६ श्रावण २०८३, बुधबार | July 22, 2026

बुटवल उपमहानगरपालिकालाई २ दर्जन सुझावसहित एमालेको ध्यानाकर्षण पत्र



बुटवल । नेकपा एमाले बुटवल उपमहानगर कमिटीले विभिन्न २४ बुँदे सुझावसहित बुटवल उपमहानगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाएको छ । बुटवलका विकास योजनाहरुको कार्यान्वयन तथा जनजीविकासँग जोडिएका विषयहरुमा एमालेले ध्यानाकर्षण पत्र बुझाएको बताएको छ ।

नगर प्रमुख खेलराज पाण्डेलाई भेटेर एमाले बुटवलका अध्यक्ष किशन ज्ञवालीको नेतृत्वमा गएको टोलीले मंगलबार ध्यानाकर्षण गराएको हो ।

बुटवलमा सुकुम्बासी समस्या समाधानका लागि अन्य पालिकामा भन्दा सुस्त गतीमा भएको, छाडा चौपाया व्यवस्थापनका लागि शिवनगर सामुदायिक वनमा रहेको नन्दनी गौशाला सञ्चालनमा राजनीतिक स्वार्थका कारण बन्द भएको, सामुदायिक विद्यालयहरुको शैक्षिक सुधारका लागि यसअघि लागू गरिएका कार्यक्रमलाई स्वार्थ अनुरुप खारेज गरिएको लगायतका गुनासाहरुसहित ध्यानाकर्षण पत्र बुझाइएको एमाले बुटवलका अध्यक्ष ज्ञवालीले बताए ।

ध्यानाकर्षण पत्र बुझाएपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै ज्ञवालीले कृषि योग्य जमिनलाई समेत भूउपयोग नीति विपरित गैरकृषि क्षेत्रमा परिणत गरिएको, आर्थिक संकटमा रहेका नीजि क्षेत्रलाई समेट्ने गरीअघि नबढेको लगायतका विषयमा एमालेले ध्यानाकर्षण गराएको बताए ।

यसैगरि बुटवलको ज्योतिनगर पहिरोको दिर्घकालिन समाधान, विगतमा निर्मार्ण सुरु भई अलपत्र विकास योजनाहरुलाई पूर्णता दिनु पर्ने, नगरमा भवन संहिता लागू गर्नु पर्ने, कर्मचारीबाट सेवा तथा कामकाजमा हुने ढिला सुस्तीको अन्त्य गर्नु पर्ने लगायतका विषयमा ध्यानाकर्षण गराइएको अध्यक्ष ज्ञवालीले बताए ।

घर नक्सा पास प्रणालीलाई डिजिटल हस्ताक्षर प्रणालीमा अगाडि बढाउनु पर्ने, विद्युतीय कर प्रणालीबाट कर तिर्ने प्रविधिलाई थप व्यवस्थित गर्नु पर्ने, शहरमा सडक वत्तिको व्यवस्था, तिनाउ नदीमा तटबन्द निर्माण लगायतका विषयमा एमालेले ध्यानाकर्षण गराएको छ ।

नेकपा एमालेले बिकासलाई साझा मुद्दाको रुपमा लिएर अघि बढेको भएपनि स्थानीय सरकारले त्यसलाई वास्ता नगर्ने र व्यक्तिगत इगो लिएर अघि बढ्ने गरेको अध्यक्ष ज्ञवालीले आरोप लगाए ।

प्रकाशित मिति : १७ आश्विन २०८०, बुधबार  ४ : ४३ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं