२४ बैशाख २०८१, सोमबार | May 6, 2024

सिद्धार्थ नगरमा अन्तत: भयो कांग्रेस र माओवादीबीच तालमेल



भैरहवा । रूपन्देहीको सिद्धार्थनगरमा अन्तत कांग्रेस र माओवादीबीच तालमेल भएको छ । उम्मेदवारी फिर्ता लिने अन्तिम समयमा आएर कांग्रेस र माओवादीबीच तालमेल भएको हो । सत्तारुढ गठबन्धनको केन्द्र, प्रदेश र जिल्लाको भावनलाई आत्मसाथ गर्दै रुपन्देहीको सिद्धार्थ नगर नगरपालिकामा नेपाली कांग्रेस र एकीकृत नेकपा माओवादी केन्द्रले स्थानीय तहको निर्वाचनमा तालेमेल गरेको नेपाली कांग्रेस सिद्धार्थ नगरका सभापति कोशिस बहादुर खड्काले जानकारी दिए ।

आगामी बैशाख ३० गते स्थानीय तह निर्वाचमा चुनावी तालमेल गर्दै गठबन्धनको मेयरमा कांग्रेसबाट ईस्तियाक अहमद खान र उपमेयरमा माओवादीबाट कमला थापाको उम्मेदवारी रहने छ । यसअघि माओवादी मेयरमा मनिष कुमार जोसी र काग्रेसबाट पल्लवी न्यौपानेले उपमेयरमा उम्मेदवारी दिएका छन् ।

प्रतिगमनलाई पराजीत गर्दै राष्ट्रियता, लोकतन्त्र, सविधानको रक्षाका लागी एकता आवश्यक रहेको भन्दै दुवै दल र उम्मेदवारहरुले एक आपसमा सहमति गरी सयुक्त गठबन्धनको मर्म अनुसार अगाडि बढ्ने निर्णय भएको नगर सभापति खड्काले बताए। सहमती अनुरुप आफ्नो उम्मेदवारी फिर्ता लिँदै मेयरका उम्मेदवार जोसीले गठबन्धनका उम्मेदवारलाई जिताउनु सवैको दायित्व रहेको बताए । तुनावी तालमेलसगैं गठबन्धनको जित थप शुनिश्चित भएको उनले बताए । त्यस्तै उपमेयरकी उम्मेदवार न्यौपानेले आफूले उम्मेदवारी फिर्ता गरे पनि आफूनै उम्मेदवार भएको सम्झेर गठबन्धनलाई जिताउन लागि पर्ने बताइन् ।

 

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार  ६ : ५६ बजे

आफूहरूको सम्पत्ति सार्वजनिक गरिदिन प्रधानमन्त्री कार्यालयलाई रास्वपाका मन्त्रीहरूको पत्र

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट सरकारमा रहेका उपप्रधानमन्त्री तथा

बुटवलको कालिकानगरबाट सट्टेबाजी गर्ने १३ जना भारतीय पक्राउ

बुटवल । बुटवलबाट सट्टेबाजी गर्ने १३ जना भारतीय पक्राउ परेका

टी-२० विश्वकपमा आतंकवादी हमलाको धम्की

काठमाडौं । पाकिस्तान-अफगानिस्तानमा सक्रिय आतंकवादी संगठन आइएस खोरासानले टी-२० विश्वकपको

अशोक राई नेतृत्वको नयाँ दल जसपा निर्वाचन आयोगमा दर्ता

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टीलाई नयाँ दलको मान्यता

भारी वर्षाका कारण भारतको मणिपुरमा विद्यालय बन्द

नयाँ दिल्ली । भारतको उत्तरपूर्वी राज्य मणिपुरमा भारी वर्षा र