११ बैशाख २०८१, मंगलबार | April 23, 2024

कञ्चन र सुदर्शनको कारबाही फिर्ता गर्न विप्लवमाथि महासंघको दबाब



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको जनवर्गीय संगठन अखिल नेपाल किसान महासंघले सचिवालय सदस्यहरू धर्मेन्द्र बास्तोला ‘कञ्चन’ र हेमन्तप्रकाश ओली ‘सुदर्शन’ माथिको कारबाही फिर्ता गर्न महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’लाई दबाब दिएको छ ।

आइतबार प्रेस विज्ञप्ति जारी गर्दै महासंघले दुई नेतामाथिको कारबाही फिर्ता लिएर पार्टीलाई एक ढिक्का बनाउनसमेत आह्वान गरेको छ ।

महासंघले पार्टीमा विवाद सिर्जना हुनुको कारण संसदीय व्यवस्था नमान्ने, निर्वाचनमा भाग नलिने र देशभक्त, बुद्धिजीवी, एमसीसीविरोधी स्वतन्त्र उम्मेदवारलाई सहयोग गरी जाने निर्णयको कार्यान्वयन सन्दर्भमा उत्पन्न विवाद भनेको छ ।

विवादकै बीच कञ्चन र सुदर्शनलाई महासचिव विप्लवले गरेको कारबाहीलाई महासंघले ‘कथित कारबाही’ भन्दै टिप्पणी पनि गरेको छ ।

विज्ञप्तिमार्फत महासंघले संसदीय दलदलमा नफस्न, विवादित विषयलाई मिलाएर लान, कारबाही फिर्ता गरी बैठक, भेला आयोजना गर्दै समस्याको हल खोज्न पनि सुझाएको छ ।

महांसघ अध्यक्ष हरि श्रेष्ठ, उपाध्यक्षहरू कालीबहादुर शाही र कर्ण सेन, महासचिव सागर अर्याल, सचिवहरू सागर तामाङ, दावा हेम्बो र कोषाध्यक्ष दिनेश निरौलाको विज्ञप्तिमा हस्ताक्षर छ ।

प्रकाशित मिति : १८ बैशाख २०७९, आइतबार  १ : १९ बजे

सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा

धनगढी । सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् विस्तारमा अन्योल देखिएको छ ।

सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको सातौं प्रतियोगिता,

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा

विपिन जोशीको रिहाईको पहल गरिदिन राष्ट्रपति पौडेलको कतारी अमिरलाई आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात् बेपत्ता भएका

गगन थापा भन्छन्- लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र नै हो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लोकतन्त्र दिवसको शुभकामना