियनसिपमा सहभागी खेलाडीहरुलाई बन्द प्रशिक्षण



काठमाडौं । अन्तर्राष्ट्रिय बक्सिङ्ग संघ (आईबीए) विश्व महिला बक्सिङ च्याम्पियनसिप (२०२२ मा सहभागी हुने नेपालको उत्कृष्ट ४ जना खेलाडीहरुलाई संघले बन्द प्रशिक्षणमा बोलाएकने छ ।

यही मे ६ देखि २१ तारिख, २०२२ मा टर्कीको ईस्टानबुल शहरमा हुन गईरहेको १२ औं विश्व महिला बक्सिङ्ग च्याम्पियनसिपमा नेपालले ४८ केजी तौल समुहमा सुस्मन तामाङ, ५२ केजी तौल समुहमा १३ औं साग स्वर्णधारी मिनु गुरुङ, ५७ केजी तौल समुहमा चन्द्रकला थापा र ६० केजी तौल समुहमा १३ औं साग स्वर्ण रजत पदक विजेता पुनम रावलले प्रतिस्पर्धा गर्नेछन् ।

सहभागी ४ जना खेलाडीहरु भर्खरै थाईल्यान्ड ओपन अन्तर्राष्ट्रिय बक्सिङ्ग च्याम्पियनसिप खेलेर आएका खेलाडी हुन् । जस मध्ये पुनम रावलले काँस्य पदक जितेकी थिईन । रावलले जितेको पदक १२ वर्ष पक्ष नेपालले जितेको पदक हो । १२ वर्ष पहिला हालका आईबा थ्री स्टार कोच दिपक महर्जनले काँस्य पदक जितेका थिए ।

अन्तिम तयारी स्वरुप बक्सिङका मुख्य प्रशिक्षक प्रकाश थापामगर र आईबा थ्री स्टार कोच दिपक महर्जनले सातदोबाटो स्थित बक्सिङ्ग प्रशिक्षण हलमा बिहान र बेलुका प्रशिक्षण दिईरहेका छन् । सो प्रतियोगितामा ८३ देशका ३९२ जना खेलाडीहरुले नाम दर्ता गराईसकेका छन् । प्रतियोगितामा प्रथम, दितिया र तृतीय हुनेले क्रमशः एकलाख, पचासहजार र पच्चीस हजार अमेरिकी डलर नगद पुरस्कार पाउने छ ।

आसन्न १९ औं एशियन गेम्सको तयारीको लागि यो प्रतियोगिता अति महत्त्वपूर्ण हुने विश्वास गरिएको छ ।

प्रकाशित मिति : १४ बैशाख २०७९, बुधबार  ७ : ३५ बजे

‘मनसरा’ को पहिलो गीत ‘झ्यालको’ सार्वजनिक

काठमाडौं । उपेन्द्र सुब्बाको दोस्रो निर्देशकीय फिल्म ‘मनसरा’को पहिलो गीत

दुना टपरी उद्योगबाट आत्मनिर्भर हुने प्रयास

बागलुङ । बागलुङ नगरपालिका-३ की ७७ वर्षीया भद्रकली पुनलाई दुई

नेपालको समुहमा रहेको दक्षिण अफ्रिकाले घोषणा गर्यो टी-२० विश्वकप खेल्ने खेलाडी

काठमाडौं । दक्षिण अफ्रिकाले आगामी टी-२० विश्वकपको टिम घोषणा गरेको

ओलीको अँगालोमा सुहाङ !

इलाम । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई पक्राउ

काठमाडौं । वैदेशिक रोजगारका लागि स्लोभाकिया र संयुक्त राज्य अमेरिका