१२ चैत्र २०८२, बिहिबार | March 26, 2026

बुटवल एमालेको निर्वाचन प्रचारप्रसार तिब्र



बुटवल । नेकपा एमाले बुटवल उपमहानगरपालिकाले निर्वाचन प्रचारप्रसारको क्रममा आईतवार बुटवल वडा नम्बर ७ मा घरदैलो गरेको छ ।

बैशाख ३० गते हुने स्थानीय तह चुनावलाई लक्षीत गर्दै एमालेले घरदैलो कार्यक्रमलाइ तिब्र रुपमा अगाडी बढाईरहेको छ । नेकपा एमालेको तर्फबाट मेयर पदका उम्मेदवार बाबुराम भट्टराई, उपमेयरका उम्मेदवार सावित्रा अर्याल तथा वडा अध्यक्षका उम्मेदवार सीता थापा आचार्यको नेतृत्वमा वडा सदस्यका उम्मेदवार सहितको र्यालिसहितको टोलिले घरदैलो गरेको हो ।

घरदैलोको क्रममा सर्वसाधारणले एमालेको अगुवाइबाट नै बुटवलको बिकासले फड्को मारेको भन्दै अबपनि बाँकि काम पूरा गर्न एमालेको जित अनिवार्य रहेको बताएका थिए ।

बुटवलको समृद्धिमा एमालेले अगाडी सारेका नारा लेखिएका व्यानर र झण्डा बोकेर घर आँगनमा पुगेका उम्मेदवारहरुलाई जेष्ठ नागरिकहरुले टीका र फुल लगाईदिएर जितको शुभकामना दिएका थिए ।

बुटवलको बिकासमा एमालेले गरेका कामहरुलाई हेरेर पनि एमालेका उम्मेदवारलाई भोट हाल्ने उनीहरुले वचन दिएका थिए । नगरप्रमुखका उम्मेदवार बाबुराम भट्टराईले आफू जुन संस्थामा पुगेपनी त्यहाँ परिवर्तन गरेर देखाएको उल्लेख गर्दै बुटवलको बिकासमा योगदान गर्ने अवसर दिन मतदाताहरुलाई आग्रह गरे ।

उपप्रमुखका उम्मेदवार सावित्रा अर्यालले आफ्नो जिवननै महिला र सामाजिक बिकासमा समर्पित रहेको र एकपटक नेतृत्व तहमा रहेर काम गर्ने अवसर दिन आग्रह गरिन ।

प्रकाशित मिति : १८ बैशाख २०७९, आइतबार  ४ : ४० बजे

सकियो नवनिर्वाचित सांसदहरुको शपथ (फोटोफिचर)

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन् ।

प्रतिनिधिसभा सदस्यहरुले लिए पद तथा गोपनियताको शपथ

काठमाडौं । प्रतिनिधि सभाका नवनिर्वाचित सांसदले पद तथा गोपनीयताको शपथ

जापान जाने विद्यार्थीलाई लक्षित निःशुल्क सुशी तालिम

बुटवल । जापान जाने तयारीमा रहेका नेपाली विद्यार्थीहरूलाई लक्षित गर्दै

सदनमा देखिने छन् अधिकांश नयाँ विधायक

काठमाडौँ । प्रतिनिधिसभा सदस्यमा आज पद तथा गोपनीयताको शपथ लिने

लुम्बिनी प्रादेशिक अस्पताल न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा उत्कृष्ट

बुटवल । यहाँको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल सेवा तथा सुविधाका