२० मंसिर २०८२, शनिबार | December 6, 2025

विमान अवतरणका क्रममा आँधी, १४ यात्रु घाइते



नयाँ दिल्ली । मुम्बईबाट पश्चिम वंगालको दुर्गापुरका लागि उडेको स्पाइस जेट बोइङ बी ७३७ विमानले अवतरणको क्रममा ठूलो आँधीको सामना गरेको छ । आँधीबीच चालकले विमानलाई सुरक्षित अवतरण गराएका थिए ।

आकस्मिक अवतरणका क्रममा कम्तीमा १४ जना यात्रु र चालक दलका ३ सदस्य घाइते भएका भारतीय समाचार संस्था एनडीटीभीले जनाएको छ । दुर्गापुरस्थित काजी नजरूल इस्लाम एयरपोर्टमा अवतरण गर्ने क्रममा विमान तुफानमा फसेको थियो ।

दुर्घटनामा केही यात्रुको टाउकोमा चोट लागेको छ ।

आँधीले विमान हल्लिएपछि केविनका सामान खस्दा यात्रुको टाउकोमा चोट लागेको थियो । ‘ओर्लने क्रममा तीन ओटा झट्का लागेको थियो ’, एक यात्रुले भने । दुर्घटनाप्रति स्पेस जेटले दुःख व्यक्त गरेको छ ।

नागरिक उड्यन महानिर्देशनालयले दुर्घटनाबारे अनुसन्धान गर्न आदेश दिएको छ । दुर्घटनाप्रति स्पेस जेटले दुःख व्यक्त गरेको छ ।

 

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार  १२ : ४८ बजे

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने

काठमाडौं । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति