१ असार २०८३, सोमबार | June 15, 2026

आईजीपी थापासहित १९ उच्च प्रहरी अधिकारी आजदेखि अवकाशमा



काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्रीसहित १९ जना उच्च प्रहरी अधिकारीले आइतबारबाट अनिवार्य अवकाश पाएका छन् । ३० वर्षे सेवाहदका कारण आइतबारदेखि अवकाश पाएका हुन् । १९ वैशाख २०४९ बाट प्रहरी सेवा सुरु गरेका आईजीपी क्षेत्रीसहित १९ जना प्रहरीको ३० वर्षे सेवाअवधि आइतबारबाट सकिएको छ ।

अवकास पाउनेहरूमा चारजना अतिरिक्त महानिरीक्षक (एआईजीप) हरू हरिबहादुर पाल, निरजबहादुर शाही, प्रद्युम्नकुमार कार्की र वसन्तकुमार पन्त छन् ।

त्यस्तै ११ जना डीआईजी घनश्याम अर्याल, ईश्वरबाबु कार्की, प्रकाशजंग कार्की, शौरभ राणा, राजेन्द्रप्रसाद चौधरी, गणेशबहादुर ऐर, पुरुषोत्तम कँडेल, डा. देवबहादुर बोहरा, रामकृपाल साह, उमेश रन्जितकार र प्रकाश अधिकारीले आइतबारबाट अनिवार्य अवकाश पाएका हुन् ।

तीन जना एसएसपीहरूले पनि आइतबारबाट अनिवार्य अवकाश पाएका छन् । जसमा वीरेन्द्र बस्याल, प्रदीपकुमार श्रेष्ठ र नवराज भट्ट रहेका छन् । प्रहरी प्रधान कार्यालयले आइतबार दिउँसो चार बजे आईजीपीको बिदाइ कार्यक्रम राखेको छ । सरकारले आइतबार नै नयाँ आईजीपी नियुक्त गर्दै छ ।

प्रकाशित मिति : १८ बैशाख २०७९, आइतबार  १ : ३१ बजे

प्रतिनिधिसभा : राष्ट्रियताका सवालमा विपक्षीबाट सरकारको जवाफ माग

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा विपक्षी दलहरुले राष्ट्रियताको सवालमा नेपाल

प्रकृति, संस्कृति र इतिहासको अनुपम सङ्गम रघुगङ्गा

म्याग्दी । रघुगङ्गाको परिचय केवल पहाड र हिमालसँग मात्र सीमित

परराष्ट्रमन्त्री खनाल र विदेशमन्त्री वाङबीच द्विपक्षीय वार्ता हुँदै

काठमाडौं । चीनको चार दिने औपचारिक भ्रमणमा खनाल परराष्ट्रमन्त्री शिशिर

सुनको मूल्य तोलामा पाँच हजारले बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु

रसुवागढीमा कैलाश मानसरोवर जाने तीर्थयात्रीको चाप

रसुवा । मानसरोवर–कैलास जान लागेका तीर्थयात्रीको नेपाल-चीन सीमा रसुवागढी नाकामा