१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

संघीय सरकारले बाटो नबनाए उपमहानगरकै बजेटबाट बुटवलको बाटो बन्छ : एमाले उम्मेदवार बाबुराम भट्टराई (भिडीयोसहित)



बुटवल । स्थानीयतह निर्वाचनमा बुटवल उपमहानगरालिकाका लागि एमालेबाट मेयर पदका उम्मेदवार बावुराम भट्टराईले असार सम्ममा संघीय सरकारले बुटवल चौराहा देखि चिडियाखोला सम्मको बाटो नबनाए उपमहानगरकै बजेटबाट बाटो बनाएर देखाइदिने बताएका छन् । खबरकुरा अनलाईन टिभिसँग करा गर्दै मेयरका प्रत्यासी भट्टराईले संघीय सरकारको जिम्मेवारी अन्तर्गत पर्ने बाटो भएपनि बाटो समयमा नबनिदिँदा उपमहानगरलाई दोष आएको बताए ।

उनले बुटवललाई नमुना शहर बनाउने गरि आफु अगाडि बढेको बताउँदै पूर्ववत नगर प्रमुखले थालेका कामहरु पुरा गर्नु आफ्नो दायीत्व हुने बताए । उनले ५ वर्षको अवधिमा पूर्वाधार विकासका धरै काम भएको दाबी गर्दै नगर प्रमुखले मतदाताको मन जित्न भने नसकेको स्विकार गरे । ‘भोट दिइसकेपछि मतदाताको आफ्नो कुरा सुनोस भन्ने चाहना हुन्छ, तर परिणाम पछि मतदाताहरुको कुरा सुन्नेमा केही समस्या देखिएको पाइयो ।’ उनले भने ।

उनले बुटवलको मुख्य समस्या अव्यवस्थित बसोबास रहेको उल्लेख गर्दै मोतीपुर लगायतका स्थानका अव्यवस्थित बसोबास गरिरहेका नागरिकलाई व्यवस्थित गर्नु आफ्नो पहिलो काम हुने बताए ।

प्रकाशित मिति : १४ बैशाख २०७९, बुधबार  ३ : १३ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा