२० श्रावण २०८३, बुधबार | August 5, 2026

नेकपा एमाले सिद्धार्थनगर स्थानीय तह निर्वाचन निर्देशक समिती गठन



भैरहवा । नेकपा एमाले सिद्धार्थनगरले स्थानीय तह निर्वाचनका लागि निर्देशक समिति गठन गरेको छ ।

यहि बैशाख ३० गते हुन लागेको स्थानीय चुनावलाई ब्यवस्थित बनाउन, सभ्य बनाउन तथा सम्पूर्ण समिति तथा उप समितिलाई निर्देशन दिने गरि निर्देशक समिति गठन गरिएको नेकपा एमाले सिद्धार्थनगरले जनाएको छ ।

नेकपा एमाले केन्द्रीय निर्वाचन आयोगका सदस्य भरत पोखरेलको संयोजकत्वमा १४ सदस्यीय निर्वाचन निर्देशक समिति गठन भएको छ । जसको सह संयोजकमा प्रा.डा. कपिलदेव लामिछाने, सचिवमा राजेन्द्र पन्थी, सदस्यहरुमा बालकृष्ण भट्टराई, विश्वराज बराल अनुप, पम्फावति खनाल, डासुराम पाण्डे, हितराज पन्थी, चोपलाल आचार्य, हरी प्रसाद अधिकारी, जिवलाल अर्याल, चक्र बहादुर थापा, अर्जुन गिरी र नारायण प्रसाद भण्डारी रहेका छन् ।

एमाले नेता भरत कुमार पोखरेलको अध्यक्षतामा बसेको बैठकले आर्थिक परिचालन उप समिति गठन गरेको छ जसको संयोजकमा जिवलाल अर्याल, सदस्यहरुमा चन्द्रमणी अधिकारी, टोप बहादुर रायमाझी, राजेश खरेल, र प्रेमकुमार सेन्चुरी रहेका छन् ।

त्यसैगरि अनुगमन उप समिती नेकपा एमालेका जिल्ला उप सचिव हितराज पन्थीको संयोजकत्वमा ८ सदस्यीय समिति गठन भएको छ । जसको सदस्यहरुमा चोपलाल आचार्य, हरि प्रसाद अधिकारी, चक्र बहादुर थापा, अर्जुन गिरी, नारायण प्रसाद भण्डारी, कुलमणी ज्ञवाली र दिपेश पछाई रहेका छन् ।

त्यसैगरि नेकपा एमालेका नगर अध्यक्ष चक्र बहादुर थापाको अध्यक्षतामा ८ सदस्यीय जनसंगठन परिचालन उप समिती गठन भएको छ । जसको सदस्यहरुमा अर्जुन गिरी, नारायण प्रसाद भण्डारी, कृष्ण मल्ल ठकुरी, पार्वती पौडेल, रामप्रसाद भण्डारी र कमल पोख्रेल रहेका छन् । त्यसैगरि बालकृष्ण भट्टराईको संयोजकत्वमा १६ सदस्यीय बुद्धिजीवि परिचालन उप समिति गठन गरेको छ ।

जसको सदस्यहरुमा गितु गिरी, डिल्लीराज भट्टराई, मोतीलाल सुबेदी, तिलक लामिछाने, श्री बहादुर रायमाझी, राजु ढकाल, लक्ष्मण ज्ञवाली, कुलानन्द ज्ञवाली, राममणी भूर्तेल, जगत बहादुर रायमाझी, शेषनारायण भण्डारी, धर्मबहादुर खड्का, लोकनाथ पन्थ,शिवहरि अधिकारी र इन्द्र बहादुर खड्का रहेका छन् ।

त्यसैगरि प्रचार प्रसार सामाग्री तयारी उप समिति प्रा.डा.कपिलदेव लामिछानेको संयोकत्वमा ३ सदस्यीय समिति गठन भएको छ जसको सदस्यहरुमा विश्वराज बराल अनुप र राजेन्द्र प्रसाद पन्थी रहेका छन् ।

त्यसैगरि जिवलाल अर्यालको संयोजकत्वमा ४ सदस्यीय वडा प्रचार प्रसार उप समिति गठन भएको छ । जसको सदस्यहरुमा शिव शर्मा, धर्मराज गिरी र अर्जुन गिरी रहेका छन् ।

 

प्रकाशित मिति : १४ बैशाख २०७९, बुधबार  ५ : ३६ बजे

फिर्के खोलाका अनधिकृत संरचना भदौ १५ भित्र हटाउन निर्देशन

गण्डकी । पोखरा महानगरपालिकाले फिर्केखोलाको खोलाघरभित्र बनाइएका सबै संरचना आगामी

‘कश्मीरको राजनीतिक भविष्य’बारे पाकिस्तानी दूतावासमा अन्तरक्रिया

काठमाडौं । काठमाडौंस्थित पाकिस्तानी दूतावासले ‘कश्मीरको राजनीतिक भविष्य’बारे अन्तरक्रिया कार्यक्रम

तीन अन्तरराष्ट्रिय मानवअधिकारवादी संस्थालाई स्पष्टीकरण सोध्न समितिको निर्देशन

काठमाडौं । प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिले नेपालको न्यायालयको

नेप्सेमा सामान्य सुधार, चार अर्ब ४० करोडभन्दा बढीको कारोबार

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेपाल स्टक एक्सचेञ्ज

बाढी-पहिरोबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

काठमाडौं । सडक विभागले बाढी र पहिरोबाट तीन वटा पूर्ण