२७ असार २०८३, शनिबार | July 12, 2026

रुपन्देहीको तिलोत्तमामा एकीकृत समाजवादीको प्रतिबद्धता : करमुक्त नगर बनाउने घोषणा



बुटवल । नेकपा एकिकृत समाजवादीले रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई करमुक्त बनाउने योजना अघि सारेको छ । स्थानीयतह निर्वाचनमा एकीकृत समाजवादीले आज चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गर्दै फजुल खर्च कटौती गरि नगरपालिकाले लिने कुनै पनि कर नलिने (ट्याक्स फ्रि) बनाउने योजना सार्वजनिक गरेको हो ।

एकिकृत समाजवादीले तिलोत्तमा नगरपालिकामा मेयरमा आशाकुमारी चौधरी र उपमेयरमा इञ्जिनियर सञ्जिव भण्डारीलाई उम्मेद्वार बनाएको छ । पारदर्शिता र जवाफदेहितालाई पहिलो प्राथमिकतामा राख्दै कार्यपालिकाको बैठकहरु रेडियो, टेलिभिजनबाट प्रत्यक्ष प्रशारण गर्ने प्रतिबद्धतापत्रमा उल्लेख गरेको छ ।

नगरप्रमुख र उपप्रमुखले हाल सुविधा लिदै आएको गाडी, नेपाल प्रहरी र एम्बुलेन्स सञ्चालनका लागि प्रयोग गर्ने प्रतिबद्धता जनाउँदै नगरपालिकाका पदाधिकारीले आफ्नै निजि साधन प्रयोग गर्ने एकीकृत समाजवादीको घोषणा छ ।

सामुदायिक विद्यालयले अंग्रेजीको नाममा शुल्क लिन नपाउने

समाजवादीले तिलोत्तमा नगरमा सरकारी सामुदायिक विद्यालयले अग्रेजी माध्यमको वाहनामा शुल्क लिन नपाउने ब्यवस्था गर्ने जनाएको छ । संस्थागत विद्यालयले लिने शुल्क र गुणस्तर लेखाजोखा गर्ने, शिक्षाको विकासका लागि आवश्यक बजेट छुट्याउने योजना राखेको उपमेयरका उम्मेद्वार इञ्जिनियर सञ्जिब भण्डारीले बताए । उनका अनुसार तिलोत्तमा वडा न. १३ र १४ मा इञ्जिनियरिङ कलेज, १०÷११ मा कृषि क्याम्पस सञ्चालन गरिनेछ । त्यस्तै तिलोत्तमा नगरपालिकाले हालै निर्माण गरेको वनवाटिका स्थित भ्यू टावरलाई व्यवस्थपन कलेज बनाउने उनले बताए ।

सिटि कार्ड लागूू गरिने

त्यसैगरि तिलोत्तमा नगरपालिकाका नागरिकहरुलाई सिटि कार्ड बनाउने प्रतिबद्धतापत्रमा उल्लेख छ । नगरपालिकाले प्रदान गर्ने सेवा, सार्वजनिक यातायात, स्वास्थ्य सेवा र अन्य सुविधामा छुट दिने जनाइएको छ।

तिलोत्तमा सञ्चालित रोजगारी प्रदान गर्ने उद्योगलाई कर मिनाहा, बेरोजगार र सिप खोज्ने युवा विद्यार्थीहरुलाई मासिक १० हजार तलब दिएर तालिम दिने व्यवस्था गर्ने मेयरका उम्मेदवार आशाकुमारी चौधरीले बताईन ।

उिनले तिलोत्तमा क्षेत्रको मौलिकता र सस्कृतिको संरक्षमा समेत बिशेष ध्यान दिने बताईन । उनका अनुसार बृद्ध भत्ता, एकल महिला भत्ता जस्ता सामाजिक सुरक्षाका रकमहरु महिना महिनामा वितरण गरिनेछ । अव्यवस्थित बसोबास भएका र सुकुम्बासीहरुलाई न्यूूनतम राजस्वमा तिरेर स्वामित्व प्रदान गर्न पहल गर्ने प्रतिबद्धता पत्रमा छ ।

शिक्षा स्वास्थ्य र रोजगारी, कृषि र पूर्वाधारमा समेत नागरिकको आवश्यकता अनुसार बनाउने योजना अघि सारेको छ । नेकपा एस तिलोत्तमामा गठबन्धन कायम नगरि निर्वाचनमा होमिएको छ ।

प्रकाशित मिति : १८ बैशाख २०७९, आइतबार  ३ : ५९ बजे

कर्णालीमा खसेको गाडीका बेपत्ता चारमध्ये तीन जनाको शव भेटियो

कर्णाली । यही असार १८ गते सुर्खेतबाट कालिकोटतर्फ गइरहेको सवारीसाधन

बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतको मृत्यु

काठमाडौँ । बुद्धनगरका ४५ वर्षीय अश्विन रावतको जलबाट मृत्यु भएको

खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

नेपालगन्ज । नेपालगन्जका खेलाडी तथा खेलकर्मीहरुले खेलकुदले समाजलाई जोड्नुका साथै

बझाङ जीप दुर्घटनामा तीन जनाको मृत्यु, सात जना गम्भीर घाइते

महेन्द्रनगर । बझाङमा आज अपराह्न भएको जीप दुर्घटनामा तीन जनाको

गण्डकी प्रदेशमा पूर्वाधार विकासका कामले गति लिएको छ : मुख्यमन्त्री पाण्डे

गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशभित्र पूर्वाधार विकासका