१९ बैशाख २०८३, शनिबार | May 2, 2026

एकिकृत समाजवादीद्धारा ऐजेन्डा जनतामाझ पुु¥याउन प्रचार डेस्क स्थापना



बुुटवल । नेकपा एकिकृत समाजवादी रुपन्देहीले प्रचार प्रसारलाई व्यवस्थित बनाउने निर्णय गरेको छ । विहिबार बुटवलमा बसेको प्रचार विभागको बैठकले समाजवादीका तर्फबाट उम्मेद्वारहरुको चुनावी ऐजेन्डा, स्थानीय तहका लागि बनाएका योजनाहरुलाई प्रचार प्रसारमा सहयोग गर्ने गरि समाजवादी प्रेस संगठनको समन्वय रहने गरि प्रचार डेस्क स्थापना गर्ने निर्णय गरेको हो ।

प्रचार विभाग प्रमुख सरिता श्रीसको अध्यक्षत तथा पार्टीका केन्द्रीय सदस्य तथा रुपन्देही इन्चार्ज डा. बालकृष्ण चापागाईको प्रमुख आतिथ्यतामा बसेको बैठकले बुटवल र भैरहवामा प्रचार डेस्क स्थापना गर्ने निर्णय गरेको हो ।

प्रचार डेस्कले भ्रमहरुलाई चिर्दै उम्मेद्वारहरुको ऐजेन्डा आम जनतामाझ पुु¥याउन समन्वयन गर्ने जनाइएको छ । पछिल्लो समय निर्वाचन भडकिलो र खर्चिलो बन्दै गएको अवस्थामा समाजवादीका उम्मेद्वारहरुको ऐजेन्डालाई जनताको विचमा लैजाने गरि काम गर्नुुपर्नेमा पार्टीका इन्चार्ज डा. चापागार्ईंले आग्रह गरे । उनले उम्मेद्वारहरुको सत्य र यर्थाथ विवरण मात्रै सार्वजनिक गर्न सके जनताले को सही को बेठिक भन्ने छुुट्याउने बताए ।

नेकपा एकिकृत समाजवादी रुपन्देहीका अध्यक्ष राजु गुरुङले आफूहरुल एमालेमा दक्षिणपन्थी अवसरवाद हावी भएकाले त्यहाँबाट विद्रोह गरेर बनेको पार्टी भएको बताए । उनले आफूहरुले सबै वर्ग क्षेत्र समुदायको प्रतिनिधित्व हुने गरि उम्मेद्वार तय गरिएको बताए ।

प्रचार विभागका प्रमुख सरिता श्रीसले प्रचार डेस्कले प्रोपोगान्डा भन्दा पनि सत्य र तथ्यका आधारमा समाजवादीको ऐजेन्डा जनतामाझ पुु¥याउनुपर्ने बताईन । प्रचार डेस्कमा समाजवादी प्रेस संगठन रुपन्देहीले समन्वयको भूमिका निर्वाह गर्नेछ ।

प्रकाशित मिति : १५ बैशाख २०७९, बिहिबार  ६ : ४८ बजे

नारायणगढ-बुटवल सडक : दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

नवलपरासी । नारायणगढ-बुटवल सडक विस्तार आयोजनाअन्तर्गत पूर्वी खण्डको दाउन्नेमा सडकको

आजको मौसम : केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका

थप १९ चिकित्सकको लाइसेन्स खारेज

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले शुक्रबार थप १९ जना डाक्टरको

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको बिदाइ, पौडेलले सम्हाले जिम्मेवारी

काठमाडौँ । चारवर्षे कार्यकाल सम्पन्न गरी सेवानिवृत्त हुन लागेका सशस्त्र

पहिरोले डोजर पुर्दा चालकको मृत्यु

म्याग्दी । यहाँको रघुगङ्गा गाउँपालिका–१ बेगमा आज पहिरोले डोजर पुर्दा