१५ माघ २०८२, बिहिबार | January 30, 2026

अन्तर्वार्ता : यसपटक बुटवलबासीले न्याय गर्नुहुन्छ



बुटवल । उपमहानगरपालिकामा नेपाली का‌ंंग्रेसले खेलराज पाण्डेलाई मेयर पदमा उठाएको छ । कांग्रेसका नगर सभापति रहेका उनी सत्तारुढ गठबन्धनबाट उम्मेद्वार बनेका हुन् । यद्यपि, जसपा यो गठबन्धनमा छैन । पाण्डे यसअघिको निर्वाचनमा एमालेका शिवराज सुवेदीसँग पराजित भएका थिए । एमालेले २२ वर्षदेखि जित्दै आएको बुटवलमा पाण्डेले आफ्नो चुनावी अभियान कसरी अगाडि बढाइरहेका छन् ? उनका योजना र प्राथमिकता के के छन् ? यी लगायत विभिन्न विषयमा केन्द्रित रहेर पाण्डेसँग गरेको कुराकानीः

चुनावी अभियानका क्रममा मतदाताको कस्तो प्रतिक्रिया छ ?

चुनावी अभियानका क्रममा मतदाताकहाँ जाँदा सकारात्मक प्रतिक्रिया पाएको छ । सबैजनाले हौसला दिइरहनु भएको छ । मेरो यो दोस्रोपल्टको प्रतिस्पर्धा हो । यसअघिको निर्वाचनमा पराजित भएका कारणले पनि धेरै मतदाताले सहानुभूति प्रकट गर्नुभएको छ । उहाँहरुको प्रतिक्रिया हेर्दा चुनाव सहजै जित्छु ।

चुनाव जित्ने आधार चाहीँ के छन् ?

बुटवलको विकासका लागि मसँग नयाँ योजना छ । नयाँ सोच र चिन्तनका साथ मैले बुटवलको विकासलाई अगाडि बढाउने दृढ संकल्प लिएको छु । यहाँ सुकुम्बासी र अव्यवस्थित बसोबासीको ठूलो समस्या छ । यसको समाधानका लागि भूमि आयोग नै आवश्यक पर्दैन । वैकल्पिक बाटोबाटै मैले यसको समाधान गर्नेछु । बुटवल उपमहानगरपालिकामा सबै दललाई आउने वातावरण निर्माण गर्छु । सबै राजनीतिक दलका नेता, कार्यकर्ता अट्ने व्यवस्थित हल बनाउँछु । हरेक काममा सबै क्षेत्रलाई समेटेर अगाडि बढाउँछु ।

चुनाव जितेपछि तपाईंका प्राथमिकताका क्षेत्रहरु के के रहन्छन् ?

एउटा प्राथमिकताको क्षेत्र त सुकुम्बासी समस्याको समाधान हो । त्यो मैले माथि भनिसकेँ । त्यस्तै दोस्रो प्राथमिकता भनेको ज्योतिनगर पहिरो नियन्त्रण, तिनाउ कोरिडोर र औद्योगिक क्षेत्रको समस्याको दीर्घकालीन समाधानका लागि मेरो प्रयत्न रहने छ । त्यसैगरी बुटवलमा बेलाबेलामा फोहरमैला व्यवस्थापनको समस्या जटिल बनेर आउँछ । यसका लागि पनि हामीले योजना बनाएर काम गर्ने छौं ।

२२ वर्षदेखि बुटवलमा एमालेले जित्दै आएको छ, एमालेको गढ भत्काउन कत्तिको चुनौती छ ?

म गएको निर्वाचनमा जम्मा २३ सय मतको अन्तरले मात्र पराजित भएको हुँ । यो भनिरहँदा कसरी एमालेको गढ भयो ? ठूलो अन्तरले चुनाव जितेका ठाउँमा त परिणामहरु उल्टिएका छन् भने बुटवलमा सहजै उल्ट्याउन सकिन्छ । योपटक बुटवलबासीहरुको मन बदलिएको छ । विगतमा पराजित भएको कारणले पनि यसपटक हेरौं भन्ने धावना धेरै नागरिकमा पाएको छ । सबैको सद्भाव पाएकाले चुनाव जित्नेमा म ढुक्क छु ।

कांग्रेसभित्र तीव्र असन्तुष्टि छ, क्षेत्रीय सभापतिले त तपाईंको उम्मेदवार सिफारिसलाई लिएर राजीनामै दिनुभयो, यसले कत्तिको असर गर्छ ?

यी सामान्य कुरा हुन् । मेरो सिफारिस नगर समितिले गरेको हो । त्यस्तै क्षेत्रीय समितिले पनि अनुमोदन गर्‍यो भने जिल्ला समितिले पनि अनुमोदन गरेपछि मैले टिकट पाएको हुँ । यस्ता झिना मसिना कुराले असर गर्दैन ।

 

प्रकाशित मिति : १५ बैशाख २०७९, बिहिबार  १० : ५९ बजे

‘फ्याक्ट चेक पत्रकारिताको आधारभूत र अनिवार्य टुल्स’

नेपालगन्ज । बाँकेका अगुवा पत्रकारहरुले फ्याक्ट चेक पत्रकारिताको आधारभूत र

सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ लाई मधेस प्रदेशकै नमूना बनाउने सभापति थापाको आश्वासन

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही निर्वाचन क्षेत्र

सभापति लामिछाने अस्पतालबाट डिस्चार्ज

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपचारपछि अस्पतालबाट

निर्वाचन आचारसंहिता : १० दिनमा आयोगले सोध्यो २१ स्पष्टीकरण, जवाफ आठ वटाको मात्र

काठमाडौँ । निर्वाचन आचारसंहिता, २०८२ लागू भएपछिको १० दिनमा निर्वाचन

‘द ब्रिटिस कलेज अलुम्नाइ मिट २०२६’ कार्यक्रम सम्पन्न

काठमाडौ । द ब्रिटिश कलेजले आफ्ना पूर्वविद्यार्थीहरूलाई एकै थलोमा भेला