२२ भदौ २०८३, सोमबार | September 7, 2026

तिलोत्तमा नगरपालिकामा एमालेको योजना सबै माध्यमिक विद्यालयमा नर्स कार्यक्रम लागू



तिलोत्तमा । एमालेले रुपन्देहीको तिलोत्तमाका नगरपालिकाका सबै माध्यमिक विद्यालयहरुमा विद्यालय नर्स कार्यक्रम लागू गर्ने योजना अगाडि सारेको छ ।

विद्यार्थीहरुको स्वास्थ्य चेकजाँचलाई मध्यनजर गर्दै एमालेले यस्तो योजना अगाडि सारेको हो । चुनावी प्रतिवद्धता पत्र मार्फत एमालेले नर्स कार्यक्रम लागू गरी विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुको स्वास्थ्य चेकजाँचको व्यवस्था गर्ने र प्राथमिक उपचारको समेत प्रवन्ध गर्ने योजना ल्याएको छ ।

हाल तिलोत्तमा नगरपालिकाभित्रका १२ वटा सामुदायिक माध्यमिक विद्यालयमा विद्यालय नर्स कार्यक्रम लागु भएको छ । आगामी पाँच वर्ष भित्रमा सबै माध्यमिक विद्यालयहरूमा विद्यालय नर्स कार्यक्रम विस्तार गर्ने र यसका लागि संघ र प्रदेश सरकारसँग समन्वयात्मक पहल गरिने प्रतिवद्धतापत्रमा उल्लेख छ ।

त्यसैगरी मावि तहको पाठ्यक्रममा कृषि विषयलाई समावेश गर्ने योजना पनि एमालेले अगाडि सारेको छ । त्यस्तै निजी स्रोतबाट नियुक्त गरिने शिक्षकहरूलाई न्यूनतम परिश्रमिक उपलब्ध गराउने नीति लागु गर्न सबै विद्यालयहरूमा अनुगमन गरिने एमालेको प्रतिवद्धता छ ।

त्यसैगरी एमालेले तिलोत्तमा नगरपालिकाको वडा नं १४ मा सिटी कलेज सञ्चालनार्थ भवन निर्माण भइसकेकाले आगामी वर्ष प्राविधिक तथा व्यावसायिक तालिम केन्द्र (सिटिइभिटी) बाट सम्बन्धन प्राप्त गरी विभिन्न विधामा कक्षा सञ्चालन गरिने जनाएको छ ।

त्यस्तै विद्यार्थीहरूमा नैतिक तथा व्यावहारिक शिक्षा प्रदान गर्ने योजना पनि एमालेको छ । “यसका लागि अतिरिक्त कक्षा वा विषय सञ्चालन गर्न र एक विद्यालय एक पुस्तकालय तथा वाचनालय स्थापना गर्न प्रोत्साहित गरिने छ”–एमालेको प्रतिवद्धतापत्रमा उल्लेख छ ।

एमालेका मेयर पदका उम्मेदवार मोहन चापागाईंले घोषणापत्रमा उल्लेख गरिएका कुरा कार्यान्वयन गरेरै छाड्ने बताए । “हामीले प्रतिवद्धतापत्रमा काल्पनिक कुरा लेखेका छैनौं, सबै कुरा कार्यान्वयन गर्न सकिने खालका छन्, नगरबासीलाई साथमा लिएर हाम्रा योजना अगाडि बढाउँछौं”–उनले भने ।

त्यस्तै तिलोत्तमा नगरपालिकामा रहेको संस्कृत विद्यापीठको पनि प्रवद्र्धन गरिने एमालेले जनाएको छ । सामुदायिक विद्यालयमा कायम हुनुपर्ने शिक्षक विद्यार्थी अनुपातलाई व्यवस्थित गरिने पनि एमालेको योजना छ ।

शिक्षामा लैंगिक असमानताको उन्मूलन गर्ने र शारीरिक अशक्ततता भएका व्यक्तिलगायत जोखिममा रहेका व्यक्तिहरू, आदिवासी तथा जनजाति र जोखिमपूर्ण अवस्थामा रहेका बालबालिकालाई सबै तहको शिक्षा तथा व्यावसायिक तालिममा समान पहुचँ सुनिश्चित गरिने एमालेको प्रतिवद्धतापत्रमा उल्लेख छ ।

दिगो विकास तथा दिगो जीवन शैली, लैंगिक समानता र सांस्कृतिक विविधता संरक्षणका लागि शिक्षामा दिगो विकास प्रवद्र्धनमार्फत् आवश्यक ज्ञान तथा सिप प्राप्त गर्ने कुरालाई सुनिश्चित गरिने एमालेले बताएको छ ।

 

प्रकाशित मिति : १७ बैशाख २०७९, शनिबार  ६ : ४२ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

भन्सार छलेर बजार पुर्याइएको लाखौको मोबाइलसहित १ जना प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जमा भन्सार छलेर मुख्य बजारमा पुर्याइएको लाखौं

इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा

भोटेकोसी बाढीमा हराइरहेका मानिस खोज्न सरकारले कुनै कसर बाँकी राखेको छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोसी बाढीमा हराइरहेका मानिसहरुको खोज

भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला, चार हजार ९९४ जना सम्पर्कविहीन

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार