२० श्रावण २०८३, बुधबार | August 5, 2026

एमालेको बुटवल वडा नम्बर ७ मा चुनावी भेला, खानेपानीको समस्या समाधान गर्ने प्रतिबद्धता



बुटवल । आगामी वैशाख ३० गते हुने स्थानिय तहको निर्वाचन नजिकिँदै गर्दा टोलटोलमा प्रचार अभियानलाई तिब्र बनाइएको छ। दलहरु आफ्नो उम्मेदवारहरु लिएर मतदाताका घर आगनमा पुग्न थालेका छन् । सोही क्रममा निर्वाचन लक्षित गरी नेकपा एमालेको बुटवल उपमहानगरपालिका वडा नं ७ को वडा भेला सम्पन्न भएको छ।

भेलालाई सम्बोधन गर्दै एमाले केन्द्रीय सदस्य तथा बुटवल उपमहानगरका प्रमुख शिवराज सुबेदीले अहिलेको आवश्यकता भनेको नेकपा एमाले भएको बताए । सुबेदीले महिला शशक्तिकरण को कुरा गर्ने गठबन्धनले बुटवलमा महिला उम्मेदवार बनाउन नसकेको उल्लेख गर्दै गठबन्धनका नाममा महिलालाई पछि पारिएको आरोप लगाए । उनले वडा नं ७मा वडा अध्यक्ष पदमा नेकपा एमालेबाट महिला उमेदवार रहेको ‌बताए। वडा नं ७मा नेकपा एमालेका योग्य र सक्षम उमेदवार रहेको बताउदै सुबेदीले वडा बासीलाई नेकपा एमालेको सुर्य चिन्हमा मतदान गर्न आग्रह गरे।

वडा अध्यक्षकी उम्मेदवार सीता थापाले वडा नम्बर ७ बासीले भोग्नु परेको खानेपानीको समस्या समाधान गर्ने आफ्नो प्रयास रहने बताइन् । वडा कमिटी उपाध्यक्ष निर्मल शर्माले‌ वडा नं ७ का वडाबासीका समस्या पहिचान र समाधान गर्न सक्षम उमेदवारहरु रहेकाले निर्धक्क भएर नेकपा एमालेको सुर्य चिन्हमा मतदान गर्न आग्रह गरे।

नेकपा एमाले वडा नं ७का वडा अध्यक्ष बसुन्धरा भुषालको अध्यक्षतामा भएको भेलामा नेकपा एमालेका पूर्व केन्द्रीय सदस्य तथा जिल्ला समन्वय समिति संयोजक एकराज बिक ,राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय सदस्य धनी आले, एमाले उपमहानगर इन्चार्ज ऋषिराम पाण्डे, लगायतले एमालेको जीत सुनिश्चित रहेको बताएका थिए ।

प्रकाशित मिति : १५ बैशाख २०७९, बिहिबार  ९ : ४७ बजे

नेप्सेमा सामान्य सुधार, चार अर्ब ४० करोडभन्दा बढीको कारोबार

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेपाल स्टक एक्सचेञ्ज

बाढी-पहिरोबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

काठमाडौं । सडक विभागले बाढी र पहिरोबाट तीन वटा पूर्ण

ग्यास वितरणका समस्या समाधान गर्न द्रुत प्रतिकार्य टोली गठन

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यास वितरणका

११४ दिनपछि काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालयको ताला खुल्यो

काठमाडौँ । भाडासम्बन्धी विवादका कारण चार महिनादेखि तालाबन्द रहेको भृकुटीमण्डपस्थित

सुनसरी-सिरहा घटनाका मृतकलाई क्षतिपूर्ति र घाइतेको उपचार सरकारले गर्ने

काठमाडौं । सरकारले सुनसरी र सिरहामा हालै भएका प्रदर्शनका क्रममा