७ पुस २०८२, सोमबार | December 22, 2025

एकिकृत समाजवादीद्धारा ऐजेन्डा जनतामाझ पुु¥याउन प्रचार डेस्क स्थापना



बुुटवल । नेकपा एकिकृत समाजवादी रुपन्देहीले प्रचार प्रसारलाई व्यवस्थित बनाउने निर्णय गरेको छ । विहिबार बुटवलमा बसेको प्रचार विभागको बैठकले समाजवादीका तर्फबाट उम्मेद्वारहरुको चुनावी ऐजेन्डा, स्थानीय तहका लागि बनाएका योजनाहरुलाई प्रचार प्रसारमा सहयोग गर्ने गरि समाजवादी प्रेस संगठनको समन्वय रहने गरि प्रचार डेस्क स्थापना गर्ने निर्णय गरेको हो ।

प्रचार विभाग प्रमुख सरिता श्रीसको अध्यक्षत तथा पार्टीका केन्द्रीय सदस्य तथा रुपन्देही इन्चार्ज डा. बालकृष्ण चापागाईको प्रमुख आतिथ्यतामा बसेको बैठकले बुटवल र भैरहवामा प्रचार डेस्क स्थापना गर्ने निर्णय गरेको हो ।

प्रचार डेस्कले भ्रमहरुलाई चिर्दै उम्मेद्वारहरुको ऐजेन्डा आम जनतामाझ पुु¥याउन समन्वयन गर्ने जनाइएको छ । पछिल्लो समय निर्वाचन भडकिलो र खर्चिलो बन्दै गएको अवस्थामा समाजवादीका उम्मेद्वारहरुको ऐजेन्डालाई जनताको विचमा लैजाने गरि काम गर्नुुपर्नेमा पार्टीका इन्चार्ज डा. चापागार्ईंले आग्रह गरे । उनले उम्मेद्वारहरुको सत्य र यर्थाथ विवरण मात्रै सार्वजनिक गर्न सके जनताले को सही को बेठिक भन्ने छुुट्याउने बताए ।

नेकपा एकिकृत समाजवादी रुपन्देहीका अध्यक्ष राजु गुरुङले आफूहरुल एमालेमा दक्षिणपन्थी अवसरवाद हावी भएकाले त्यहाँबाट विद्रोह गरेर बनेको पार्टी भएको बताए । उनले आफूहरुले सबै वर्ग क्षेत्र समुदायको प्रतिनिधित्व हुने गरि उम्मेद्वार तय गरिएको बताए ।

प्रचार विभागका प्रमुख सरिता श्रीसले प्रचार डेस्कले प्रोपोगान्डा भन्दा पनि सत्य र तथ्यका आधारमा समाजवादीको ऐजेन्डा जनतामाझ पुु¥याउनुपर्ने बताईन । प्रचार डेस्कमा समाजवादी प्रेस संगठन रुपन्देहीले समन्वयको भूमिका निर्वाह गर्नेछ ।

प्रकाशित मिति : १५ बैशाख २०७९, बिहिबार  ६ : ४८ बजे

पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ

पर्वत । पर्वतका अधिकांश पाखापखेरा, डाँडाकाँडामा लप्सी पाकेर पहेँलपुर बनिरहेका

शैक्षिक हड्तालका कारण काठमाडौं उपत्यकाका अधिकांश विद्यालय बन्द

काठमाडौं । जनपक्षीय विद्यार्थी युनियन, नेपालले शैक्षिक हड्तालको घोषणा गरेपछि

सरकारसँग असन्तुष्ट जेनजी मिराज ढुङ्गाना समूहको आजदेखि देशव्यापी आन्दोलन

काठमाडौं । सरकारको कार्यशैली र उपलब्धिप्रति असन्तुष्टि जनाउँदै जेनजी समूहले

निर्वाचन ७३ दिन बाँकी : यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत

काठमाडौं । राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका

त्रिवि दीक्षान्त समारोह : बुटवलका एक विद्यार्थीले पाउँदैछन् तीनवटा पदक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ५१औँ दीक्षान्त समारोहमा सर्वोकृष्ट अङ्क ल्याउने